यसकारण घट्यो टेलिकमको आम्दानी २५ प्रतिशत

काठमाडौँ २५ मंसिर

-हाल सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायक कम्पनीको आम्दानीमा ठूलो कमी आएको छ ।

टेलिकमले सेवा प्रदायक कम्पनीको आम्दानीको मुख्य स्रोतको रुपमा रहेको अन्तराष्ट्रिय कलमार्फत आम्दानीमा हुने गिरावटले टेलिफोन सेवा प्रदायक कम्पनीको आम्दानीमा २५ प्रतिशतसम्म कमी आएको टेलिफोन सेवा प्रदायक कम्पनीले जनाएका छन् ।

ओभर द टप (ओटीटी) अर्थात कुनै इन्टरनेट प्रोभाइडरअन्तर्गत रहेर प्रदान गर्ने एप भाइबर, स्काइप, ह्वाट्सएप, म्यासेन्जर आईएमओ लगायत सामाजिक सञ्जालको बढ्दो प्रयोगले टेलिकम सेवा प्रदायकको आम्दानीमा गिरावट हुन थालेको हो ।आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया