यसरी लुटिन्छन् ‘डेटिङ’ गएका मायालु जोडीहरु…

काठमाडौं

कपनमा बस्दै आएकी १८ वर्षीया एक युवती गत १२ साउनमा पशुपतिको मृगस्थलीमा डेटिङ गएकी थिइन् । मृगस्थलीछेउमा प्रेमीसँग सेल्फी खिच्दै गर्दा दुई युवक आएर भने मन्दिर क्षेत्रमा अगाँलो मारेर बस्ने, लाज लाग्दैन हिँड्नोस् हामीसँग ।

उनीहरु रातोपिरो भएर ती युवकका पछाडि लागे । पुलिसकै शैलीमा कपाल काटेका र बुट लगाएका उनीहरुले सादा पोसाकमा काम गर्ने बालाजुका प्रहरी भएको बताए । प्रहरी कार्यालयमा जानुपर्ने भन्दै यवती र उनका प्रेमीलाइ दुवैजनाले मित्रपार्कसम्म पुर्याए । प्रहरी भनेपछि उनीहरु डाराए, पछि पछि लागे ।

लुटेराले यसरी लुटे युवतीको इज्जत र सम्पत्ती
तर, ती जोडीलाई पक्राउ गर्नेहरु प्रहरी थिएनन्, लुटेरा थिए । प्रहरी भएको झुटो दाबी गर्दे उनीहरुले उक्त जोडीको सम्पत्ति मात्र लुटेनन् युवतीको इजतसमेत लुटे, रसुवाका ल्याकु ग्याल्बो घले र रामेछापकका अनिल खडेकाले प्रहरीको नाम दिएर युवकको धनमाल लुटे भने युवतीलाइ बलात्कारसमेत गरे । अहिले ती लुटेराहरु प्रहरी नियन्त्रणमा छन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया