यी हुन धेरै दुर्घटना हुने चार सडक
काठमाडौं १ कार्तिक
सडक विभागले गरेको एक अध्ययनले देशभरका सडकहरूमध्ये चारवटा सडकखण्डमा धेरै दुर्घटना हुने गरेको देखाएको छ ।
सिद्धार्थ राजमार्गको आर्यभन्ज्याङ–राम्दी खण्ड (१२ किलोमिटर), लमही–तुल्सीपुर सडकखण्ड (२९.६२ किलोमिटर), अरनिको राजमार्गको सूर्यविनायक–दोलालघाट खण्ड (४७.१७ किलोमिटर) र भालुवाङ–भाडण्डा–रोल्पा सडकखण्ड (९१ किलोमिटर) मा धेरै दुर्घटना हुने गरेको छ।
यी सडकलाई विभागले ‘ब्ल्याक स्पट’ मानेको विभागको सडक तथा ट्राफिक इकाइका इन्जिनियर विवेक पाण्डेले बताए । सडक डिभिजन कार्यालयको माग र निर्माण सम्पन्न भएका तर दुर्घटना दोहोरिरहने सडकखण्डलाई छनोट गरेर विभागले अध्ययन गरेको हो ।
‘यसरी गरिएको अध्ययनमा उल्लेखित चार सडकखण्ड सबैभन्दा बढी दुर्घटना हुनेमा परेका हुन्,’ इन्जिनियर पाण्डेले भने ।
के हो ‘ब्ल्याक स्पट’ ?
सडकमा धेरै दुर्घटना हुने ठाउँलाई इन्जिनियरिङ भाषामा ‘ब्ल्याक स्पट’ भनिन्छ । यस्तो स्थानमा दुर्घटनाका कारण र न्यूनीकरण गर्नका लागि गरिने अध्ययनलाई भने ‘ब्ल्याक स्पट आइडेन्टिफिकेसन’ भनिन्छ ।
यस्तो अध्ययनमा दुर्घटना हुने सम्भावित कारण पत्ता लगाउने र हुन सक्ने दुर्घटनालाई न्यूनीकरण गर्न अपनाउनुपर्ने मापनहरू सिफारिस गर्ने गरिन्छ । अाजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया