म्युजिक भिडियो निर्देशक सेन्चुरी मलेसियामा

अशोक केसी
काठमाडौँ १० अशोज
दसै नजिकिदै गर्दा निर्देशक जीवन सेन्चुरी मलेसियामा म्युजिक भिडियो सुटिङका लागि प्रस्थान गरेका छन।
दुई तीन सयको हाराहारी म्युजिक भिडियो र केही फिल्ममा समेत निर्देशन गरिसकेका जीवन एक महिना लामो बसाइमा मलेसिया रहने बताईएको छ । हिजो मात्र मलेसिया प्रस्थान गरेका सेन्चुरीले मलेसियामा बिभिन्न आधुनिक गित तथा लोक गितमा तेहि रहेका नेपाली मोडलहरुलाइ अभिनयमा उतार्दैछन।।
एक महिना लामो बसाइमा सेन्चुरी म्युजिक भिडियोमै ब्यस्त हुने कुरा बिजनेशपाटिलाइ बताउछन। उक्त बसाइमा लगभग १२ देखि १५ भिडियो निर्देशन गर्ने जीवनको भनाइ छ।
लामो समय देखि निर्देशन तथा मोड्लिङमा ब्यस्त जीवन सेन्चुरी एउटा सफल निर्देशकको रुपमा परिचित छन। कथाबस्तुलाइ यथार्थ ढङ्गबाट प्रस्तुत गर्न सक्ने र मेहनत गर्ने सेन्चुरी तेक्वान्दो खेलाडी समेत हुन भने म्युजिक भिडियो सम्पादन समेत आफै गर्दछन। मलेसियामा भएका म्युजिक भिडियो उनको आफ्नै कम्पनी जे आर सि मिडियाले बजार ब्यबस्थापन गर्दैछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया