यती डेभलपमेन्ट बैंकको आकर्षक कर्जा योजना

बिजनेसपाटी ३ माघ

यती डेभलपमेण्ट बैंकले आकर्षक ब्याजदरमा यती सजीलो कर्जा तथा यती घर कर्जा योजनाहरु प्रस्तुत गरेको छ । साना तथा मझौला ब्यापार व्यबसायलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सो योजना ल्याएको हो । यस अन्तर्गत ब्यबसायीहरुले अधिकतम रु १ करोड सम्मको कर्जा सजीलै प्राप्त गर्न सक्नेछन् ।

सो कर्जा लिन चाहने ब्यबसायीहरुले ओभरड्राफ्ट, १० बर्षसम्मको किस्ताबन्दी अथवा दुबै सुबिधा ९ .९९ प्रतिशत देखि १०.९९ प्रतिशत सम्ममा उपभोग गर्न सक्ने बैंकले बताएको छ ।

त्यसैगरी यती घर कर्जा अन्तर्गत घर, अपार्टमेण्ट तथा जग्गा खरीद गर्न र घर निर्माण तथा मर्मत गर्नको लागी रु १ करोड सम्मको कर्जा ग्राहकरुले न्यूनतम ९ दशमलव ९९ देखि २० बर्ष सम्मको अबधीको लागी प्राप्त गर्न सक्ने छन् । आवश्यक कागजात पुरा भएको ३ कार्य दिनमा नै उक्त कर्जाहरु प्रदान गर्ने  प्रतीबद्धता बैंकको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया