यसकारण एमाले भयो पहिलो पार्टी

कालिदासबहादुर राउत क्षत्री
पहिलो संविधानसभा निर्वाचनमा तेश्रो र दोश्रो संविधानसभा निर्वाचनमा दोश्रो बनेको नेकपा एमाले यस वर्ष २०७४ को स्थानीय निर्वाचनमा पहिलो बनेको छ । पहिलो चरणको २८३ स्थानीय तहको निर्वाचन ३४ जिल्लामा हुँदा १२५ तहमा प्रमुख पद जितेर पहिलो भएको एमालेले दोश्रो चरणको ३३ जिल्लामा ३३० स्थानीय तहमा १५१ प्रमुख पद मा जिनेर सवल नेतृत्वको कारण पहिलो भएको छ । ४६ प्रतिशत स्थानीय तहमा दोश्रो राउन्डको निर्वाचनमा पद जितेको छ । अब तेश्रो राउन्डको एकै प्रदशका ८ जिल्ला बाँकी छन् । मधेस विभाजन गर्ने केही पाटीहरुका माग बमोजिम असोज २ को लागि २ नं. प्रदेशमा निर्वाचन गरिने भएको छ । हाल सम्मको चुनावको नतिजा हेर्दा विजय गच्छदार र उपेन्द्र यादव नेतृत्वको पार्टीले मात्रै निर्वाचनमा जितेको छ । पहाड र मधेसलाई छुट्याएर मधेसलाई कव्जा गर्छौ भनेर धम्क्याई रहने पार्टीहरुले चुनावमा शर्मनाक पराजय भोगेका छन् ।

राजपा नामको पार्टीबाट उठेको भए स्थानीय जनताले झन् बेईज्जतिपूर्वक को रेस्पोन्स गर्ने थिए । असोज २ मा हुने तेश्रो राउण्डको १२७ स्थानीय तहमा ८ जिल्लामा मधेस हाम्रो वपौति हो भन्ने पार्टीहरुका उम्मेदवारहरुलाई स्थानीय मधेसकै मतदाताले शर्मनाक पराजित गर्ने आधार विभिन्न एनजीओहरुबाट गरिएको सर्वेक्षणबाट देखिएको छ । पश्चिमा युरोपियन व्रिmस्चिएन संस्थासँगको सहकार्यबाट सञ्चालित तराई टुव्रmयाउनु आन्दोलन विसर्जनको संघारमा पुगेको छ । भारतमा ब्रिटिश शासन हुँदादेखि दार्जिलिङ सयौ वर्ष अघिदेखिको व्रिmश्चिएन अखडा थियो र छँदैछ । त्यतातिरबाट आउने कतिपय नेपाली साहित्यकार व्रिmश्चिएन एजेन्ट भएर आउने गर्छन् । सातसालको व्रmान्ति ताकनै धरणीधर कोइराला दार्जिलिङका प्रसिद्ध साहित्यकार थिए । त्यसैवेलादेखि आफ्नो समुदायमा व्रिmश्चिएन प्रभाव पारेर होला तत्कालिन कतिपय स्वनामधन्यहरुले आफ्ना बाबुआमाको काजव्रिmया नगरेर आडम्बरी व्रmान्तिकारी प्रदर्शन गरेका धेरैलाई थाहा छ । मेची वारी मेची अञ्चल भेगमा दार्जिलिङको व्रिmश्चिएन प्रभावबाट कतिपय रचनामहरु व्रmान्तिकारी बनेको सर्वज्ञात नै छ । २ नं. प्रदेशमा पनि व्रिmश्चिएनको प्रभावले असर गरीरहेछ । स्थानीय चुनावमा काठमाडौँ लगाएत ठाउँठाउँमा व्रिmश्चिएन ब्लकले कुनै न कुनै व्यानरमा उम्मेदवारी दिएको देखिएतापनि पराजित भएका छन् र २ नं. प्रदेशमा पनि उम्मेदवारी देलान तर जित्न सम्भव छैन । सम्पन्न निर्वाचनमा मुय पार्टीहरुले जस्तो परिणाम ल्याएका छन् त्यस्तै परिणाम २ नं. प्रदेशमा पनि ल्याउँछन् भन्ने आम अपेक्षा छ । २ नं. मधेस केन्द्रित दलहरुले पनि प्रकारन्तरले पराजय स्विकारेर होला, चुनाव वहिष्कार गर्ने संसद बहिष्कार गर्ने जस्ता पलायनवादी मार्ग अवलम्बन गर्न थाली सकेका छन् । कांग्रेस आफै पहिलीको प्रजापरिषद बन्न खोज्दैछ । गणतन्त्र र यो स्थानीय निर्वाचनमा प्रचण्डले कांग्रेसका मतदातालाई आफ्नो खेताला बनाएदेखि जनतामा विश्वास घट्तै गएको प्रतिकृया आउन थालेका छन् ।
पंचायती व्यवस्था ढलेपछिका निर्वाचनहरुमा गरीबको कम्युनिष्ट पार्टी धनीको कांग्रेस पार्टी भन्ने धारणा धेरैमा थियो । तदनुरुप गाउँमा कम्युनिष्टले जित्छन् सहरबजारमा कांग्रेसले जित्छन् भन्ने मनस्थिति बनाउथे । अवत नेपालको पुरानो संरचना बदलिएर गाउपालिका भन्दा नगरपालिका बढी भै सकेका छन् । गाउको भन्दा सहरी क्षेत्रको जनसंख्या बढी भैसकेको छ । आधारभूत सुविधा प्रायः सवै ठाउँहरुमा पुगीसकेको छ । गाउँमा गरीब हरिबको संख्या जति बढोत्तरी भयो नमस्कार त्यतिनै बढी पाउने चाकरी चुक्ली त्यतिनै हुने हुँदा जहाँ शोसक सामन्त हुन्थे त्यहाँ त्यतिनै गरीबी व्यापक हुन्थ्यो । पछिल्लो परिवर्तित कालखण्डमा एउटा त्राशदी कही कम्युनिष्ट पार्टीहरुले बढाउँदै लगेका छन् भने कम्युनिष्ट समर्थक फैलाउन गरीबी र शोषण बढाउन प्रोत्साहित गरिनुपर्छ । जति गरीबी र अन्याय अत्याचार बढ्दै जान्छ, त्यही अनुपातमा क्रान्तिकारीता फैलिदै जान्छ भन्ने मनस्थिति नितिबाट निर्देश रहेको आम अनुभूति हुँदैछ । २० वर्ष पछि सम्पन्न स्थानीय निर्वाचन पनि न्यून आय हुनेहरुको पहुँच भन्दा बाहिर पुगेको आम अनुभूति हुँदैछ । आर्थिक मात्रै हैन राजनीति पनि व्यक्ति विशेषको पहुँच तथा नियन्त्रण बाहिरपुगिसकेको छ । निर्दल–बहुदलकाल सम्मको राजनीतिक अनुभूति गरेका मानिसहरु त्यतिवेलाका व्यक्तिहरुको चल्तापुर्जा कृयाकलाप देख्नेहरु अहिलेको राजनीतिक व्यक्तिको हातमा छैन, पार्टीको हातमा छ । पार्टी भनेको निर्वाचित पदाधिकारीहरु र बहुमत पक्षीय शक्ति हो । आआफ्ना कार्यकालमा तिनै व्यक्तिहरु आफ्नो जायबाट हैन पार्टीको नामबाट हैकम चलाउने शासन गर्ने हुन् । यसरी पार्टी प्रमुख र व्यक्ति गौण हुन्छ । सामन्त संस्कारका कतिपय नेताहरु चाकरी चलाउन गुटबन्दि गर्नका निम्ति आआफ्नो घरमा पञ्चले चाकरी चलाए जसरी चलाउँदै आएका छन् । पार्टी अफिसमा मिटिङमा मात्रै पुगेर औपचारिकता पुरयाउँछन् ।

आम चुनावलाई पहिली पहिली खुला विश्वविद्यालय पनि भन्थे । नेपाली समाजमा जारी वर्ग संघर्षका विभिन्न शक्ति वीचको प्रतिष्पर्धाको जिउदोजाग्दो नमुना पनि मान्छन्, निर्वाचनलाई । नेपालमा बहुदल सहितको गणतन्त्र प्रादुर्भाव हुनु भनेको ऐतिहासिक परिवर्तन हो । कांग्रेस कम्युनिष्ट मिलेरै परिवर्तन सम्भव भएको हो । चालु संविधानमै समाजवादन्मुख शब्द राखेर अगाडि बढ्ने व्रmम जारी छ । एकले अर्कालाई निषेध गरेर हैन सहकार्य सहमति गरेर अघि बढ्ने मार्ग जननिर्मित संविधानले तय गरेको छ । विगतमा कांग्रेस र एमाले दुईखोलाको किनार जस्तो भएकाहरु त एउटै डुङ्गा (नाव) मा होमिएर जसरी अवका पनि आआफ्नोजनमतका आधारमा सहमतीय राजनीतिक धरातलमा उभिन वाध्य छन् । जनमत भन्दा शक्तिशाली कुनै हतियार हुन सक्तैनन ।

प्रकाशित मिति २०७४-३-२६

फेसबुकबाट तपाईको प्रतिक्रिया