यसरी गर्नुपर्छ गर्मीमा छालाको स्याहार
काठमाडौँ
रूपको जादु यस्तो हुनुपर्छ कि सबैको मन खिच्न सकियोस् । मौसम जस्तो भए पनि सुन्दरताको घाम सदैव लाग्नुपर्छ । यसका लागि गर्मीमा छालाको विशेष हेरचाह गर्नुपर्छ ।
– गर्मीमा छालालाई चिसो आवश्यक हुन्छ । त्यसका लागि पर्याप्त मात्रामा पानी एवं जुस पिउनुपर्छ । यसबाट छाला कोमल एवं नरम रहन्छ ।- ग्रीन टी पनि शरीरको टक्सिन्स बाहिर निकाल्न लाभदायक साबित हुन्छ । अत: दूध भएको चियाको साटो ग्रीन टी पिउनुपर्छ ।
– एन्टी अक्सिडेन्ट्सयुक्त खानेकुरा सुन्तला, खरबुजा, सलाद एवं हरियो सागपातको सेवनले इम्युन सिस्टम सबल हुन्छ ।
– गर्मीमा मासु कम खानुपर्छ ।
– सनस्क्रिम लगाउन बिर्सनु हुँदैन । घाममा निस्कनु आधा घन्टा पहिले सनस्क्रिम लगाउनुपर्छ र बढी समय बाहिर बस्ने हो भने टचअप गर्नुपर्छ ।
– कम्तीमा ३० एसपीएफयुक्त सनस्क्रिम प्रयोग गर्नुपर्छ ।
– भरसक स्कार्फ तथा छाता प्रयोग गर्नुपर्छ ।
– स्किन टोन पनि प्रयोग गर्नुपर्छ, कारण यसले छालाको रोमछिद्र बन्द राख्छ र छालालाई शीतलता प्रदान गर्छ ।
– टोनरको साटो गुलाबजल पनि प्रयोग गर्न सकिन्छ, कारण यो नेचुरल टोनर हो र यसले छालालाई शीतलता प्रदान गर्छ ।
– छालालाई गर्मीमा मोइस्चराइजर आवश्यक हुन्छ ।
– कोल्ड डि्रङ्सको सेवन कम गर्नुपर्छ, कारण त्यसमा भएको तत्व छालाका लागि राम्रो मानिँदैन । गर्मीबाट जोगिन कागती पानी वा ताजा फलको जुस बढी लाभदायक हुन्छ ।
– दिनमा दुई पटक छाला क्लिन्जिङ गर्नुपर्छ । राति सुत्नुभन्दा पहिले मेकअप रिमुव गर्नुपर्छ र छालालाई क्लिन्ज गरी सुत्नुपर्छ ।
– गर्मीमा छालालाई एक्सफोलियट गर्नु आवश्यक हुन्छ । त्यसका लागि होममेड स्क्रव प्रयोग गर्न सकिन्छ । ४-५ टेबुल स्पुन बेसन, १ चिम्टी बेसार, ५- ६ थोपा गुलाबजल र दूध वा दही मिसाएर गाढा पेस्ट तयार गरी मुहार स्क्रब गर्न सकिन्छ ।
– सन ट्यान हटाउन बेसन लाभदायक हुन्छ । बेसनमा दही र कागतीको रस मिसाएर मुहारमा लगाएर सुकेपछि धुनुपर्छ ।
– मेवाको प्याकले अनुहारमा चमक ल्याउँछ । दुई टेबुल चम्चा मेवालाई म्यास गरी, एक चम्चा मह र एउटा अण्डाको सेतो भाग मिसाएर लगाएको १५ मिनेटपछि सफा गरे छालामा चमक देखापर्छ ।
– छालालाई कुलिङ इफेक्ट दिनुपर्छ । आधा काँक्रो र एक चिया चम्चा दही मिसाएर ब्लेन्ड गर्नुपर्छ । यसलाई मुहारमा लगाएर १५ मिनेटपछि धुनुपर्छ ।
– हलुका व्यायाम तथा योग गर्नुपर्छ । यसबाट फ्रेस फिल हुनुका साथै रक्तसञ्चार बढेर छालामा चमक देखिन्छ ।
तैलीय छालाका लागि
– गर्मीमा तैलीय छाला भएकाहरूले विशेष ध्यान पुर्याउनु आवश्यक छ, कारण यो मौसममा तैलीय ग्रन्थि सक्रिय हुन्छ र सिबमको अधिकताले पिम्पल आउने डर हुन्छ ।
– मनतातो पानीले दिनमा दुई पटक फेसवास गर्नुपर्छ । यसबाट तेल सहज रूपमा निस्कन्छ ।
– उपयुक्त क्लिन्जर छनोट गर्नुपर्छ, मोइस्चराइजरयुक्त फेसवास तथा साबुन प्रयोग गर्नुपर्छ ।
– स्क्रविङ गनुपर्छ, तर अत्यधिक स्क्रविङ गर्दा रोमछिद्र खुल्नुका साथै तेल निर्माणमा वृद्धि हुन्छ ।
– हाइड्रक्सीको समस्या छ भने एन्टी ब्याक्टेरियल साबुन प्रयोग गर्न सकिन्छ ।
– एल्फा हाइड्रक्सी एसिड्स (एएचए) जस्तै सिटि्रक एसिड, लेक्टिक एसिड वा ग्लाइकोलिक एसिडयुक्त लिक्विड फेस वास प्रयोग गर्नुपर्छ । एएचए लाभदायक छ, यसले छालाको मृतकोष हटाउँछ । रोमछिद्रमा भएको तेलको मात्रामा कम गर्छ र इन्फेक्सनसित लड्न मद्दत गर्छ ।
– क्ले मास्क वा मड मास्क पनि फाइदाजनक हुन्छ ।
– सातामा तीन-चार पटक मोहीले अनुहार मसाज गर्नुपर्छ । मोहीमा भएको एसिड छालाको मैलो हटाउन सहयोगी हुन्छ । यसले रोमछिद्रलाई कसिलो बनाउँछ । मसाज गरेपछि केही समय छोडेर धुनुपर्छ ।
– अण्डाको सेतो भागको मास्कले पनि अतिरिक्त तैलीयपनबाट छुटकारा दिन्छ ।
ड्राई तथा सेन्सेटिभ छालाका लागि
– थोरै मह छालामा प्रयोग गर्नुपर्छ । यसले छालालाई यङ ग्लो दिन्छ भने रिंकल र फेसियल लाइन्स, दाग-धब्बा तथा स्ट्रेच माक्र्स पनि कम गर्छ । त्यसबाहेक चकलेटको प्रदूषण एवं घामको प्रभाव कम हुन्छ । ५ टेबुल चम्चा कोको पाउडर, ४ टेबुल चम्चा मह र दुई टेबुल चम्चा म्यास गरिएको एबोकाडो मकैको आटामा मिसाउनुपर्छ । यो नेचुरल एक्सोफोलिएट हो । यो पेस्टले अनुहार मसाज गरी १५-२० मिनेटपछि मनतातो पानीले धुनुपर्छ ।
– स्ट्रङ क्लिन्जिङ एजेन्ट्स भएको साबुन प्रयोग गर्नु हुँदैन । त्यसले छालालाई अझ बढी सुख्खा बनाउँछ ।
– पाकेको केरालाई म्यास गरी अनुहारमा लगाएर १० मिनेटपछि मनतातो पानीले धुनुपर्छ ।
– एबोकाडोको प्युरीमा दुई चिया चम्चा दही र आधा चिया चम्चा मह मिसाउनुपर्छ । त्यसमा दुईवटा टमाटरको प्युरी पनि मिसाउन सकिन्छ । यो गाढा क्रिम लगाएर १० मिनेटपछि पखाल्नुपर्छ । यसले छालालाई पोषण प्रदान गर्छ ।
थरिथरीका सनस्किन
फिजिकल सनस्किन : यसमा जिंक अक्साइड र टाइटेनियम अक्साइड हुन्छ जुन सूर्यको हानिकारक किरणलाई रोक्न प्रभावकारी मानिन्छ । जसलाई केमिकल सनस्किनले एलर्जी हुन्छ उनीहरूले फिजिकल सनस्किन प्रयोग गर्न सक्छन् ।
केमिकल सनस्किन : यसले अल्ट्राभोइलेट ए तथा अल्ट्राभोइलेट बी किरणलाई पूर्णरूपमा सोस्छ । यसमा एवोबेनजोन तथा बेनजोफिनन हुन्छ । केही नयाँ सनस्किनमा अतिरिक्त मोलिक्युल अर्थात् मेरोक्सी पनि पाइन्छ । ब्रड स्पेक्ट्रस सनस्किनमा फिजिकल एवं केमिकल दुवै प्रकारको सनस्किन हुन्छ ।
जेल सनस्किन : यो जेलका रूपमा उपलब्ध हुन्छ र छालाले यसलाई सजिलै सोस्छ । स्वीमिङ गर्ने तथा पिम्पलको समस्या भएकाहरूले यसको प्रयोग गर्न सक्छन् ।
क्रिमयुक्त सनस्किन : यो बालबालिका तथा वृद्धवृद्धाहरूका लागि उपयुक्त हुन्छ । यसले छालाको सुख्खापन पनि हटाउँछ ।
सनस्किन लोसन : यसलाई सम्पूर्ण शरीरमा सहज रूपमा प्रयोग गर्न सकिन्छ । यो सनस्क्रिन स्वीमिङ गर्ने तथा घाममा काम गर्नेहरूका लागि लाभदायक छ । एकपटक प्रयोग गरेपछि यसले लगभग दिनभरिका लागि काम गर्छ
चर्को घाममा पनि मुस्कुराउँछ छाला
कुनै पनि मौसममा सूर्यको युवी किरणको प्रभाव छालामा पर्छ । घामबाट जोगिने साधारण उपाय अपनाउँदा पनि छाला प्रभावित हुन्छ । उमेरभन्दा पहिले छालामा पर्ने चाउरी, रेखा, छालाको क्यान्सर, छालाको रंगमा प्रभाव, दाग, छाला फुट्ने समस्या, ठूलो रोमछिद्र, चायाँ-पोतो आदिका कारण सूर्यको युवी किरण हो । आवश्यकताभन्दा बढी घाममा बस्दा छाला कालो मात्र नभई त्यसमा गम्भीर समस्या पनि उत्पन्न हुनसक्छ ।
केही एसपीएफ नम्बर
अल्ट्राभोइलेट ‘बी’ किरणका कारण हुने सनवर्न अर्थात् किरणबाट छालालाई हुने क्षतिबाट जोगिन प्राय: एसपीएफ अर्थात् ‘सन प्रोटेक्सन फ्याक्टर’ प्रयोग गरिन्छ अर्थात् सनस्क्रिनमा एसपीएफको मात्रा जति बढी हुन्छ छालालाई अल्ट्राभोइलेट ‘बी’ किरणबाट हुने क्षति त्यति नै कम हुन्छ । सनस्किनमा एसपीएफको मात्रा १५ छ भने छालालाई १५ गुणा बढी सन प्रोटेक्सन प्राप्त हुन्छ । चर्को घाममा निस्कदा सनस्किन प्रयोग गरिंदैन भने घामका कारण छालामा पर्ने प्रभाव १५ गुणा बढ्छ । यति मात्र होइन सनस्किन वा सनब्लक क्रिम प्रयोग नगर्दा २० मिनेटभित्रै छाला प्रभावित हुन पुग्छ । सनस्क्रिम प्रयोग गरेको ३ सय मिनेटसम्म घाममा बस्दा छालामा समस्या उत्पन्न हुँदैन । एसपीएफले छालालाई अल्ट्राभोइलेट ‘बी’ किरणबाट रक्षा गर्छ, अल्ट्राभोइलेट ‘ए’ किरणमा भने यो प्रभावकारी हुँदैन ।
कति छ प्रभावकारी
बजारमा थुपै्र रंग तथा सुगन्धका सनस्क्रिन उपलब्ध छन् । त्यति मात्रै नभई छालाको समस्यासित जोडिएका अन्य समस्याका समाधानका मिश्रण पनि सनस्क्रिनमा पाइन्छ तर यो सित जोडिएको वैज्ञानिक पक्ष हेर्ने हो भने सनस्किन सुगन्धित हुनु आवश्यक छैन । सनस्किनलाई अल्ट्राभोइलेट ए र अल्ट्राभोइलेट ब्रड स्पेक्ट्रसको मात्रा पर्याप्त हुनुपर्छ । कुनै पनि सनस्किनमा कम्तीमा पनि एसपीएफ १५ हुनुपर्छ । सनस्किन खरिद गर्दा यो चिपचिप नहुने तथा नन कमेडोजेनिक होस् भन्ने कुरामा ध्यान पुर्याउनुपर्छ ।
ध्यानमा राख्ने ?
सनस्किन खरिद गर्दा एसपीएफको मात्रा बाहेक अन्य कतिपय महत्वपूर्ण कुरामा ध्यान पुर्याउनुपर्ने हुन्छ :
छालाको प्रकृति
डकति पटक र कति मात्रामा सनस्किन प्रयोग गर्नुपर्छ ।
घाममा कुन प्रकारको गतिविधिका लागि कस्तो सनस्किन प्रयोग गर्नुपर्छ ।
डछालाले सनस्किन कुन मात्रामा सोस्छ ।
कसरी प्रयोग गर्ने ?
पानीको सम्पर्कमा आउँदा पसिनाका कारण एसपीएफयुक्त सनस्किनको प्रभाव समाप्त हुन्छ । यसबाट अल्ट्राभोइलेट किरणले छालालाई सहज रूपमा हानी पुर्याउँछ । यसका लागि सनस्किन बाक्लो गरी लगाउनुपर्छ ।
संवेदनशील छालाका लागि
संवेदनशील छाला हुनेहरूले हाइपोएलर्जिक तत्वयुक्त सनस्किन प्रयोग गर्नुपर्छ । यद्यपि त्यो सुगन्धित नहोस् भन्ने कुरामा ध्यान दिनुपर्छ । टाइटेनियम डाइअक्साइड तथा जिंक अक्साइडले अल्ट्राभोइलेट ‘ए’ र अल्ट्राभोइलेट ‘बी’ किरणसित लडेर छालाको रक्षा गर्छ ।
तैलीय छाला
छाला अत्यन्त तैलीय छ भने चिपचिपे सनस्क्रिनबाट टाढै रहनुपर्छ । यस्तो अवस्थामा तेलरहित सनस्किन प्रयोग गर्न सकिन्छ ।
सुख्खा छाला
छाला सुख्खा छ भने ग्लिसरिन र एलोबेरायुक्त सनस्किन वा लोसन प्रयोग गनुपर्छ । सनस्किनलाई स्प्रे वा जेलका रूपमा प्रयोग गर्नु हुँदैन, अन्यथा त्यसले छालालाई अझ सुख्खा बनाउँछ ।
स्प्रे सनस्किन
यो पिठ्युँ र जाँघमा लगाउन उपयुक्त हुन्छ । यसलाई मुहारमा भने लगाउनु हुँदैन ।
टिन्टेड सनस्किन
दैनिक मेकअप गर्ने र गाढा रंगको मेकअप गर्नेहरूले यसको प्रयोग गर्न सक्छन् । यो सनस्किन लगाएपछि भड्किलो मेकअपको आवश्यकता पर्दैन । बजारमा यो थुप्रै रंगमा उपलब्ध छ ।
पाउडर सनस्किन (मिनरल सनस्किन)
जसलाई केमिकल सनस्क्रिनको एलर्जी छ वा जसलाई क्रिम वा लोसनको चिपचिप मन पर्दैन, उनीहरूका लागि पाउडर सनस्किन राम्रो विकल्प हुनसक्छ । ( चैत्र २, २०७१ को कान्तिपुर नारीबाट )
फेसबुकबाट तपाईको प्रतिक्रिया