यी खाने कुराले मानिसको आयु बढाउने अध्ययनको निष्कर्श

सिड्नी १५  (एजेन्सी)-

सिड्नी विश्वविद्यालयको एउटा अध्ययनले प्रोटिन कम भएका खाने कुराले मानिसको आयु बढाउने निष्कर्श निकालेको छ । त्यस्तै उच्च कार्वोहाइड्रेट भएको खानाले आयु बढाउने हार्मोन वृद्धि गर्ने पनि अध्ययनले देखाएको छ ।   मेडिकल जर्नलमा सेल मेटाबोलिजममा प्रकाशित नतिजामा प्रोटिकन कम भएको खानेकुराले मानिसको आयु बढाउने हर्मोन उत्पादनमा वृद्धि हुने देखाएको छ ।   अध्ययनका क्रममा ८०० भन्दा बढी मुसालाई २५ प्रकारका खानेकुरा खुवाइएको थियो । जसमा प्रोटिन र कार्वोहाइड्रेटको मात्रा फरक फरक थियो ।   मुसाहरुले उच्च कार्वोहाइड्रट खाएपछि उनीहरुमा हार्मोनको मात्रा पनि बढेको थियो ।

सोधकर्ताले भनेका छन्, ‘मानिसको आयु बढाउन महत्वपूर्ण भूमिका खेल्ने एफ जी एफ २१को मात्रा प्रोटिन र कार्वोहाइड्रेटको मात्रामा निर्भर भएको पत्ता लगाएका छौं ।’   सोधर्काहरुले हाइप्रोटिन डाइटको सट्टा ठ्याक्कै यसको विपरित हाई कार्वोहाइड्रेट र लो प्रोटिन खानेकुरा खान सुझाउँदै यस्तो प्रकृतिको डाइटबाट स्वस्थ र लामो जीवन जिउन सकिने पनि बताएका छन् ।   अध्ययनले लो प्रोटिन र हाई कार्वोहाइड्रेट डाइट क्यालोरी निशेधित डाइट जस्तै फाइदाजनक रहेको र यसले न्युन कलेस्ट्रोल र इन्सुलिनको सेन्सिटिभिटी पनि बढाउने देखाएको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया