यस्ता छन् आलुको बोक्राका फाइदाहरू

काठमाडौं, फागुन २३, २०८१ ।

तरकारीको राजा मानिने आलु सदैजसो तपाइ हाम्रो भान्सामा पाक्ने गर्छ । आलु विनाको तरकारी खल्लो लाग्नु स्वभाविक नै हो । मानव स्वास्थ्यका लागि आलु जति हितकारी त त्यति नै यसको बोक्रा पनि फाइदाजनक छ । तर हामी बारबार यही गल्ती गर्छौ कि आलुको बोक्रा पनि फ्याकेर खाने गर्छौ । तर तपाईंलाई थाहा छ, यी बोक्रामा कति फाइदा लुकेका छन् ।

डाक्टरका अनुसार आलुको बोक्रामा फाइबर, पोटासियम, भिटामिन सी र भिटामिन बी जस्ता पोषक तत्त्वहरू हुन्छ । त्यसैले यी बोक्रालाई खाँदा शरीरले प्रशस्त पोषक तत्त्वहरू पाउँछ । यी बोक्राहरूलाई हल्का तेलमा हरियो खुर्सानीसँग भुटेर खान सकिन्छ । यसबाहेक यी बोक्राबाट स्वादिष्ट परिकार पनि बनाउन सकिन्छ ।

आलुको बोक्रामा राम्रो मात्रामा आइरन हुन्छ, जसले रक्तअल्पताको जोखिम कम गर्छ। बोक्रासहितको आलु पोटासियमको पनि राम्रो स्रोत हो। शरीरका सबै कोष र अंगहरूको उचित कार्यका लागि पोटासियम आवश्यक छ।

यसबाहेक, तपाईं आलुको बोक्रा पिसेर अनुहारमा लगाउन सक्नुहुन्छ। यसो गर्नाले तपाईंको अनुहारको डन्डीफोर चाँडै निको हुनेछ।
आलुको बोक्राले क्यान्सर जस्ता घातक रोगको जोखिम कम गर्छ। यी बोक्राहरूमा प्रशस्त मात्रामा फाइटोकेमिकल्स हुन्छन्, जुन शक्तिशाली एन्टिअक्सिडेन्ट हुन्। यसबाहेक, आलुको बोक्रामा पाइने क्लोरोजेनिक एसिडले विभिन्न प्रकारको क्यान्सरको जोखिम कम गर्छ।

मधुमेह छ भने आलु खान निषेध गरिएको छ, तर आलुको बोक्रा भने खान सकिन्छ। रगतमा चिनीको मात्रा बढ्दा बारम्बार भोक लाग्ने प्रवृत्ति हुन्छ। आलुको बोक्रामा पाइने फाइबरले पेट लामो समयसम्म भरिपूर्ण राख्छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया