यि रुटमा आजदेखि सेनाको बस निःशुल्क संचालन
काठमाडौं, २४ असोज
सर्वसाधारणको सुविधाका लागि नेपाली सेनाले राजधानीमा बस संचालन गरेको छ। दसैंको बेला सर्वसाधारणलाई यातायातको असुविधा हुने देखेर सेनाले आजदेखि राजधानीमा बस संचालन गरेको हो । आज, भोलि र पर्सि राजधानीमा सेनाले बस संचालन गर्ने जनाएको छ।
राजधानीका विभिन्न ८ रुटमा आठवटा सवारीसाधन संचालनमा ल्याईएको सेनाका प्रवक्ता सहायक रथी तारा बहादुर कार्कीले जानकारी दिए। सेनाले आज र भोलि सबै ८ वटै रुटमा बिहान ११ र ४ बजे तथा एकादशीको दिन बिहान ६, ११ र ४ बजे सवारीसाधन संचालनको समय निर्धारण गरेको छ।
रुट नम्बरअनुसारको विवरण यस्तो छ।
रुट नम्बर १ः माईतीघर, बानेश्वर, कोटेश्वर, एकान्तकुना, बल्खु, किर्तिपुर, त्रिपुरेश्वर हुँदै रत्नपार्क।
रुट नम्बर २ः भद्रकाली, जमल, लैनचौर, नारायणगोपाल चोक, बुढानिलकण्ठ हुँदै माईतीघर।
रुट नम्बर ३ः माईतीघर, त्रिपुरेश्वर, कालिमाटी, कलंकी, स्वयम्भु, छाउनी अस्पताल ताहाचल, टेकु हुँदै थापाथली।
रुट नम्बर ४ः माईतीघर, बानेश्वर, तीनकुने, गौशाला, चावहिल, जोरपाटी, नारायणगोपाल चोक, लाजिम्पाट हुँदै भद्रकाली।
रुट नम्बर ५ः थापाथली, कुपण्डोल, जावलाखेल, कोटेश्वर, बानेश्वर हुँदै शहीदगेट।
रुट नम्बर ६ः थापाथली, जावलाखेल, बल्खु, कलंकी त्रिपुरेश्वर हुँदै भद्रकाली।
रुट नम्बर ७ः माईतीघर, सुर्यविनायक, ठिमी हुँदै माईतीघर।
रुट नम्बर ८ः सहिदगेट, त्रिपुरेश्वर, स्वयम्भु, गाेंगबु, सामाखुसी हुँदै रत्नपार्क।
फेसबुकबाट तपाईको प्रतिक्रिया