यसरी पत्ता लगाउन सकिन्छ स्तन क्यान्सर

काठमाडौं

अक्टोबर महिनालाइ क्यान्सर विरुद्ध चेतना जगाउने महिनाका रुपमा विरुश्वभर मनाइने गरिन्छ । विश्वमा ठूलो संख्यामा महिला स्तन क्यान्सरबाट पीडित रहेको पाइन्छ । समयमा नै आफ्नो स्वास्स्थ्यको बारेमा सचेत भएमा स्तन क्यान्सरजस्तो रोगबाट पनि बच्न सकिन्छ ।बेलाबेलामा आफ्नो स्तनको आफै परीक्षण गर्नाले पनि यो रोगलाइ प्रारम्भिक चरणमै पत्ता लगाउन सकिन्छ । जसले गर्दा उपचार पनि सजिलो हुनुका साथै आफ्नो अमूल्य जीवन पनि गुमाउनु पर्दैन ।

कुन महिलालाई बढी सम्भावना

– जसको परिवारमा पहिले स्तन क्यान्सरले पीडित भइसकेको छ ।
– ७५ प्रतिशतभन्दा बढी क्यान्सर ५० वर्ष माथिका महिलामा देखिएको छ ।
– जुन महिलाको पहिलो महिनावारी १२ वर्ष उमेरभन्दा घटीमा भएको छ ।
– जुन महिलाले बच्चा जन्माएकी छैनन् ।
– जुन महिलाको पहिलो गर्भ ३० वर्षभन्दा माथिको उमेरमा रहेको छ ।
– मोटा महिलामा ।
– जुन महिलामा चुरोट र मदिरापान गर्ने बानी छ ।
– जुन महिलाको रेडियसन एक्सपोजर हुन्छ ।

स्तन क्यान्सरका लक्षणहरु

– स्तनमा गाँठो भएको अवस्थामा
– स्तनको आकारमा बदलाव आएमा
– स्तनको मुन्टोबाट कुनै डिस्चाजै भएमा
– स्तनको दखाइ बढ्दै गएको अवस्थामा
– स्तनको छालामा कुनै बदलाव आएमा

स्तन क्यान्सरको स्क्रिनिङ

– २० देखि ३९ वर्षको विवाहित महिलाले नियमित रुपमा हरेक तीन वर्षमा आफ्नो स्तनको जाँच चिकित्सककहाँ गएर गराउनु जरुरी छ । त्यसैगरी ४० वर्ष काटिसकेका महिलाले हरेक एक वर्षमा जाँच गराउने आवश्यक हुन्छ ।
– मेमोग्राफी जाँच ४० देखि ५० वर्षका महिलाले हरेक तीन वर्षमा जाँच गराउने र ५० वर्ष काटिसकेका महिलाले हरेक वर्षमा नियमित रुपमा गराउनु जरुरी छ ।

रोगबाट बचावट

– स्तन क्यान्सरको बचाउनका लागि नियमित रुपमा आफ्ना स्तनको जाँच गराउने र कुनै पनि लक्षण देखिएको छ भने तुरुन्त आफ्नो चिकित्सकको सुझाव लिनु पर्दछ ।
– हरेक महिलाले आफ्नो स्तनको जाँच अफै गर्न सक्नुहुनेछ ।यसको अधिक बारेमा थप जानकारी चाहिएमा आफ्नो चिकित्सकसँग सल्लाह लिन सक्नुहुनेछ । डा रंगिना लाइकंगबम (शाह) ले आजको अन्नपूर्ण पोस्ट दैनिकमा यसबारे जानकारी गराएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया