यस्तो छ टेलिकमको आ.व. २०७७ र ७८ को चौथो त्रैमासिक वित्तीय विवरण
काठमाण्डौ ३० साउन २०७८
नेपाल टेलिकमले आ.व. २०७७ र ७८ को चौथो त्रैमासिक वित्तीय विवरण प्रकासित गरेको छ । सार्वजनिक वित्तिय विवरण अनुसार टेलिकमको वार्षिक आम्दानी ३.७ प्रतिशतले बढेको छ ।
यस्तो छ टेलिकमको वित्तिय विवरणको साराशं
गत आ.व. को आषाढ मसान्तको अन्तिम लेखापरीक्षण पश्चातको कुल सेवा वापतको आय रु ३४ अर्व ६१ करोड ९९ लाख ६४ हजार रहेकोमा चालु आव को सोही अवधिमा कुल सेवा वापतको आय रु १ अर्व २८ करोड ३७ लाख ६९ हजार ९३।७० प्रतिशतले वृद्धि भई रु ३५ अर्व ९० करोड ३७ लाख ३३ हजार रहेको छ।
गत आव को चौथो त्रैमासिक अवधिमा कुल सेवा वापतको आय रु ७ अर्व ७८ करोड ३३ लाख २० हजार रहेकोमा चालु आवको सोहि अवधिमा कुल सेवा वापतको आयमा रु ६६ करोड ९० लाख ६० हजार ९८.६० प्रतिशतले वृद्धि भई रु ८ अर्व ४५ करोड २३ लाख ८० हजार रहेको छ।
चालु आवको तेस्रो त्रैमासिक अवधि सम्ममा खुद मुनाफा रु ५ अर्व ८८ करोड ४४ लाख ७२ हजार रहेकोमा चौथो त्रैमासिक अवधिमा रु १ अर्व ५६ करोड ९६ लाख १२ हजारले वृद्धि भई रु ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको छ।
गत आव को चौथो त्रैमासिक अवधि सम्मको खुद मुनाफा रु ९ अर्व ७४ करोड ८९ लाख ५६ हजार रहेकोमा चालु आवको सोहि अवधिमा खुद मुनाफा रु ७ अर्व ४५ करोड ४० लाख ८५ हजार रहेको छ।
चालु आवमा मुनाफामा कमी आउनुका कारणहरु यस्तो ।
टेलिकमले चालु आथिृक बर्षको मुनाफामा कमी आउनुमा क. Covid-19को महामारीको प्रत्यक्ष असरका कारण विश्वव्यापी रुपमा व्यापार व्यवसायमा कमी आएको ।
ख. बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेप तथा कल निक्षेपमा प्राप्त हुने व्याजदर अघिल्लो बर्षको तुलनामा चालु आ।व। मा घट्न गएको हुंदा व्याज आम्दानीमा कमी आएको ।
ग. Covid-19को महामारीलाई लक्षित गरी कम्पनीबाट ग्राहकवर्गको सुविधाका लागि निकै कम मूल्यमा म्बतब एबअपबनभ उपलव्ध गरिएको हुंदा अघिल्लो वर्षको तुलनामा Dataको Consumption बढेतापनि राजश्व आशातितरुपमा वृद्धि हुने अवस्था नरहेको।
घ. Covid-19 महामारी र अन्तर्राष्ट्रिय यात्रामा लागु भएको प्रतिबन्धका कारणले अन्तर्राष्ट्रिय रोमिङ सेवामा अभुतपूर्व गिरावट आएको तथा Covid-19को वढ्दो प्रयोगले अन्तर्राष्ट्रिय अन्तरआवद्दता सेवामा भारी गिरावट आएको।
ङ समीक्षा अवधिमा वाह्य श्रोतबाट प्राप्त जनशक्तिको न्यूनतम ज्यालादरमा भएको वृद्धि, मर्मत संभार खर्चमा भएको वृद्धि, विदेशी मुद्रा सटहि दरमा आएको परिवर्तन तथा 4G/FTTH जस्ता नविन प्रविधि जडान गरिएकोले ह्रास कट्टीमा भएको वृद्धि आदिका कारणले व्ययभार बढ्न गई मुनाफामा असर परेको
जस्ता कारणहरु रहेको जनाएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया