यस्तो छ आजको सुन–चाँदीको मूल्य

काठमाडौं, चैत ४, २०८१ । आज नेपाली बजारमा सुनको मूल्यमा कुनै फेरबदल भएको छैन । आज पनि आइतबारकै मूल्यमा सुनको कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज (सोमबार) छापावाल सुन प्रतितोला एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ, जुन आइतबारकै मूल्य हो ।

यस्तै आज चाँदीको मूल्य भने आइतबारको तुलनामा तोलामा ५ रुपैयाँले घटेको छ । आज चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा चाँदी प्रतितोला दुई हजार ४५ रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया