यस कारण गर्यो स्वास्थ्य मन्त्रालयले ५२ कर्मचारी बर्खास्त

बिजनेसपाटी सम्बाददाता

काठमाडौँ २४ असार

५२ कर्मचारीहरुलाई स्वास्थ्य मन्त्रालयले अनुशासन उल्लघंन गरेको भन्दै स्वास्थ्य सेवाबाट बर्खास्त गरेको छ । कर्मचारीहरुले ६० दिनभन्दा लामो बिदामा बसेपछि उनीहरुलाई मन्त्रालयले बर्खास्त गरेको हो ।

उनीहरुलाई भविष्यमा सरकारी सेवाका लागि समेत अयोग्य ठहर गर्दै मन्त्रालयले सेवाबाटै बर्खास्त गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बर्खास्तमा परेकाहरुमध्ये सबैभन्दा बढी स्टाफ नर्स रहेको मन्त्रालयले जनाएको छ । बिदा स्वीकृत नगराई लगातार ६० दिनभन्दा बढी अनुपस्थित कर्मचारीलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य ठहर हुने गरी सेवाबाट बर्खास्त गर्न सकिने प्रावधान रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया