यी हुन पानामा लिक प्रकरणमा मुछिएका नेपालीहरु

काठमाडौं २४ चैत–
पानामा लिक प्रकरणले विश्व नै हल्लाईरहेका बेला कर छल्ने नियतका साथ काम गर्ने नेपालीहरुको नाम समेत सार्वजनिक भएको छ । खोजी पत्रकारहरुको अन्तराष्ट्रिय संस्था इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिष्ट (आइसिआइजे) ले सार्वजनिक गरेको नेपाली नामहरु र उनीहरुको फेरिहस्त यस्तो छ :

बिजेन्द्र जोशी
विजेन्द्र जोशी वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल प्रालिका शेयरहोल्डर हुन् । उनको कम्पनी काठमाडौँ, कान्तिपथस्थित सिद्धि भवनमा छ । उक्त कम्पनी ९ मे, २००२ बाट संचालनमा आएको हो । ट्याक्स हेवनको रुपमा लिइएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ

बिजेश कुमार तोडी अग्रवाल
उनको कम्पनीको नाम वुड स्टक युनिभर्सल लिमिटेड हो । विराटनगर–९ मोरङ, नेपाल ठेगाना रहेको यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ । यो कम्पनी सन् २००७ अप्रिल १० तारिखदेखि संचालनमा आएको हो ।
विमलकाजी ताम्राकार
विमलकाजी ताम्राकार यसै प्रकरणमा मुछिएका बिजेन्द्र जोशीको कम्पनी वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल प्रालिका समेत निर्देशक हुन् । उनी यो प्रकरणमा उक्त कम्पनी सहित हिमालयन इन्भेस्टमेन्ट ग्रुप लिमिटेडसँग मुछिएका हुन् । यो कम्पनी सन् २००३ डिसेम्बर २२ मा दर्ता भएको हो । यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ । यो कम्पनी पनि काठमाडौँको कान्तिपथस्थित सिद्धिभवनमा अवस्थित छ ।
बिनु श्रेष्ठ
थैब, ललितपुर ठेगाना रहेको बेलवूड आर्क्स लिमिटेडकि निर्देशक हुन् । सन् २००५ ३ अक्टोबरमा दर्ता भएको यस कम्पनी पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ । उनले स्ट्याण्डर्ड चार्टड बैंकमार्फत उक्त कम्पनीमा लगानी गरेकी छिन् ।
विश्वबर सिह थापा
बालाजु नेपालटारमा रहेको हिमालयन इन्भेष्टमेन्ट गु्रप लिमिटेडका निर्देशक समेत रहेका थापा यो प्रकरणमा मुछिएका अर्का नेपाली हुन् । उनको यो कम्पनी २००३–२२ डिसेम्बरमा दर्ता भएको हो भने यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ ।
विश्वधर तुलाधर
सिद्धिभवन कान्तिपथमा ठेगाना रहेको वर्ल्ड डिष्ट्रिब्युटर्स नेपाल प्रालि र हिमालयन इन्भेष्टमेन्ट ग्रुप लिमिटेडका शेयर होल्डर समेत तहेका विश्वधर तुलाधर यो प्रकरणमा मुछिएका अर्का नेपाली हुन् । उनी यो प्रकरणमा मुछिएका विमल्काजी ताम्राकार र विजेन्द्र जोशीका ’बिजनेश पार्टनर पनि हुन् ।
डा. श्याम बहादुर कर्माचार्य
ललितपुर जिल्ला वडा नम्बर २ मा अवस्थित सर्जी इलेक्ट्रो मेडिका लिमिटेडका निर्देशक कर्माचार्य यो प्रकरणमा मुछिएका एक मात्र डाक्टरी डिग्री भएका नेपाली हुन् । २००८ मे ७ तारिखका दिन दर्ता बह्येको यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ । यो कम्पनी सिंगापुरमा समेत दर्ता छ ।
हरिश कुमार तोडी
उनको कम्पनीको नाम वुड स्टक युनिभर्सल लिमिटेड हो । विराटनगर( ९ मोरङ, नेपाल ठेगाना रहेको यो कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ । यो कम्पनी सन् २००७ अप्रिल १० तारिखदेखि संचालनमा आएको हो । उनी यसै प्रकरणमा मुछिएका बिजेश कुमार तोडी अग्रवालका ’बिजनेश पार्टनर’ समेत हुन् ।
प्रोफेसर सत्यन्द्र कुमार गुप्ता
काठमाडौँ ठेगाना रहेको ओन्का इन्टरनेश्नलका शेयर होल्डर गुप्ता यस प्रकरणमा मुछिएका विद्वानका रुपमा चिनिएका छन् । उनी नेपाल तथा विदेशका धेरै संघ संस्थामा समेत आवद्ध छन् । उनको कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ । उनको कम्पनी १९ अगष्ट सन् २००१ मा दर्ता भएको हो ।

राजेन्द्र कुमार काब्रा
शुक्रपथ काठमाडौँ ठेगाना रहेको फ्रेग्रेन्स टाउन लिमिटेडका शेयरहोल्डर रहेका काब्राले उक्त कम्पनी ८ जनवरी, २००९ मा स्थापना गरेका थिए । उनको कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ ।
रेणुका प्रधान
चुनदेवी काठमाडौँ ठेगाना रहेको वेष्ट पार्क क्यापिटलकी शेयर होल्डर रहेकी प्रधानले उक्त कम्पनी १८ अगष्ट सन् २००६ मा दर्ता गराएकी हुन् । उनको कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ ।
रेखा काब्रा
शुक्रपथ काठमाडौँ ठेगाना रहेको फ्रेग्रेन्स टाउन लिमिटेडका शेयर होल्डर रहेका काब्राले उक्त कम्पनी ८ जनवरी, २००९ मा स्थापना गरेका थिए । उनको कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ । उनी यसै प्रकरणमा मुछिएकी राजेन्द्र कुमार काब्राकि नातेदार बुझिएको छ।

शशीकान्त अग्रवाल
बत्तीसपुतली काठमाडौँ ठेगाना रहेको मल्टीलिंक ट्रेडिङ लिमिटेडका शेयर होल्डर रहेका शशिकान्त अग्रवाल पनि यो प्रकरणमा मुछिएका अर्का नेपाली हुन्। उनको यो कम्पनी जुलाई १, सन् २००३ मा दर्ता भएको कम्पनी हो । उनको कम्पनीले पनि कर स्वर्ग मानिएको ब्रिटिश भर्जिन आइल्याण्डमा दर्ता गरेर उक्त कम्पनीले नेपालमा कारोबार गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया