यसकारण बजार घटेर १२०० अंकमा पुग्छ, शेयरमा लगानी होइन दुध दिने गाइ पालौं ।

दुर्गाप्रसाद काफ्ले
आज बुधबार पनि सेयर बजार ४२ अंकले घटेर १५४० अंकमा बे्रक लागेको छ । यो अझै घटछ । अहिले जुन अमेरिकी राट्रपतीमा ट्रम्पको आगमनले नेपाली शेयर बजारमा केही उतारचढाव आएको हल्ला चलेका छन । त्यो विल्कुल होइन । नेपालको अर्थव्यवस्था रेमिटयान्स् निर्भर छ । रेमिट्यान्स घटन थालेसँगै अहिले तरलता संकट पनि देखिन थालेको छ । राष्ट्र बैकले त तरलताको कमी छैन भन्यो । तर तपाइ बैकमा चेक लिएर जानुभयो भने नसाटिने अवस्था सिर्जना भइसकेको छ तरलता कमीका कारण । यसरी आन्तरिक अर्थव्वस्थाकै असन्तुलनकै कारण बजार घटिररहेको छ । र, यो अझै घट्छ । ठुला लगानीकर्ता र बजारका चलखेलकर्ताको हल्लाका कारण १८०० अंकमा पुगेको शेयर बजार अब घटेर १२०० अंकमा पुग्छ । त्यो मलाई विश्वास छ ।
खासगरी राष्ट्रबैकले बैक–वित्तिय संस्थाहरुको पँुजी ०७४ असार मसान्तसम्ममा ४ गुणाले अनिवार्य वृद्धि गर्नुपर्ने जुन प्रावधान ल्यायो । ८ अर्बसम्म पुजी पु¥याउनु पर्ने जो भन्यो, त्यहीँ देखि हल्ला गरेर शेयर बजार बढाइएको थियो । वित्तिय संस्थाहरुको ४ गुणा पुँजी बढाउँदा उही बजारमा ४ गुणा नै नाफा बढला त ? त्यो सम्भव थिएन । छैन । त्यो कुरा बुझेका ठुला लगानीकर्ताले एक झमट शेयर बजार उचालेर आफना भएभरका शेयर विक्रि गरिसेकेका छन । अहिले शेयर बजार घट्दा साना लगानीकर्ताहरु मारमा परेको तितो यर्थात छ । अझै पुजीँ बजार घटेर १२ सयमा पुग्छ ।
धेरैले ऋणमा, शेयर नै धितो राखेर बैकबाट पैसा निकालेर शेयरमै लगानी गरेका छन । अहिले तरलता घटदैगर्दा बैकहरुबीच हलचल मच्चिएको छ र के गर्ने भनेर बैकहरुबीच आन्तरिक छलफलसम्म हुन लागेको भन्ने मैले सुनेको छु । अव हेनुर्स हिजो शेयर बजार बढदा जुन रुपमा शेयरको मुल्याङकन गरेर बैकहरुले ऋण दिएका थिए । आज शेयर घटेर त्यो शेयरको मुल्याङकन कमजोर हुँदा बैकले शेयर ऋण लिएकाहरुसँग पैसा फिर्ता माग्नसक्छ, तरलता समस्याको कारण । त्यसकारण लगानीकर्ताले बेलैमा कुरा बुझन जरुरी छ । साना र सोझा सिधा लगानीकर्ता नफसुन भनेर मैले यो भनिरहेको छु । अहिले साना लगानीकर्ताहरुले समेत आफनो जो भएको शेयर बेच्नुपर्ने अवस्था आइसकेको छ । किनकी नेपालमा शेयर बजार विचौलिय र सिमित ठुला लगानीकर्ताले मात्रै हल्लीखल्ली गरेर, बढाएर फाइदा लिइरहेका छन । हजारौ सर्वसाधारण डुबेका छन । खासगरी साना लगानीकर्ताहरुले हल्लाको आधारमा, हुइमका आधारमा र फेसवुक टिप्पणीका आधारमा शेयरमा जतिपनि लगानी गरेका छन । त्यसरी लगानी नगर्नुस् । मैले पहिले देखि नै टिप्पणी गर्दा कसैले पत्याएनन् । तर अहिले मेरो एउटा फेसबुक स्टाटसले बजार हल्लीने गरेको छ । दैनिक पत्रिकाका सम्पादकहरु समेत दुर्गाप्रसादको अन्र्तवार्ताको लागि अपिल गर्ने भएका छन । कतिपय अनलाइनहरुले मैले ‘शेयर बजार उत्तानो पर्छ’ भनेको कारण मलाइ उत्तानोप्रसाद समेत भन्न थालेका छन । म उनीहरुलाई धन्यवाद नै भन्छु मेरा कुरालाई उनीहरुले प्रकासन गरिरहनु भएकोमा ।
मैले यसै यो विश्लेषण गरिरहेको छैन । म ८ बर्ष देखि शेयर बजारमा हेल्लिएँ साना लगानीकर्ताको रुपमा । यसबीच धेरै अनुभव गरेँ । अहिले बजारमा साना लगानीकर्ताहरुले मार खेपेजस्तै मैले पनि शेयरमा धेरै रकम गुमाएँ । पैसा त्यसरी गुमाएकै कारण म विदेशिनु पत्यो । अहिले स्वदेश आएर गाइपालन गरेको छु । र, मेरो व्यापार व्यवसाय पनि छ ।
अहिले वजार घटनुमा वित्तिय सस्थाहरुको प्रति शेयर आम्दानी घटनु, धेरै जसो संस्थाले हकप्रद शेयर जारी गर्नु र भएका पैसाहरु पनि त्यता तिर जानु, विमा समितिले पनि विमा कम्पनीहरुको पुजीँ बढाउने कुरा अघि बढनु आदि कारणले पनि बजार घटेको हो । त्यसैगरी अहिले बाफिया पारित भयो । यसबाट पनि अब ठुला लगानीकर्ताहरुलाई चलखेल गर्ने ठुलो आधार मिलेको छ । हाइड्रोमा पनि ठुला लगानीकर्ताहरुको चलाखीँ त्यस्तै छ । त्यसकारण शेयर बजार विचौलिया र ठुलाहरुको हातमा छ । नयाँ आएका र साना लगानीकर्ताहरुको भविष्य शेयर बजारमा छैन । त्यसकारण शेयरमा लगानी गर्ने होइन म जस्तै दुध दिने गाइपालन गर्ने तर्फ सोच्ने हो की ?
( कुराकानीमा आधारित )

फेसबुकबाट तपाईको प्रतिक्रिया