यसरी गरौं हाडजोर्नी-नसा, प्यारालाइसिस र मोटापनाको उपचार –डा बस्नेत (अन्र्तवार्ता)

डा सुर्दशन बस्नेत,
सञ्चालक, सु–स्वास्थ्य हस्पिटल

१ सुस्वास्थ्य हस्पिटल भर्खरै खुलेको छ  । यसले के कस्तो सेवा प्रदान गर्ने उदेश्य राखेको छ ?
सुस्वाथ्य हस्पिटल विशेषगरी फिजीयोथेरापी प्राकिृतिक चिकित्सा र आयुवेदीक पद्धैेतिहरुलाइ एकै ठाउँमा राखेर हामीले विशेष गरी हाडजोर्नी नसाका समस्या नसर्ने सबै रोगको उपचारमा हामी फोकश छौ । यसमा विशेष गरी बाथरोग नसा सम्बन्धि, हाडजोर्नी नसाका समस्यालाइ अल्टरनेटिभबाट उपचार गर्ने एउटा हस्पीटल हो ।
२ बिरामीहरुलाइ सुबिधा के कस्तो खालको रहेको छ ?
एउटा ओपीटी सुविधा छ । मान्छेहरु दैनिक रुपमा र आफ्नो उपचार गरेर जाने र अर्को हाम्रो आइपिटी छ । जहाँ हामी दैनिक पन्ध्र जना बिरामीलाइ राख्न सक्ने हामीसंग सुबिधा र सम्पन्न रुमहरु छन् । हामी के बिश्वास गर्छौ भने हस्पीटल भनेर कुनै एउटा हस्पिटल वातावरण नभएर घरेलु वातावरणमा सोच्छौ । घरेल ुवाताबरणमा घरमै राख्ने बेडहरु स्तरीय कोठाहरु छन् । जसले गर्दा हस्पिटलको बसाइ भन्दा नि घरको झझल्को दिने खालका वाताबरण बनाउने गछौ । s1

३ जस्तो अहिले हाडजोर्नी, वाथ समस्याहरुलाइ केन्द्धीत बनाएर स्थापना गनुभएको छ । नेपालमा यी रोगको अवस्था कस्तो छ ?
अहिले नेपालमा मात्र नभएर संसार भरि नै नसर्ने रोगहरु बिश्वब्यापी छ । बिश्व स्वास्थ्य संगठनको रेकडमा पनि ५१ प्रतिशत भन्दा बढी व्यतिmहरुको मृत्यु सर्ने रोगहरुको कारणले हुन्छ । अल्पबिकसित देशहरुमा सर्ने रोगहरुले मर्नेको संख्या बढि छ । बिकसित राष्टहरुमा त्यो भन्दा बढी नसर्ने रोगहरु बढी हुन्छ । नेपाली तथ्याङकलाइ हेर्दा पनि नसर्ने रोगहरुबाट मृत्युदर बढीरहेको छ । नसर्ने रोगहरुबाट बढी मान्छे मरेको रेकड रहेको पाइन्छ । नसर्ने रोगहरुमा पनि नसा च्यापिएका बिरामी, कम्मर दुखाइ, गर्दन पिडा बिरामीहरु धेरै संख्यामा बढीरहेका छन् । मुख्य रुपमा नियमीत शारिरीक कसरतको कमी र हाम्रो काम गर्ने शैलीले गर्दा रोगहरु देखा पर्ने गर्दछ । जति पनि आइटी प्रोडक्टहरु छन् मोवाइल,ल्यापटप, त्यसको चलाइको कारणले पनि कम्प्युटर रिलेटेड इन्ज्युरीहरु पनि बढी मात्रमा बढीरहेका छन् । हाम्रा खालका बिरामीहरु हाडजोर्नी, नशा सम्बन्धीत बिरामीहरु ,कम्मर र गर्दनका बिरामीहरुको संख्या चाही अत्याधिक बढीरहेको छ । दोस्रो चाँही व्लडप्रेशर हाई हुनेहरु र सुगरको बिरामीहरुको संख्या पनि दिनानु दिन बढिरहेको छ । प्रेसर हाइ हुदा नि नशामा असर पर्न सक्छ र नसामा झमझमाउने र सुगर तथा प्रेसर हाइ हुदाको कारणले गर्दा प्यारालाइसिस भएका घटनाहरु पनि नेपालमा अत्याधिक बढिरहेका छन् । त्यस्तो केशमा भने अल्टरनेटिभ थेरापीहरु, न्याचुरल थेरापीहरु, अकुपञ्जर थेरापीहरु, प्राकृतिक चिकित्सा चाँही अत्यन्तै प्रभाबकारी हुन्छ । उपचार गर्ने संख्या पनि बढिरहेको छ ।
४ गाँउघरमा भारी बोक्ने ब्यक्तिहरुमा बिबिध समस्याहरु देखा पर्ने हुन्छन् । उनिहरु समक्ष यि खाले खबरहरु पुगको हुदैनन् नी ?
सम्भबत उहाँ हरुलाइ कहाँ के कसरी उपचार हुन्छ भन्ने पनि थाहा छैन । अहिले सम्मको अधिकांश मान्छेमा उपचार बिधि भनेको औषधी खाने भन्ने मात्र छ । यो तरिकाको बारेमा कम थाहा छ तरपनि त्यो संख्या अ‍ैले बढीरहेको छ, पढ्दै गएर जनमानसमा प्रत्यक्ष पुगीसकेको छैन । सुस्वास्थ्य हस्पीटल पनि भर्खरै सुरु भएको छ । दुई महिना भयो सुरु भएको । हामी गाँउ गाँउमा पुग्ने प्रक्रियामा छौ । तपाइले भनेको सहि कुरा हो र बिरामीहरु धेरै छन् तर यसरी उपचार गनुपर्छ भनेर जानकारी छैन त्यो रोगको । यसरी उपचार हुन्छ त्यो रोगको भन्ने जानकारी दिनको लागी मिडीयाहरुको ठुलो भुमिका हुन्छ । हाम्रो पनि रोल हुन्छ उपचार हुन्छ भनेर । त्यसकारणले गर्दा हाम्रो सुस्वास्थ्य हस्पीटलले बिभिन्न ठाउमा फ्रि क्याम्प गर्ने योजना बनाएको छ । हामीले फ्रि क्याम्प पनि गर्ने गर्छौ । यो सबै गर्दाखेरी जानकारी फैलदै जान्छ भन्ने हाम्रो बुझाइ हो ।
५ ठ्याक्कै कति ओटा बिधामा उपचार हुन्छ ?
अकुपञ्चर ,फिजीयोथेरापी ,प्राकृतिक चिकित्सा र आर्युवेदा हाम्रो बिधा हो । रोग भन्दा बिशेषगरी कम्मर वा गर्दनमा नसा च्यापिएका समस्यामा बढी केन्द्धीत छौ । यसको चाही सर्जरी बिना उपचार गर्ने कुरामा बढी केन्द्धीत छौ । कम्मर र गर्दनमा हड्डी खिइएका समस्याहरुलाइ फोकश गरेर उपचार गरिरहेका छौ । त्यसमा प्यारालाइसिसको र्याविलटेसनमा जोड छ । संगसंगै पिनाश र माइग्रेसनमा जोड दिइरहेका छौ । त्यस्तै बिभिन्न पेटजन्य समस्याहरुमा न्याचुरल थेरापीहरुको प्रयोगबाट उहाँहरुलाइ ठीक पार्न हामी फोकश गछौ । अहिले ब्यापक रुपमा देखिएका समस्याहरु मोटोपना, जसले बिभिन्न रोगहरु लाग्ने गर्छ । मोटोपनाको उपचारमा पनि हामी संलग्न छौ । यि हाम्रा महत्वपुर्ण उपचार हुन् ।

६ जस्तो सुस्वास्थ्य हस्पीटल भर्खरै खोलीएको छ । सरुवाती पिरेडहरुमा बिरामीहरुलाइ के कस्तो छुट रहेको छ ?
बैशाख २१, २२, २३ तीन दिनसम्म हामिले पुर्णतया उपचार फ्रि गरेका थियौ । तिन दिनसम्म सय जनाको संख्यामा आउनु भयो । त्यस्तो हामीले महिनै बिच्छे तिन दिन जति फ्रि क्याम्प गर्ने योजना रहेको छ ।
७ जस्तो यि रोगहरुको दिर्घकालीन प्रभाब के हुन्छ ?
कुनै पनि रोगको समयमै उपचार गरिएन भने त्यसमा कम्पलीकेशनहरु आउँछ । जस्तो सामान्य रुपको बाथ रोगको उपचार गरिएन भने हाडजोर्नीहरु सबै विग्रिएर जान्छ । त्यसैले बाथरोगको समयमै उपचार गनुपर्छ । प्यारालाइसिसको पनि समयमै उपचार गरिएन भने हातमा कन्ट्याक्चरहरु डेभलप भएर जान्छ । त्यसलाइ पछि उपचार गर्न सकिदैन । कुनै पनि रोगको समयमै उपचार गर्न सकिएन भने धेरै जटिलताहरु आउने गर्छ । जस्तो पिनासकै कुरा गरौ समयमै उपचार गर्न सकिएन भने त्यसको असर ब्रेन सम्म जाने हुन्छ ।
८अन्तमा तपाइको के सन्देश छ ?
मेरो धाराण राख्ने अबसर दिनुभएकोमा बिजनेशपाटीलाई धन्यबाद दिन चाहान्छु । बिरामीहरुलाइ कुनै एउटा औषधी खाएर मात्र मेरो रोगको उपचार भएन, दुनिया देखाइसके रोग निको भएन भनेर नबस्नु प्राकृतिक उपचार पद्धती पनि छन् । जुन प्रभाबकारी छन् । कतिपय अबस्थामा अप्रेशन गर्नुपर्ने तर अप्रेशन गर्ने पैसा भएन या त मन भएन अर्को कुनै उपचार बिधि छैन भनेर घरमै बसी रहनु भएको छ भने त्यसो नगर्नुहोस् । प्रार्कतिक पद्धती ,अकुपञ्जर पिजीयो चिकित्साहरुले यो रोगको लागि अप्रेशन बिना पनि हामी उपचार गर्न सक्छौ । ९० वा ९५ प्रतिशतहरुमा नशा च्यापिएका समस्याहरुमा अप्रेशन गर्नु जरुरत छैन । हामी त्यो गर्छौ । त्यसकारण बिजनेशपाटी मार्फत यो हेर्नुहुने ब्यतिmहरुलाइ हाम्रो सन्देश के छ भने बिरामीहरुलाइ एकचोटी सुस्वास्थ्य हस्पीटल आएर प्राकृतिक पद्धतीहरुलाइ प्रयोग गरेर हेनुहोस् । तपाइका समस्याहरु समधान हुनेछ भन्न चाहान्छु ।
प्रस्तुती रिसव गौतम

फेसबुकबाट तपाईको प्रतिक्रिया