यी शर्तमा सलमानसँग काम गर्न तयार छन् ऐश्वर्या

काठमाडौँ १८ अशोज

ऐश्वर्या राय बच्चन पूर्व प्रेमी सलमान खानसँग काम गर्नका लागि तयार भएकी छन् । यद्यपी उनले यसका लागि एक शर्त अगाडि सारेकी छिन् ।

बलिउडमा परिचित पत्रकार राजीव मसन्दले आफ्नो स्तम्भमा यो दाबी गरेका छन् । उनले दाबी गरेका छन् कि ऐश्वर्या सलमानसँगको आफ्नो विगतलाई भुलिसकेकी छिन् र सलमानसँग जोडिएका कुनै पनि चीजले उनलाई प्रभावित गर्दैन् ।

राजीवकाअनुसार ऐश्वर्या सलमानसँग फिल्म साइन गर्नका लागि तयार छिन् । तर उनका केही शर्तहरु छन् जस्तो स्क्रीप्ट र निर्देशक एक्स्ट्रा अडिनरी हुनुपर्छ ।

सलमान—ऐश्वर्या अफेयर

सन् १९९९ देखि २००२ सम्म चलेलको थियो ऐश्वर्या सलमानको अफेयर ४ वर्ष चलेको थियो । ऐश्वर्या र सलमान फिल्म ‘हम दिल दे चुके सन—१९९९’ मा सँगै काम गरेका थिए । यसपछि फिल्म सुटिङका दौरान उनीहरुको निकटता बढेको थियो ।

तर, ‘हम तुम्हारे है सनम—२००२’ को रिलिजपछि उनको ब्रेकअप भएको थियो । यो फिल्ममा पनि ऐश्वर्या सलमानकी गर्लफ्रेण्डका रुपमा देखिएकी थिइन ।

दुवैको ब्रेकअपको वास्तविक कारण के थियो ? यो कमै मानिसहरुलाई मात्र थाहा छ । तर, ऐश्वर्याले सलमानमाथि कुटपीटको आरोप लगाएकी थिइन । यसपछि उनको नाम विवेक ओबरोयसँग पनि जोडिएको थियो ।

सन् २००७ मा ऐश्वर्याले अभिषेक बच्चसँग विवाह गरिन् ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया