यस्तो छ भूकम्पपछिको पुनर्निर्माणको कारण नेपालको अर्थतन्त्रमा योगदान

काठमाडौँ १० पुस।

भूकम्पपछिको पुनर्निर्माणको कारण नेपालको अर्थतन्त्रमा औसत ४.५ प्रतिशत बिन्दुको योगदान गरेको प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल आर्थिक पत्रकार समाजले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँगको सहकार्य र नेसनल डेमाक्रेटिक इष्टिच्यूट फर इन्टरनेसनल अफेयर्सको सहयोगमा गरेको प्रारम्भिक अध्ययनले यस्तो अवस्था देखाएको हो ।

उपलब्ध द्वितिय तथ्यांकको आधारमा सन् २०१५ मा भूकम्प गएपछि अघि बढेको पुनर्निर्माणका लागि भएको खर्चको विश्लेषण गरेर यस्तो तथ्यांक तयार पारेको हो । अध्ययनमा संलग्न त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका उपप्राध्यापक डा. निर्मलकुमार राउतले भूकम्प गएको वर्ष ०.२ प्रतिशत रहेकोमा त्यसपछिको वर्षमा ७.३९ प्रतिशत र सन् २०१७-०१८ मा ५.८९ प्रतिशत पुगेको भन्दै प्रारम्भिक अध्ययनले कुल गार्हस्थ उत्पादनमा पुनर्निर्माणले ४.४७ प्रतिशत बढाएको देखिएको छ ।

‘सन् २०१५-१६ मा ४.५४ प्रतिशत रहेकोमा पछिल्लो वर्ष र त्यसपछिको वर्षमा क्रामशः ६.८३ प्रतिशत र ११.८२ प्रतिशत तथा सरकारको कुल खर्चको तुलनामा सन् २०१५-०१६ मा १.१३ प्रतिशत रहेकोमा त्यसपछिका वर्षहरुमा क्रमशः २.१२, ४.३८ प्रतिशत तथा सन् २०१८÷०१९ मा २.२४ प्रतिशत पुगेको छ’ उनले कायैपत्र प्रस्तुत गर्दै भने, ‘जीडीपीमा मुख्य योगदान दिने कृषि तथा होलसेल र रिटेलल ट्रडमध्ये सन् २०१५ पछिका निर्माणको हिस्सा बढ्दै गएकोले लग अफ जीडीपी डायनामिक अर्डिनरी निस्ट स्वायरको मोडेलमा विश्लेषण गर्दा अर्थतन्त्रमा ४.४७ प्रतिशत देखिएको छ । कारोबार दैनिकमा प्रकाशित छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया