‘म बहुला होइन’ युगकवि सिद्धिचरण श्रेष्ठ
स्वयम्भू शाक्य
आज युगकवि सिद्धिचरण श्रेष्ठले म बहुला होइन भनी आमालाई स्पष्टिकरण दिनुको अर्थ के होला ? मनमा थुप्रैं पीर परेर होला आमालाई पीडा पोख्नुको अर्थ के होला ? म पागल होइन भनी यो समाजमा जति चिच्याए पनि किन कहिल्यै नसुनेको होला ? म ठीक छु मेरो दिमागमा केही भएको छैन भनी आमालाई प्रेमपूर्वक बुझाउनुको अर्थ के होला ? आमा यो समाजमा अहिले के भैरहेको छ ? आमा यो समाजले के खोजिरहेको छ । आमा यो समाजले मलाई के बुझ्दैछ ? आमा यो समाजले मलाई किन छुट्याइरहेको छ ? म पागल होइन आमा ! मैले बुझ्न सकिरहेको छैन । हाम्रो समाजमा थुपै्र समस्या छ ? सोच बिचारको अभावमा जिउँदै मान्छेहरू किन जलाइरहेछ ? यो किन केका निमित्त भैरहेको छ ? जहाँ स्वच्छ तर्क र बितर्क छैन । जहाँ सकरात्मक चिन्तन र मनन छैनन् । जहाँ बुद्धि र विवेक भए पनि बन्धकी राखेर किन बसिरहेको छ ? जहाँ नयाँ बिचारहरूको जन्म किन हुन सकिरहेको छैन ? त्यसैले आमा यो समाज आजको समाज होइन । हिजोको समाजमा आजको समाज अटाउन सक्दैन । हिजो अध्यारो थियो । आज उज्यालोका निम्ति सचेतहरू लडिरहेका छन् । हिजो थुप्रै बिचारहरूको मुख, कान, हात र आँखा भए पनि समाजले तिनीहरूको मुख बन्द गरेको थियो । कानमा तेल भरिएको थियो । हातमा जन्जीर लगाईरहेको थियो । आँखामा पत्ति लगाई राखेको थियो । तर आज त्यो सम्भव छैन आमा । किनकि आज नयाँ बिचारहरूको जन्म भैसकेको छ । बिचारहरूसँगै मनमा नयाँ संकल्प लिइसकेका छन् । आमूल परिवर्तनको खाँचोलाई महशूस गरेर बिचारपतिहरूले यौटा निकास खोज्दैछन् । आमा म बहुला होइन । तिनीहरूले मलाई किन बहुला भन्दैछन् । तिनीहरूको कुरा नसुन्नु होला आमा । जसले जेसुकै भनून् । मैले गर्न नहुने कुरा अहिलेसम्म केही गरेको छैन । मैले बोल्न नहुने कुरा अहिलेसम्म केही बोलेको छैन । तैपनि मलाई यो समाजले किन पागल भन्छ ? मैले समाजलाई के हानी पु¥याएँ ? म बाँचेर यो समाजलाई के दुर्गन्ध पैmलाएँ ? किन लेखाजोखा हुँदैन यहाँ ? यौटा मान्छेलाई बहुला भन्दैमा के साँचै त्यो मान्छे बहुला हुन्छ र ? के यौटा मान्छेलाई मन पर्दैन भन्दैमा के समाजले त्यसलाई हेला गर्न मिल्छ र ? यौटा मान्छेको सोच्ने दृष्टिकोण फरक छ भन्दैमा के सबैले त्यसलाई अमिल्दौ मान्छे भन्न मिल्छ र ? के समाजमा न्याय र समानताको कुरा गर्दैमा पागल भयौ भनी समाजबाट तिलाञ्जली दिन मिल्छ र ? त्यसैले यो आजको समाज होइन । आजको समाजले त हिजोको पीडालाई मलम लगाउने काम गरिन्छ । यो कुसंस्कारलाई समयानुसार सुधार गर्ने प्रयास गरिन्छ । बिग्रे भत्केको घरलाई सबै मिलेर बनाउने काम गर्छ । यौटा बहुला भईहिडिरहेको मान्छेलाई इलाजको काम गर्छ । त्यस्तो समाज पो अहिले बन्नुपर्छ । बहुला नभए पनि बहुला भनी कुराकाटी हिड्ने समाजलाई म कसरी समाज भन्न सक्छु र ? विकृति र विसंगतिका कुराहरूलाई म कसरी सहैर बस्न सक्छु र ? त्यसैले समाजले थिचो–मिचोका कुराहरूलाई तह लगाउनु पर्छ । सुधारका कुराहरूलाई अगाडी बढाउनु पर्छ । तब मात्र समाज कल्याणकारी समाज बन्न सक्छ । तब मात्र समाजमा बस्ने मान्छेहरू हृदयदेखि खुशी हुन्छ । होइन भने यो त विकृति र विसंगतिहरूको मुहान हुनेछ । कुरौतेहरूको झुण्ड हुनेछ । बेथितिहरूको बसाईं हुनेछ । अन्धोहरूको बस्ती हुनेछ । त्यसैले आमा म बहुला होइन । जहाँ हामी बाँचेर मात्र पुग्दैन साँचै मान्छे भएर बाँच्न सक्नु पर्छ । जहाँ हामी हिँडेर मात्र होइन खाल्ताखुल्तीहरू टालेर सफा बाटोमा हिड्नु पर्छ । जहाँ अन्याय र अत्याचार भैरहेको छ त्यहाँ चुप लागेर होइन प्रतिकारको रूपमा बोल्न सक्नु पर्छ । जहाँ सुधारको बाटो देख्छ त्यहाँ जानका निम्ति हामीले बाटो देखाई दिनु पर्छ ।
आमा मलाई यो समाजले बहुला बनाएर अलग राखिएको छ । मेरो दिमाग ठीक छैन भनी मान्छे मान्छेबीच भेद्भाव गर्दैछ । यो कुरो मलाई निकोलागेको छैन । किनकि समाजमा परिवर्तन होला भनी समाजभित्रका अगुवाई गर्नेहरूलाई डर लागेर होला तिनीहरूलाई हामी जस्ता मान्छे मन पराउँदैन । तिनीहरूले जे भन्छ, त्यस्तै गर्ने मान्छेहरू उनीहरूको प्रिय पात्र बन्छ । त्यसैले आमा कसैको म प्रिय पात्र बनी बाँच्न चाहन्न । यौटा मान्छे भएर मान्छेको भूमिका निभाउन चाहन्छु । कसैको खुशीको लागि म मान्छे बनेको होइन । कसैको गुलामीको लागि मैले बाँच्नु हुँदैन । अरुले भन्दैमा, अरुले गर्दैमा मैले पनि त्यस्तै गर्नुपर्छ भन्ने केही छैन । त्यसैले म बहुला होइन । मेरो दिमाग बिगे्रको छैन ।
आमा हामीले आज न्याय र अन्याय छुट्याउनु पर्छ । भौलि ईश्वरले न्याय र अन्याय छुट्याउँने छ । मेरो आँखा छ म अन्याय सहेर बस्न सक्दिन । यो आँखाले न्याय र अन्याय हेर्न पाउनु पर्छ । विकृति र विसंगतिलाई सदाका लागि पाखा लगाउनु पर्छ । अध्यारोलाई धपाउन मसाल बाल्नु पर्छ । सुन्दर समाजको कल्पना गर्नुपर्छ । तबमात्र यो आँखाको अस्तित्व रहने छ । होइन भने यो आँखा मेरो निम्ति होइन अरु कसैको निम्ति किन चाहियो ? केवल देख्नको लागि मात्र, केवल हेर्नको लागि मात्र, केवल अरुलाई भन्नका लागि मात्र, केवल मान्छेको लागि चाहिने अंगको लागि मात्र यो आँखा चाहिने भए मलाई त्यस्तो आँखा मनपर्दैन । बरु अन्धो भएर बाँच्न चाहन्छु । मान्छेले सबै कुराहरू देखेर पनि नदेखे जस्तै गर्ने भए त्यो आँखाको अस्तित्व माटोमा मिल्ने छ ।
आमा मेरो पनि पेट छ । त्यसैले मलाई पनि भोक लाग्ने गर्छ । मलाई भोक लाग्दा केही खानेकुराहरू खान पाउँ भनी भन्न मिल्छ कि मिल्दैन ? के भोक लाग्नु गरिबीको संज्ञा हो र ? मलाई किन मान्छेहरू हेँला गर्छन् ? मलाई किन मान्छेहरू हौच्याएर कुरा गर्छन् ? मलाई किन बहुला भनी अलग राख्छन् ? मलाई किन मान्छेले घृणा गर्छन् ? थाहा छैन आमा ! किनकि म बहुला होइन । तैपनि मान्छेले भोक लाग्यो भन्दा सबैले किन मलाई अप्रिय ठान्छन् ? के म मान्छे होइन र ? के मान्छे भए पछि भोक लाग्दैन र ?
आमा ! तिनीहरूले जेसुकै भनून्
म बहुला होइन ।
मैले गर्न नहुने केही गरेर हिँडेकै छैन
बोल्न नहुने केही बोलेरे हिँडेकै छैन ।
मेरो आँखा छ, त्यसैले हेर्न पाऊँ भन्छु
पेट छ, खान पाऊँ भन्छु
एक बारको जूनी न हो । मान्छे भएर जन्मेपछि कोहि पनि नाङ्गो भएर हिँड्न नपरोस् । भोको पेटले कोहि पनि बाँच्न नपरोस् । खुल्ला आकाशमुनि कोहि पनि सुत्न नपरोस् । हे ईश्वर ! यहाँ मान्छे–मान्छेबीच ठूलो खाडल छ । त्यो खाडल हामीले कहिले पुर्ने हो ? समय कति लाग्ने हो ? थाहा छैन, यो त अनिश्चितताको कुरो भो ! विकृति र विसंगतिहरू थुप्रै जन्मे पछि मान्छे–मान्छेबीच विमेल बढ्ने छ । शीतयुद्धले मान्छेले मान्छेलाई मार्ने छ । त्यसैले हे ईश्वर ! तिमीले भए पनि एक टुक्रा कपडा दिएर जाडो बेला न्यानो पारी देऊ । चिसोले लुरुलुरु कामेका थुपै्र आत्माहरूलाई एकमुठ्ठी पारिलो घाम दिएर खुशी बनाई देऊ । किनकि यहाँ एक टुक्रा कपडा पाउँनका लागि संघर्ष गर्नु पर्छ । मेरो आङ्ग नाङ्गो भो भन्दा मान्छेहरू मलाई बहुला ठान्छ । आखिर बहुला न हो मगज बिग्रेपछि मान्छेले जे पनि गर्न सक्छ । तर मैले त्यस्तो केहि गरेकौ छैन आमा ! म गरिब भएर बाँच्न सक्छु तर म मान्छे भएर बाँच्न चाहन्छु ।
भनिन्छ, कर्णप्रिय संगीत सबैलाई मन पर्दोरहेछ । तर यो कानले अप्रिय कुरा सुन्न नपरोस् । शुभ होस् मंगल होस् जग–जगमा कल्याणका कुरा यो कानले सधैं सुन्न पाओस् । आखिर सारतत्व यही नै हो । मान्छे जन्मेपछि एक दिन अवश्य मर्नुपर्छ । आखिर मर्नु नै छ भने हामीहरूले बाँचुञ्जेलसम्म पुण्यको काम किन नगरौं ? दीन दुःखीहरूलाई सेवा गरेर मानवीय धर्म किन नअप्नाऔं ? त्यसैले यहाँ कोही पनि नाङ्गो भएर हिँड्न नपरोस्, कोही आवाज विहिन भएर बाँच्न नपरोस् । कोही बहुला नभए पनि बहुलायो भनी भन्न नपरोस् । कोही अर्काको कुरा काटी बाँच्न नपरोस् । यहाँ त आफ्नो कर्म गर्ने थलो हो । त्याग र तपस्या गरी भोलिका लागि बाटो बनाउँने ठाउँ हो । यो पुण्यभूमिमा हामी मानव भएर जन्मेपछि ईश्वरलाई भन्दा पनि मानवलाई नै पुज्ने काम गर्नु पर्छ । किनकि हामी मानव हौ । यौटा मान्छेले अर्को मान्छेलाई मान्छेको रूपमा हेर्नु पर्छ । गाह्रो साह्रो हुँदा हाम्रा हातहरूले सहयोग गर्नुपर्छ । सह–अस्तित्वका लागि मैले मात्र होइन हामी सबैले काँध थाप्नु पर्छ । एकमुठ्ठी माटोले पनि पहाड बनाउन सकिन्छ ।
चिन्तन मनन गर्नु आपैmमा ठूलो कुरो हो । तात्विक तर्क र वितर्क गरेर सत्य र असत्य छुट्याउनु अर्को ठूलो कुरो हो । गहिरिएर सोची संकल्प गर्नु अझ ठूलो कुरो हो । बुद्धि विवेक लगाएर तत्व परीक्षा गर्नु बिचारहरूको जन्म हो । त्यसैले आ–आफ्नो बिचारहरू मन मस्तिष्कमा मात्र गुम्साएर होइन बोलीमा उतार्न पाउनु पर्छ । आ–आफ्नो धारणाहरू यो समाजमा राख्न पाउनु पर्छ । यो त अधिकारको कुरो हो । कसैले नबोल भन्दैमा हामी चुप लागेर बस्नु हुँदैन । कसैले बोल भन्दैमा हामी कसैको ईशारामा बोल्नु हुँदैन । यो आ–आफ्नो स्वतन्त्रताको कुरो हो । स्वतन्त्रतालाई कसैले कुल्चिन पाईदैन । निरंकुश भएर लादिन पाउँदैन । मैले जथाभावी पो बोल्नु हुँदैन । थितिलाई जानीजानी कुल्चिन पो हुँदैन । तर इतिहास साक्षी छ । जसले जे मन लाग्यो, जसले आफ्नो इच्छानुसार चलायो, जसले थिचोमिचो ग¥यो, जसले बिधिलाई कुल्चिन खोज्यो त्यस्तालाई हामीले विरोध नगरी के चुप लागेर बस्न सकिन्छ र ? जसले जे गरे पनि के हामी कठपुतली जस्तो नाच्न मिल्छ र ? यो कदापी हुन सक्दैन आमा । किनकि मेरो पनि बिचार छ । मेरो पनि सोच छ । मेरो पनि आस्था छ । मेरो पनि बोली छ । समग्रमा मैले मेरो बिचारलाई बोलीमा उतार्न पाउनु पर्छ । बुझ्नेले बुझ्छ, नबुझ्नेले सोच्छ । बुझेर पनि बुझपचाउनेहरूले मेरो लागि जे सोचे पनि हुन्छ । त्यसैले आमा मेरो बिचारसँग सबैको बिचार मिल्नु पर्छ भन्ने होइन । सत्य कुरा बोल्दा म एक्लै भएनि असत्यको पक्ष म कहिल्यै लाग्दिन । बरु मलाई बहुला भने भनून् । मगज बिग्रेर जथाभावी कराउने मान्छे भने भनून् । म त सत्यलाई छोडेर आगोले पोल्दैन भनी कहिल्यै भन्दै भन्दिन । यो त बेमानी कुरो हो । यो त नैतिकता भन्दा बाहिरको कुरो हो । मेरो आस्था र निष्ठामा अरुले जे सुकै भनून् । मेरो बिचारलाई सक्छौ भने मारेर देखाऊ । म मर्न सक्छु तर जिन्दगीमा पटक पटक मर्न चाहँदिन । त्यसैले मेरो आफ्नै बिचार छ । मेरो आफ्नो सिद्धान्त छ । कसैले मलाई बहुला भनेर के भो ! म बहुलाएको छैन भने म कसरी बहुला हुन सक्छु र ? तिनीहरूले मलाई जेसुकै भनून् । म आफ्नो बाटोमा लाग्ने छु । आपूmले देखेको र भोगेको पीडा सुनाउँदा यो समाजका मान्छेहरूले मलाई किन निको मान्दैनन् ?
म बहुला होइन आमा ! तैपनि मलाई किन यो समाजले बहुला बनाउँदै छन् ?मलाई बहुला भनी सबैले किन संज्ञा दिँदैछन् ?यो त जाँतोमुनि पिल्सिएको कनिका जस्तो भएन र ? त्यतिकै मलाई जे पायो त्यही बोलेर आपूmहरू बहुला जस्तो कराएको तिनीहरूले के थाहा छन र ? अरुलाई दोष लगाउने मान्छेले आपूm चोखो छ भन्ने प्रमाण किन दिन सक्दैनन् ? हो, समाजका एकमुठ्ठी मान्छेहरूले आपूmले चाहेको, आपूmले खोजेको, आपूmले बोलेको र आपूmले लाडेको कुरा मैले सुनेन् भन्दैमा के मलाई जबरजस्ती बहुला बनाई यो समाजबाट धपाउन पाइन्छ र ? के यो समाजमा भएको अन्याय र अत्याचारहरूको भण्डाफोर गर्दैमा देशद्रोहीको रूपमा जेलनेल लगाउन पाइन्छ र ? त्यसैले आमा म त पूर्वबाट उदाएको सूर्य हुँ । पश्चिममा अस्ताउने छु । आफ्नो बाटो कहिल्यै नछोडिकन गन्तब्यमा पुग्ने छु ।
यस्तै छ, हिजो–आजका कथाहरू, मेरो समाज मेरो परिवेश आज किन पराई जस्तो लाग्न थालेको छ ? आफ्नै मान्छेहरूले मलाई बहुला भनिरहँदा के साँचै आगो र पानीको मेलको कथा पढे जस्तो लागिरहेछ । आमा ! म यहाँ बाँच्न सक्दिन । किनकि यहाँ मैले सास फेर्ने हावाहरू प्रदुषित छ । मैले खाने खानेकुराहरू दुर्गन्धित छ । मैले हेर्ने दृश्यहरूमा कालो छ । मैले सोच्ने बिचारहरूमा प्रतिबन्धित छ । म बहुला होइन । मैले जतिसुकै स्पष्टिकरण दिए पनि मलाई बहुला बनाएको छ । त्यसैले आमा ! तिमी त मेरो भगवान् हौं । भगवान्को पाऊमा यो शीर राखि पुकारी रहँदा मैले कुनै कुरा लुकाएको छैन । मैले कुनै कुरा ढाँटेको छैन । जे छ सबै कुराहरू यही नै हो । मलाई सबैले बहुला भन्छन् । आमा ! म बहुला होइन् ।
नाङ्गो भएर कोहीं नहिँडोस् भन्छु,
आवाज कानले सुन्न पाओस् भन्छु
बिचारलाई बोलीमा उतार्न पाओस् भन्छु
यतिकैमा पनि तिनीहरू
मलाई बहुला भन्छन्
आमा ! म बहुला होइन ।
अनौठो छ, जो हिँड्छ उसैको पुच्छर निमोठिन खोज्छ । जसले सत्य बाटो देखाउँछ उसैलाई नै चोर बनाउन खोज्छ । त्यसैले चोर साधु , साधु चोरको उखान आज मात्र होइन हिजोदेखि हामी कहाँ चल्दै आएको छ । हामीलाई थाहा छ, सत्यले सरापेको हाम्रो देशमा राम्रो काम गर्नेको कहिल्यै पनि भलो भएको इतिहास छैन । जसले देशलाई प्रेम गर्छ । जसले माटोलाई तिलक लगाउँछ त्यसैको मृत्यु अत्यन्त दर्दनाक हुने गरिन्छ । आश्चर्य छ, यो किन भैरहेको छ ? कोबाट संचालित छ ? के खोज्दै छ ? जसले सबैको भलो चिताउँछ उसैको अन्त्य चाँदै किन भैरहेको छ ? किनकि यहाँ थुप्रै कुभलो चिताउनेहरूको विगीविगी छ । एकमुठ्ठी भलो चिताउनेहरूलाई हजारौ मुठ्ठी कुभलो चिताउँनेहरूले यातना दिए पछि स्वभाविकै रूपमा ऊ नासिएर जानुपर्छ । बलियाको अगाडी निर्धोले सदाका निम्ति घुँडा टेक्नुपर्छ । नत्र मलाई जस्तै तिमीलाई पनि बहुला बनाउने छ । आलो रगत पिएर जिउँदै मान्छेलाई सुकाएर मार्ने छ ।
भनिन्छ, सत्यलाई कहिल्य पनि असत्यको सहारा लिनु पर्दैन । सेतोलाई कहिल्यै पनि कालो भनेर हेर्नु पर्दैन । त्यसैले यौटा मान्छे जो बहुलाएको छैन त्यसलाई कसरी बहुला भन्न सकिन्छ र ? बहुमतको कदर गर्दैमा विषलाई पनि अमृत हो भनि मान्छेलाई कहाँ पिलाउन सकिन्छ र ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले म बहुला होइन भनि जतिसुकै चिच्याए पनि हाम्रो समाजले हो, होइन किन ठम्याउन सकिएन ? बहुला हो कि होइन भनि किन बुझ्न सकेन ? ठीक–बेठीक किन छुट्याउन सकेन ? सेतो र कालोलाई यौटै होइन भनि किन भन्न सकिएन ? अचम्म छ, भेँडा–भेँडासित बाख्रा–बाख्रसित कसैको लैलैमा जानेहरूलाई राम–राम भन्नु बाहेक काँध थापेर बस्न सकिन्न ।
समाज परिवर्तनशील छ । यो परिवर्तनशील समाजलाई हामीले चाहेर वा नचाहेर पनि परिवर्तनलाई रोक्न सकिँदैन । त्यसैले नयाँ बिचारहरू जन्म भएपछि अलि ढिलो चाँडो समाजले अवश्य पनि काँचुली फेर्ने छ । भलोले कुभलोलाई कुल्चिएर सत्यको जीत हुनेछ ।
प्रकासित मिति २०७८–९–२०
फेसबुकबाट तपाईको प्रतिक्रिया