यी हुन् प्रधानमन्त्री ओलीको चीन भ्रमणका एजेन्डा
काठमाडौं ३० जेष्ठ
प्रधानमन्त्री केपी ओलीको ५ असारदेखि हुने चीन भ्रमणमा दुई देशबीच ऊर्जा सहयोग तथा समन्वयसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर एजेन्डा बन्ने निश्चित भएको छ ।
आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले समझदारीपत्रको मस्यौदालाई पारित गरेको छ ।
बैठकले दुई देशबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्न समझदारी गर्ने अख्तियारी ऊर्जामन्त्रीलाई दिएको छ । आजको नयाँ पत्रिकामा समाचार छापिएको छ ।
भ्रमणका एजेन्डा
-मितेरी र रसुवागढी पुल निर्माण सम्झौता
-गल्छी–रसुवागढी–केरुङ प्रशारण लाइन
-किमाथांका अरुण जलविद्युत् आयोजना
-‘तिब्बेतियन हाइवे’मा ढुवानी सुविधा
-काठमाडौं–केरुङ रेलमार्ग निर्माण समझदारी
-रसुवागढी–काठमाडौं–पोखरा–लुम्बिनी रेलमार्ग
फेसबुकबाट तपाईको प्रतिक्रिया