यिनलाई अझैं पनि मन्त्री पाउने आश

काठमाडौं ११ भदौ

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) प्रचण्ड नेतृत्वको सरकारमा सहभागी नहुने निश्चित भएको छ । प्रधानमन्त्री प्रचण्डले तीन सातापछि चौथोपटक मन्त्रीमण्डल विस्तार गर्दा पनि फोरम लोकतान्त्रिकका मन्त्री छनोट नभएपछि सरकारमा नजाने निश्चित जस्तै भएको हो । केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागि फोरम लाकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मतदान गर्ने निर्णय गरेका थिए ।

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पनि प्रधानमन्त्री निर्वाचनमा प्रचण्डलाई मतदान गरेपछि फोरम लोकतान्त्रिक अप्ठ्यारोमा परेको हो ।सरकारमा सहभागि हुने विषयमा प्रधानमन्त्री प्रचण्ड र गच्छदारबीच छलफल भए पनि अन्तिम समयमा आएर स्थगित भएको स्रोतले बतायो । मधेसी मोर्चाले गच्छदारलाई सरकारमा सहभागि नर्गन दबाब दिएकै कारण प्रधानमन्त्री प्रचण्ड ब्याक हटेको बताइएको छ ।

मधेसी जनअधिकार फोरमका महासचिव रामजनम चौधरीले सरकारमा सहभागि हुने बारेमा प्रधानमन्त्री प्रचण्डसँग कुनै छलफल नगरेको बताएका छन् ।

उनले भने, ‘निमन्त्रणा नदिएको बिहेमा कसरी जाने ?’ महासचिव चौधरीले आठ बुँदे सहमति पालना गर्नुपर्ने बताउँदै सरकारलाई दिएको समर्थन यथावत् नै रहने बताए । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया