यसपटक देखी एसईईमा दुईथरी मूल्याङ्कन हुने

काठमाडौं १० साउन २०७९।

यस पटकदेखि माध्यमिक शिक्षा परीक्षा (एसईई)को मार्कसिटमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षाको मूल्याङ्कन अलग–अलग गरिने भएको छ । सो परीक्षाको प्रमाणपत्रमा सैद्धान्तिक र प्रयोगात्मक प्राप्ताङ्कलाई छुट्टाछुट्टै समावेश गरिने भएको हो । नतिजा केही दिनमै आउँदै छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले यसै पटकबाट लागू हुनेगरी सैद्धान्तिकतर्फ न्यूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ न्यूनतम ४० प्रतिशत ल्याउनैपर्ने व्यवस्था गरेको छ । २०७८ सालको एसईईको नतिजा यही साउन ११ भित्र नतिजा सार्वजनिक गर्ने तयारी परीक्षा नियन्त्रण कार्यालयको छ । परीक्षा नियन्त्रण कार्यालयका परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले अहिले रुजुको काम भइरहेको बताए ।

नतिजा सार्वजनिक भएको एकरदुई सातामा विद्यार्थीका हातमा लब्धाङ्कपत्र (मार्कसिट) पुग्नेछ । यसअघि सैद्धान्तिक र प्रयोगात्मक दुवैतर्फको प्राप्ताङ्कलाई एकीकृत गरी अन्तिम नतिजा प्रकाशन गरिन्थ्यो । राष्ट्रिय परीक्षा बोर्डका उपपरीक्षा नियन्त्रक (कक्षा १०) भक्तबहादुर गोदारले प्रयोगात्मक र सैद्धान्तिकतर्फको प्राप्ताङ्कलाई फरक–फरक ग्रेड निर्धारण गरिने बताए ।गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया