म्युजिक भिडियोमा खेल्दै ओली
काठमाडौं, १६ चैत ।
सबैलाई उखानटुक्कामार्फत व्यंग्य प्रहार गर्न खप्पिस नेता हुन्, एमाले अध्यक्ष केपी शर्मा ओली । कडा विचार र स्पष्ट धारणाबाट विपक्षीलर्या हायल कायल गर्ने नेता ओली अब फरक काम र भूमिकामा देखिएका छन् ।
जनआस्था साप्ताहिकमा खबर छ– निर्देशक तिलक बस्नेतको म्युजिक भिडियो ‘म मर्न तयार छु’ मा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई अभिनय गराएका छन् । पाँच मिनेट ५४ सेकेन्ड लामो उक्त भिडियोमा पूर्वप्रधानमन्त्री ओलीसहित पूर्वमन्त्री लालबाबु पण्डित, रामशरण महत र टोपबहादुर रायमाझीको अभिनय देख्न सकिन्छ ।
‘आँखा लाउने बैरीको शिर चुँडाउन नपरोस्
खिया ला’को खुकुरीलाई उध्याउन नपरोस्’
युट्युबमार्फत सार्वजनिक उक्त म्युजिक भिडियोमा तिलक बस्नेत र मनीषा राईको स्वर छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया