यसपालि कहिले हुन्छ मनसुन सक्रिय ?

काठमाडौं -२० जेष्ठ

यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ ।

अ्रग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने मौसमविदहरुको भनाइ छ ।

भारतको दक्षिणी केरला, कर्नाटक, तमिलनाडु र आसपासका क्षेत्रमा एक साताअघि शुरु भएको मनसुन भारतको मध्य भेगसम्म फैलिएकाले त्यसको प्रभाव छिट्टै नेपालमा देखिने बताइएको छ ।

दक्षिय एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ले दक्षिण एसियामा सबैभन्दा पहिला भारतको केरलामा मे ३० तारिखमा मनसुन शुरु हुने मौसमी क्यालेन्डर तय गरेको छ । आजको नेपाल समाचारपत्रमा समाचार  छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया