यस्तो छ करिनाले जन्माउने बच्चाको नाम

एजेन्सी १२ अशोज
अभिनेत्री करिना कपुर खानलाई बलिउडमा ‘ट्रन्ड सेटर’ पनि भनेर चिनिन्छ । यस्तो किन भने उनले बलिउडमा अरुलाइ ‘फलो’ गर्दिनन्, बरु उनको स्टायललाइ अरुले ‘कपी’ गर्छन् । अहिले करिना गर्भवती छिन्, तर उनले ठूलो पर्दाको काम छाडेकी पनि छैनन् । केही दिनअघिसम्म उनी सुटिङमै व्यस्त थिइन् । डिसेम्बरमा करिनाले पहिलो बच्चालाई जन्म दिँदै छिन् । तर उनले र उनका पति सैफ अलि खानले बच्चाको नाम सोचिसकेका छन् । केही दिनअघि एउटा अन्तर्वार्तामा करिनाले भनिन् ‘उनी चाहन्छन् हामी बच्चाको नाम सैफिना राखौं ।’ सैफ र करिनाको नाम जोडेर यो नाम राख्ने उनीहरुको सल्लाह भएको हो । तर यस्तो गर्ने यो पहिलो दम्पती भने हुनेछैन । यसअघि रानी र आदित्य चोपडाले छोरीको नाम अदिरा राखिसकेका छन् भने साहिद कपुर र मीराले छोरीको नाम मिसा राखेका छन् । एजेन्सीलाइ उद्घृत गर्दै आजको नयाँपत्रिका दैनिकमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया