यसकारण आफुभन्दा जेठी महिलासँग डेट गर्छन् युवाहरु

पछिल्लो समयमा कतिपय युवाहरु आफुभन्दा बढी उमेरका महिलासँग रमाउन थालेका छन् । सेलिब्रेटी होस् या सर्वसाधारण, आफूभन्दा बढी उमेरका महिलासँग प्रेम गरेरै विवाह गर्ने पुरुष थुप्रै छन् । परम्पराले कम उमेरका महिलासँग मात्र विवाह गर्नुपर्छ भनेको भए पनि बढी उमेरका महिलासँग सम्बन्ध राख्न चाहने पुरुषको संख्या ठूलो छ ।

सामान्यतः केटाहरू बढी उमेरका महिलाप्रति आकषिर्त हुन्छन् । आखिर किन केटाहरू आफूभन्दा बढी उमेरका महिलाप्रति आकषिर्त हुन्छन् त? केही कारण यस्ता छन्:-

मानसिक रूपले स्वतन्त्र
बढी उमेरका महिलाहरू युवती तथा किशोरीहरू भन्दा फरक हुन्छन् । उनीहरू मानसिक रूपले स्वतन्त्र हुन्छन्। उनीहरू कामकाजी हुन्छन। उनीहरूलाई अर्काको सहारा आवश्यक पर्दैन ।

समझदार
बढी उमेरका महिलाहरू बढी अनुभवी एवं समझदार हुन्छन् । बढी उमेरका महिलाहरू आत्मविश्वासी हुन्छन् र निर्णय लिन सक्षम हुन्छन् । यसकारण युवकहरू त्यःता महिलाप्रति बढी भरोसा राख्न सक्छन् ।

आर्थिक सुरक्षा
प्रेमसँगै सेटलमेन्टको चिन्ता छ भने आर्थिक पक्षले अहम् भूमिका हुन्छ । हिजोआज केटीहरू मात्र होइन केटाहरू पनि आर्थिक सुरक्षाप्रति सचेत हुन्छन् । आर्थिक रूपमा सेटल हुने क्रममा उमेर बितेछ नै भने पनि उनीहरू त्यति चिन्तित हुँदैनन् ।

इमानदार
प्रेम सम्बन्धमा महिलाहरू यो कुरालाई राम्रोसँग बुझ्छन् कि यदि कसैप्रति आफ्नो रुची छैन भने उसलाई धोका दिनुभन्दा मनको कुरा प्रष्टसँग बताइदिनु उत्तम हुन्छ । बढी उमेरका महिला सम्बन्धप्रति इमानदार त हुन्छन् नै यसबाहेक आफ्नो साथीको भावनाको सम्मान पनि गर्छन् ।

परिवार बसाउन तयार
बढी उमेरका केटीहरू करिअरमा सेटल भैसकेका हुन्छन् । यस्तो अवस्थामा उनीहरूलाई परिवार बसाउन कुन समस्या पर्दैन । उनीहरूको यही सकारात्मक पक्ष केटाहरूलाई आफूतिर तान्न सहयोगी हुन्छ ।

केयरिंग स्वभाव
सामान्यतः सम्बन्धमा केटाहरूले केटीहरूलाई बढी लाडप्यार गरिरहेको देखिन्छ । तर केटीको उमेर केटाको भन्दा बढी छ भने केटीहरूले केटालाई सामान्यतः बच्चासँग जस्तो व्यवहार गर्छन् र ससाना कुरामा पनि ख्याल राख्छन् । उनीहरू केटाका लागि केही प्रोटेक्टिभ पनि हुन्छन् । र, केटीहरूको यही व्यवहार धेरैजसो केटाहरूलाई मन पर्छ । एजेन्सी

फेसबुकबाट तपाईको प्रतिक्रिया