यी कलाकार तथा नेतालाई सबैको अगाडि पिट्नुपर्छ–अभिजित

बिजनेसपाटी २० अशोज

आफ्नो बयानलाई लिएर चर्चामा आउने कुनै समयका चर्चित गायक अभिजितले सरकारले देशका केही यस्ता नेताहरु र कलाकारहरुलाई झेलेर बस्न नहुने बताएका छन् । उनीहरुलाई खूल्ला ठाउँमा पिट्नुपर्छ भनेका छन् ।

अभिजितले सर्जिकल स्ट्राइकको प्रमाण माग्ने नेता तथा कलाकारहरुलाई लक्षित गर्दै यसो भनेका हुन् । त्यस्तै अभिजीतले पाकिस्तानी कलाकारहरुको समर्थन गर्ने बलिउड कलाकारलाई पनि निशानामा राख्दै कडा शब्द प्रयोग गरेका छन् ।

हालै बलिउडका चर्चित सेलिब्रिटीहरु सलमान खान, करण जोहर, महेश भट्टले पाकिस्तानी कलाकारको पक्षमा बोलेका थिए । त्यस्तै सर्जिकल स्ट्राइकबारे विवादीत बयान दिएका दिल्लीका मुख्यमन्त्री अरबिन्द केजरीवाललाई पनि उनले छोडेनन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया