यसरी छुट्याएको थियो कांग्रेसले १३ मन्त्रीको नाम !

काठमाडौं ९ भदौ

कांग्रेसको भागमा परेका १३ मन्त्रालयमध्ये सभापति शेरबहादुर देउवाले आफु निकट नेता विमलेन्द्र नीधिलाई सरकारमा पार्टीको नेतृत्व गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्रीमा पठाएका छन् । केन्द्रिय सदस्य रमेश लेखकलाई भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन् । बाँकी ११ मन्त्रालयमा देउवाले आफु निकटका ५, पौडेल पक्षका ४, खुमबहादुर खड्का पक्षका १ र कृष्ण सिटौला पक्षका एक नेतालाई मन्त्री दिने तयारी गरेको स्रोत बताउछ ।

सस्थापनबाट ५ मन्त्रीमा अर्जुननरसिंह केसी, बालकृष्ण खाण, डा.प्रकाशसरण महत, जीवनबहादुर शाही, फरमुल्लाह मन्सुर, भिष्मराज आङदम्भे र अम्बिका बस्नेतले आकाक्षा देखाएका छन् । ती मध्ये केसीलाई शिक्षा, खाणलाई रक्षा, डा महतलाई परराष्ट्र र शाहीलाई संस्कृत्ति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको जिम्मेवारी दिने तयारी देउवाको रहेको स्रोतको दाबी छ । स्रोतका अनुसार मन्सुर, आङदम्भे र बस्नेतबारे टुंगो लागेको छैन ।

पौडेल पक्षको कोटामा कोषाध्यक्ष सितादेवी यादव, नेताहरु बलबहादुर केसी, दिपक गिरी, नविन्द्रराज जोशी, कमला पन्त र रोमी गौचन थकालीको नाम चर्चामा छ । नेता खुमबहादुर खड्काको कोटामा परेको एक मन्त्रालयमा मोहनबहादुर बस्नेत र शंकर भण्डारीको नाम चर्चामा छ । त्यस्तै, सिटौलाको कोटाबाट गगन थापा र भिमसेनदाश प्रधानको नाम चर्चामा छ । राज्य मन्त्रीका लागि सूजाता परियार, ध्यान गोविन्द रञ्जित, तारामान गुरूङ, कन्चन बादे, किरण यादव, संजय गौतम, अब्दुल रज्जाक, दिर्घराज भाटले लविङ गरिरहेका छन् । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया