यतीको आकर्षक ब्याजसहितको आश्वा बचत खाता

बिजनेसपाटी २० माघ 
 निक्षेपकर्तालार्इ यती डेभलपमेण्ट बैंकले आकर्षक ब्याज सहितको आश्वा बचत खाता योजना ल्याएको छ।  एक सय रुपैयाँमा खोल्न सकिने यो खातामा निक्षेपकर्ताले ६ प्रतिशत ब्याज पाउने बैंकले जनाएको छ।
बैंकले विभिन्न कम्पनीको शेयर फारम भर्न ग्राहकलार्इ न्यूनतम मौज्दातमा खाता खोल्न सकिने र रोक्का राखिएको रकममा उच्च प्रतिफल दिने उदेश्यले यो योजना ल्याएको जनाएको छ। हाल यती डेभलपमेण्ट बैंकले देशभरका २५ वटा शाखामार्फत सेवा दिँदै आएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया