यस्ता छन् ह्ष्टपुष्ट हुने १० तरिका !

बिजनेसपाटी 

१. तौल बढाउनका लागि सबैभन्दा पहिला फिट रहनु जरूरी छ । तर तौल बढाउनुको अर्थ शारीरिक रुपमा निष्क्रिय रहनुचाहिँ होइन ।

२. तौल बढाउन नियमित व्यायाम आवश्यक हुन्छ, यसका लागि फिटनेस सेन्टर जान सकिन्छ ।

३. तौल बढाउनका लागि सबैभन्दा रामं्रो उपाय हो, उच्च क्यालोरीयुक्त खाना खानु । तर, बढीमात्रामा जंकफुड भने नखानुहोस्. ।

४.जंकफुड र फास्टफुडको तुलनामा स्वस्थ र धेरै क्यालोरीयुक्त खानालाई प्राथमिकता दिनुहोस् ।

५. यदि तपाई स्वस्थ तरिकाले तौल बढाउन चाहनुहुन्छ भने बिहानको नास्ता ‘हेभी’ हुनुपर्नेछ । बिहानको यसप्रकारको नास्ताले दिनभर उर्जावान् बनाइरहन्छ ।

६. प्रोटिन शेक एउटा राम्रो विकल्प हुन सक्छ, यसले हड्डी बलियो बनाउँछ ।

७. चिकेन, भात, माछा, अण्डालगायतका बढी प्रोटिन पाइने खाना तौल बढाउनमा सहायक हुन सक्छ ।

८. अंकुरित खाद्यपदार्थमा राम्रो मात्रामा प्रोटिन पाइने भएकाले यस्ता खानाले तौल बढाउन सक्छ ।

९. पनीर, मख्खन, घिऊ, तेल तथा तैलीय खानाले मोटाउन सकिन्छ ।

१०. तौल बढाउनका लागि फुलक्रिम दूधमा रातभर चना भिजाएर बिहान खानुपर्छ ।

by swasthyakhabar

फेसबुकबाट तपाईको प्रतिक्रिया