यसकारण वैकल्पिक शक्तिको खाँचो
अरुण कार्की
विकाश र समृद्धि चरण एउटा संर्घषको उदगम विन्दुबाट हुन्छ भन्ने विश्वव्यापी मान्यता रहेको छ । यसमा प्रकृतिगत वा समाज विज्ञानका कारण हुने घटना परिघटनाहरु जोडिने गर्दछन् । यसको अर्थ एकखालको संरचनाको ध्वस्तपछि समुन्नत र विकसित मोडेलको संरचना निर्माणको थालनी गर्नु हो । नेपाल प्रकृति र समाज विज्ञान दुवै पाटोबाट ध्वस्त भइसकेको छ । यसलाई अब दीर्घकालीन योजनाको साथ आर्थिक समृद्धिको पाटोमा रुपान्तरणसहित लैजानु आजको आवश्यकता हो । यसको निम्ति नया विचार, सोच, नेतृत्व पङक्ती र त्यही खालको उर्जाको जरुरत पर्दछ । विचार सैदान्तिक धरातल र उर्जा भनेको मन्दिरको पुजारीले दिनहुृृ‘ जप्ने मन्त्र होेइन र आफ्ना असक्षमतालाई छेक्ने कवज पनि होइन । विचार त्यसलाई मान्नुपर्छ , जसले उर्जा भर्न सक्छ, जिवन दिन सक्छ र समृद्ध समाज निर्माण गर्न योगदान पु¥याउछ । अहिलेको समाज सुहाउदो विकाशको लागी चलन चल्तीमा रहेका राजनीतिक पार्टी र समुहहरुबाट अपेक्षा गर्र्ने सकिदैन । अपेक्षा गर्नु भनेको फेरी केही दिन, महिना र वर्षहरुलाई बर्वादी गर्दे जानु हो ।
हिजो जुन खालको समाज र एकात्मक राज्य सक्ता प्रणाली थियो । यस अन्र्तगतको एकात्मक राज्य सक्ता प्रणालीलाई जनयुद्धको जगमा जनआन्दोलनले उन्मुलन गर्ने काम त ग¥यो तर त्यसको पेरीफेरीका वर्गहरुलाई परास्त गर्ने र फेरि नवीन वर्ग जन्माउने परिपाटीलाई निस्तेज गर्न सकेन । जुन बिषय वस्तु आदिवासी, जनजाति, मधेशी, महिला र श्रमजीवी वर्गको मुद्धालाई नेतृत्वले सही समयमा सस्थागत रुपमा लिपिबद्ध गर्न नसक्नु र आश्वसनका पोकाहरु बाड्नुको उपज हो । आज हाम्रो समाजमा एकात्मक राज्य प्रणालीको अन्त्यसंगै जन्मिएको एउटा नवीन वर्ग छ । त्यसले आज पनि समाजका अगाडि निम्न आय स्तर र जीवन शैली भएका परिवारका छोरी वुहारीले बोल्दा र हास्दा नक्कली र असभ्यताको विल्ला भिराउछ र तिनका छोरी वुहारीले बोल्दा र हास्दा चाहि मुस्कान र सभ्यताको प्रतिक ठान्दछन् । नातावाद र कृपावादलाई आर्दशको सिदान्त मान्दछन । मुलुकमा कम्युनिष्टको बलियो सरकार हुदा पनि अन्धविश्वास र भय हट्न सकेको छैन । विभेदकारी वर्गको अवशेषलाइ अन्त्य गर्दै समृद्ध र समतामुलक देश निर्माणको लागि वैकल्पिक शक्ति अपरिहार्य भइसकेको छ । आर्थिक र सामाजिक जीवनस्तर लाई एउटै उचाइमा मापन गर्नको लागी नयाँ शक्तिको योजना, विचार र उर्जा हुनुपर्दछ । कुनै पनि राजनीतिक दल सुरुवाती कालखण्डमा नयाँ शक्तिको रुपमानै प्रकट भएका हुन्छन् । २००७ सालतिर काग्रेस नयाँ शक्तिको रुपमा आयो त्यस पश्चात क्रमश एमाले र तात्कालीन नेकपां (माओवादी) आए । यिनीहरुले केहीहदसम्म राजनीतिक परिर्वतनको नेतृत्व गरे तर मुलतः जनताको दैनिकीमा प्रभाव पार्ने प्रतिव्यक्ति आयमा सुधार गर्न सकेनन् । एउटा कालखण्ड पुरा गर्ने झण्डै ६५ वर्षको अभ्यास गर्नु प¥यो । जुन हाम्रो सामु जगजाहेर छ । यस वीचमा धेरै वाद र पथका कुरा ग¥यौ तर हाम्रो परिवेश र माटो सुहाउदो भिजन तयार गर्ने सकेनौ । जनता र राष्ट्रका खातिर योगदान गर्न कम्मर कस्ने कम्माण्डलुमा चामल भएकाहरुलाइ पिजडाको सुगाको रुपमा रुपान्तरण गरेउ ।
योग्यता र क्षमतालाई कुन चराको नाम जस्तो बनाएऔ । नयाँ सविधानमा समेत नेतृत्वको योग्यताको श्रेणीकरण गर्न सकेनौ अनि यो मुलुकमा स्नातक र स्नाकोत्तर तह उर्तीण अधिकृत र सचिव हुन्छन् । औपचारिक अध्यन समेत पुरा नगरेका मन्त्री, प्रधानमन्त्री र राष्ट्रपति भएर निती निर्माणको तहमा जान्छन् अनि कर्मचारीतन्त्र हाबी नभएर के हुन्छ ? विरालोलाई बाधेर कुटन थाल्यो भने सत्य यही हो घाटी निर्चोछ । अहिलेका यथास्थितिवादी र हिजोका क्रान्तिकारी शक्तिहरुले गर्ने भनेको बायोलोजीको विद्यार्थीले गर्ने भ्यागुताको शल्यक्रिया जस्तै हो । जहाँ अधिकतम सफल परिणामको अपेक्षा गरिन्न । फोटोकपीको भरमा पार्टी र मुलुक हाक्ने सपना देख्छौ । अन्तराष्ट्रिय जगतमा कुटनीतिक कदम दरिलोसंग चाल्न सक्दैनौ सत्तामा हुदा दास मनोवृत्तिमा प्रभुको पाउमा हजुरको जो आज्ञा भन्दै लमतन्न हुन्छौ अनि सत्ता बाहिर हुदा चोर औला देखाउछौ । दुई विशाल छिमेकी मुलुकको वीचमा रहेर पनि एउटा गतिशील पुल बनेर बहुआयामिक फाइदा लिन सकेनौ । राजनीतिक दर्शनलाई तालीका लागी भाषण गर्नु शिवाय ः कहिल्यै पनि बुझ्ने र बदल्ने कोसिस गरेनौ । नजिकको छिमेकी मुलुक चीन पनि माओको कारण नभई देङस्याओ पिङको आर्थिक नीतिमाफर््त समृद्ध मुलुकहरुको सुचीमा दर्ज भएको कुरालाई मध्यनजर गरेनौ । साम्राज्यवादी राष्ट्रहरुले विश्वव्यापी प्रभुत्व कायम गर्नको लागी आर्थिक उदारीकरण, निजीकरण र भूःमण्डलीकरणलाई बढाउदै तेस्रो विश्वका मुलुकहरुमा अकल्पनीय संकटलाई प्रोत्साहन दिइरहेका छन् । आफ्नो प्रभुत्व अस्वीकार गर्ने राष्ट्रहरुमा सैनिक हस्तक्षेप र विविध प्रोपोगाण्डा माफर््त चरम दमन र उत्पीडन गरिरहेका छन् । दक्षिन अफ्रिकी मुलुकहरु यसको सिकार बनिरहेका छन् । हामै सार्क सदस्य राष्ट्र अफगानिस्तान माथि अमेरिकी साम्राज्यवादको जर्जर दमन देख्न सक्छौ । विश्व इतिहास हाम्रा सामु छलङ्ग हुदाहुदै पनि सौताको रिसले पोइको काखमा फोहोर गर्ने प्रवृत्तिमा नतमख्न छौ । नोकरशाही पुजीपति वर्गलाइ प्रोत्साहन भइरहेको छ । राष्ट्रिय पुजीपति वर्ग र श्रमजीवी वर्ग पलायन हुन बाध्य भएको छ । दुदर्शीे नेतृत्व र निती तथा आर्थिक विकाशका मुद्धाहरु सधै दोस्रो दर्जामा दर्ज र अपारदर्शी पार्टी र संगठनले गर्दा हिजो पुर्खाले पार गरेर आएको ढुङगे युगतर्फ यो झुक्दै नझुक्ने नेपालीको भाकामा लयमा लय थप्दै अभ्यस्त हुनुपर्ने त होइन भन्ने प्रश्न चिन्ह हाम्रा सामु मन्नयोग्य छ । अब हाम्रो सामु मुलुकलाई सिरिया र अफगानिस्तान जस्तो साम्राज्यवादीको चपेटामा,प्यालेस्टाइन माथि छिमेकी इजरायलले गर्ने हमला जस्तो छिमेकीको क्रुर अमानवीय क्रियाकलापलाई बढवा दिने वा स्वाधीन र समृद्ध बनाउने भन्ने गम्भीर विषय छ । जसरी आज परमाणु हतियारको विषयमा शीतयुद्ध गर्दै आएका राष्ट्रहरु अमेरिका र उत्तरकोरिया आज र्वाता र संवादको टेवलमा आइपुगेका छन् । जुन विषय वस्तुले विश्व समुदायको ध्यान आकृष्ट गरेको थियो र माग पनि थियो । हामीले पनि जटिल परिस्थितिका वीचबाट एउटा वैकल्पिक शक्ति निर्माणको अभियान जटनु र समयको सही कदम सावित गर्नु जरुरत छ । जसरी केही समय अगाडि डा.बाबुराम भटट्राईको नेतृत्वमा नयाँ शक्ति पार्टी र रविन्द्र मिश्रको नेतृत्वमा विवेकशील साझा पार्टी आफुलाई वैकल्पिक शक्ति दावी गर्दै सतहमा आए तर निर्वाचनमा अस्तित्व कायम गर्न सकेनन् । मुलुकको हित र समृद्धिका लागी राष्ट्रलाई औद्योगिक पुजी र समावेशी विकाशको अर्थराजनितीबाट मात्र स्वाधिन र समृद्ध बनाउन सकिन्छ भन्ने ध्येयलाई स्थापित गर्नु तड्कारो आवश्यकता हो । जहा विकल्पका लागि विकल्प नभई राष्ट्र हित र समृद्धमा सर्मपित हुदै प्राकृतिक स्रोत र साधनको अधिकतम प्रयोग मार्फत मुलुकलाई आत्मनिर्भर बनाउनको लागी उर्जाशील युवाहरुको अधिकतम लगानी गर्ने वातावरणको लागी यो अभियान सफल हुनु जरुरी छ ।
हिजोका क्रान्तिकारी शक्तिहरु आज उस्तै स्र्वाथ हुनेहरु संसारका मीत हुन्छन् भन्ने सावित भएका छन् । जुन कुराको पुष्टि तात्कालीन एमाले र माओवादी केन्द्रको एकीकरण पश्चात बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गरिसकेको छ । विकाश र समृद्धिको यात्रा जुन गतिमा हुनुपर्ने हो, त्यो विद्यमान राजनीतिक प्रणाली र शक्तिहरुबाट आशा र भरोसा गर्नु भनेको वालुवामा पानीको लगानी गर्नु जस्तै हो । हामीले निर्माण गर्ने वैकल्पिक शक्ति आफै भित्र हराउने र विचलित नभई आर्थिक समृद्धि र समतामुलक समाज निर्माणका साथै राष्ट्रिय स्वधीनता रक्षामा कटिबद्ध हुन सक्नुपर्दछ । साङगठानिक संरचनागत प्रणाली, आर्थिक विकाशको मोडेल, जनतासंगको सम्बन्ध, रष्ट्रिय स्वाधीनतासंगै अन्तराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध र व्यवहारिक कार्यन्वयनको पक्ष आर्किटेक्ट शैलीमा जनताले बुझ्ने गरी सतहमा ल्याउनुपर्दछ । जहा हरेक व्यक्तिले आफ्नो क्षमता अनुसारको काम गर्न पाउन र आवश्यकता अनुसारको फल पाउन सकुन । ठुलो माछाले सानो माछालाइ खाने जस्तो पुजीले श्रमलाई दवाउन तल्लीन परिपाटीको अन्त्य गर्दै संघीयतालाई मजबुत बनाउदै दीर्घकालीन समुन्नत समाजवादको धरातल निर्माणको लागी वैकल्पिक शक्तिको खाचो छ ।
प्रकासित मिति २०७५–२–३०
फेसबुकबाट तपाईको प्रतिक्रिया