यसपटकको फर्निचर तथा फर्निसिङ एक्स्पो विशेष हुनेछ–ओम बस्नेतसँग अन्तर्वार्ता

आजैका (अशोज ४ ) दिनबाट काठमाण्डौको भृकुटीमण्डपमा ‘नेपाल फर्निचर तथा फर्निसिङ संघ’द्धारा आयोजित फर्निचर तथा फर्निसिङ एक्पो २०१८ सुरु हुदैछ । अशोज ८ गतेसम्म चल्ने यस मेलाको यसपटकको आर्कषण के हो त ? तयारी कस्तो छ र किन यो गरिँदैछ भन्ने सवालमा बिजनेसपाटीले नेपाल फर्निचर तथा फर्निसिङ संघका महासचिव ओम बस्नेतसँग कुराकानी गरेको छ । जसको सारसंक्षेप प्रस्तुत छ ।
१) चाडपर्व नजिकिँदै गर्दा फर्निचर तथा फर्निसिङ एक्पो गर्दै हुनुहुन्छ । तयारी कस्तो छ ?
हामी चाडपर्वमा केन्द्रित मात्रै नभएर ‘नेपाल फर्निचर तथा फर्निसिङ संघ’ले सन् २०१२ बाट हरेक बर्ष जसो फर्निचर तथा फर्निसिङको वृहत मेला गर्दै आइरहेको छ । यसपटक पनि हामीले दशैं भन्दा अगाबै मेला गर्न खोज्दै गर्दा नेपालमा भएको विमस्टेक सम्मेलनले हाम्रो मेला केही पछी सर्न गएको हो । नभए हाम्रो मेलाको मिति भाद्र १४ देखि १८ सम्म भृकुटीमण्डपमा तय भएको थियो । चार्डपर्व केन्द्रित भन्दा पनि फर्निचर र फर्निसिङ समानहरुको ब्राडिङ गर्ने, प्रर्बद्धन गर्नेमा हामी केन्द्रि छौ । यसपटक ‘क्लयरीङ टाइम सेल्स’ पनि रहनेछ मेलामा । सबै उपभोक्क्ताहरुलाई एउटै छानोमुनी विदेशबाट आयात भएको र स्वदेशी सामानहरु हेर्न पाउने र एकै ठाउँमा खरिद गर्न पाउने मौका हामीले दिएका हौ ।

२) विगतको मेला र यसपटकको मेलामा के फरक हुनेछ । यसपटकको मेलाको आर्कषण के हो ?

यसपटकको मेलामा विशेष फरक के हो भन्दा यसपाली हामीले ‘होम डेकोर’लाई प्राथमिकता दिएका छौ । भृकुटीमण्डपको हलमा ५ ओटा मेला केन्द्रित रहँदा यसपाली हामीले वाहिर डोम राखेर पनि मेलाको स्टलहरुको सङख्या बढाएका छौ । स्टलको सङख्यालाई मात्रै नभएर मेलाको गुणस्तरलाई पनि बढाउने प्रयास हामीले गरेका छौ । गएको बर्षहरुमा मेलामा ६५–६६ वटा मात्रै स्टलहरु रहँदाखेरी यसपाली भने ९० भन्दा बढी स्टलहरु भृकुटीमण्डपमा रहने छन् । स्वदेशी तथा विदेशी ब्राण्डका स्टलहरु हामीले प्रर्याप्त मात्रामा राख्ने प्रयास गरेका छौ । र, वस्तुको विषयमा चिनाउने प्रयास गरेका छौ ।

३) यसरी बर्षै पिच्क्षे मेला गर्नुको उदेश्य चाँही के हो ?
हामीले व्यापारलाई भन्दा फर्निचर तथा फर्निसिङ सामानहरुको ब्राण्डिङलाई महत्व दिएका छौ । हामीले यो मेलामा हाम्रो कति सेल्स हुन्छ, कति कमाइन्छ भन्ने कुरालाई प्राथमिकतामा राखेका छैनांै । एउटै छानामुनी सकेसम्म नेपाल अधिराज्यभरका व्यवसायी तथा आम उपभोक्क्ताहरुले भ्रमण गरेर मेलामा के कस्ता चीजहरु बन्दा रहेछन्, कस्ता चीजहरु कुना कुनामा लुकेका रहेछन्, नदेखिएका ठाउँहरुका व्यवसायीका सामानहरु पनि छानामुनी रहने भएपछि हामी एकै ठाउँमा बसेर धेरै कुरा निरिक्षण गर्न र हामीले चाहेमा खेरिद तथा अर्डर गर्न, नभए हेरेर भएपनि नेपालमा पनि यी चीजहरु बन्दो रहेछ यी चीजहरु आयात गर्दोरहेछन् भन्ने आम उपभोक्क्तालाई जानकारी र ब्राडिङ दुबै गर्ने हाम्रो उदेश्य हो ।

४) अन्त्यमा, मेला भ्रमण गर्न चाहेन महानुभावहरुलाई कस्तो व्यवस्था गरिएको छ । उहाँहरुलाई के भन्नुहुन्छ ?
हाम्रो यस संघको आग्रह छ की धेरै भन्दा धेरै उपभोक्क्ता महानुभावहरुलाई मेला भ्रमण गर्न आउनुस् । हाम्रो अनुरोध छ । मेलामा आउँदा खेरी हामीले टिकटको मुल्य ५० रुपैयाँ राखेका छौ । त्यहाँ भन्दा बाहेक आफनो भिजिटिङ कार्ड बोकर आउनु हुन्छ भने उहाँले प्रवेश निशुल्क पाउनु हुन्छ । त्यसैगरी विधार्थीहरु आउनु हुन्छ भने पनि निशुल्क प्रवेशको व्यवस्था मिलाएका छांै । हामीले प्रर्याप्त रुपमा पासहरु व्यवसायी मित्रहरुलाई बाँडेका छौ । यदी हामीले भाइबर गरेका छौ वा मेल गरेका छौ अथावा हामीले म्यासेज पठाएका छौ भने पनि त्यो मोबाइलमा पठाउँदा त्यहाँ फ्रि प्रवेश हुन्छ । र, उहाँहरुलाई हाम्रो एउटै सन्देश के हो भने भृकुटीमण्डपको एउटै छानामुनी स्वदेशी तथा विदेशीे फर्निचर तथा फिर्निसिङको वृहत प्रर्दशनीमा सहभागी भइ दिनुहोस् । म विशेष अनुरोध गर्दछु ।

फेसबुकबाट तपाईको प्रतिक्रिया