युगकविका कविता ‘व्यक्ति भित्र समष्टि’

स्वयम्भू शाक्य
मैले नदेखिएका र नपुगेका सारा गाउँठाउँलाई मेरो हृदयदेखि सलाम छ । कृपया मलाई किन भेट्न नआएको भनी प्रश्न नगर्नु होला । मलाई देखिएन भनी प्रश्न नगर्नु होला । किनकि म जहाँ छु त्यहाँ तिमीहरु पनि छौं । फरक यति मात्र हो कि हाम्रो भेटघात धेरै पातोलो हुदैं गईरहेको छ । तैपनि मैले माया मारेको छैन् । विश्वास गर्नु मेरो मनमा तिमीहरुको अगाध माया छ । सम्झना छ । मुटुभरि विश्वास छ । म कहीँ गएको छैन । कतै परलोक जानु छ भने अवश्य एक दिन भेट्न आउने छु । किनकि तिमीहरुले मलाई एकचोटी पनि भेट्न आएनौं भने गुनासो गर्ने मौका दिने छैनौं । मुटुको आत्मिय सम्वन्ध भए पछि जो जहाँ जसरी बसे पनि एक दिन त अवश्य भेट्ने छ । मनका सारा कुराहरु ताल फुटे झैं फुट्ने छ । सरर बगेर जहाँ ओरालोे छ त्यहि तिर बगेर मन खाली नहुन्जेलसम्म कुरै कुराहरु बगिरहेन छ ।
समयको सीमा हुदैन । सीमा त प्राणीहरुको मात्र हुँदो रहेछ । आफूले बोकेर आएको समय सीमासम्म बसेर फेरि हामीहरु त जहाँवाट आएका थियौं त्यही बाटो भएर जानु पर्ने रहेछ । त्यो कुन ठाउँ होला ? त्यो कुन गाउँ होला ? जहाँवाट हामी आएका थियौं त्यहीँ वाटो हामीले कसरी सम्झिन सकेनौं ?
हो, मभित्र काल छ । कालले मान्छेहरुलाई जति चपाए पनि मान्छे किन आफूभित्र काल छ भनी सम्झिन चाहनँ् । विर्सिने त पक्कैं होइन् । कोही छिन छिनमा सम्झिरहन्छन् । कोही मसान धाटमा गएको बेला मात्र सम्झिन पुग्छन् । किनहोला, आखीर मान्छेको मन न हो । मनले किन आफ्नो लक्ष्य यही हो भनी देखाउन नसकेको होला ? मन कोमल भएर पनि कोमलता किन नभएको होला ? आखिर किन, मन पनि यति धेरै सारो भएको होला ? ढुङ्ग त होइन् तैपनि किन ढुङ्गा जस्तै निर्जिब भएको होला ? रित्तो हात लिएर आएका थियौं तर किन मुठ्ठी लिएर जाने सुरमा होला ? थाहा छैन, अहिलेसम्म कोही पनि मान्छे मुठ्ठीमा सामल लिएर गएको गाइगुई सुनेको छैन । हामी त केही नलिई नाङ्गै आएका थियौं । समय सीमापछि हामी फेरि नाङ्गै हुने छौं । सामल लिएर होइन, बाटो जतिसुकैं अप्ठेरो भए पनि एक्लै यात्रा नगरी हामीलाई सुखैं छैन् । त्यसैले व्यक्तिभित्र समष्टि छ भन्ने कुरा हामीले किन बुझ्न सकेनौ ? आत्मा त ईश्रवरको अंश हो भन्ने कुरा हामी किन बुझ पचाउँन्छौं ? मानव सेवालाई नै मूल धर्म मानी हामीले किन पूजा गरेनौं ? तर हाम्रो मनका कुरा सवै पोखेपछि झरी पछिको आकाश झैं निर्मल भएर सूर्य देखिने छ । तब मात्र हाम्रो मनले घाम देख्ने छ ।
हो, मैले सबैलाई देखिरहेको छु । शायद तिमीहरुले मलाई देखेनौं होला । मैले त सवैलाई चिनिरहेको छु । शायद तिमीहरुले मलार्ई चिनेनौं होला । यो के भैरहेको छ ? यो किन भैरहेको छ ?थाहा छैन, एउटा मान्छेको जीवनमा सबैको प्रतिविम्व पर्ने सक्छ र ? छायाँ त आकृति अनुसार हुनु पर्ने हो । तर खै सवै छायाँहरु एउटै देखिन्छ । माया त वस्तु अनुसार फरक फरक हुनु पर्ने हो । तर खै सवैलाई बराबरी नै माया लाग्दो रहेछ । अनौठो छ, कतै यो जीवनको प्रतिविम्ब त होइन ? कतै यो जीवनको घाम छाँया त होइन ? कतै यो जीवनको दिन रात त होइन ? कतै यो जीवनको सुख र दुःख त होइन् ? होइन् भने यो के हो ? समस्त संसार नैं म बसेको ठाउँमा छ । यो घरती, यो आकाश, यो नदी, यो हावा । के यो सवै साझा होइन् र ?
लाग्छ यो जीवनमा आज के भैरहेको छ । व्यक्तिभित्र समिष्ट, समष्टिभित्र व्यक्ति अटाउन सक्छ कि सक्दैन ? म भित्र तिमी बाँच्न सक्छ कि सक्दैन ? म त तिमीभित्र वाँच्न सक्छु तर तिमी म भित्र बाँच्न नसक्न पनि सक्छ । किनकि यो त आ–आफ्नो स्वभाव हो । हावापानी हो । घाम छायाँ हो । त्यसैले मान्छे–मान्छेभित्र अटाउन धेरैं गाह्रो छ । विचार फरक होला । हिडाई फरक होला । तर यो भ्रम होइन यथार्थता त एउटै हो । आखिर जन्मेपछि एक दिन मुत्युबरण गर्नु छ । जिब्रोलाई मीठो खान मन पर्छ । आँखालाई राम्रो हेर्न मन लाग्छ । मनलाई चञ्चल हुन मन लाग्छ । कानलाई मीठास् सुन्न मन लाग्छ । तर के गर्नु आफूले खोजे जस्तो नहुन्दो रहेछ । मैले एउटा खोजे तर कर्मले अर्को दिन्दो रहेछ । यो भाग्य र कर्मको खेलमा मान्छेहरु बाँचिरहेछन् । कोही भाग्यलाई साथ दिन्छन् । कोहि कर्मलाई आफुन्तो मान्छन् । आखिर यो शरीर त एक दिन नदीमा सेलाउनु पर्छ । दागवत्ती दिए पछि ह्वार ह्वार बलेर आगोमा मान्छेको शरीर भष्म भई मेरो यो जीवन सवैका निम्ति प्रतिविम्ब बन्न सक्छ । म ऐना बन्दाँ सबैले आ–आफ््नो अनुहार देख्न सकिन्छ । म पानी बन्दाँ सबैले आ–आफ्नो प्यास मेटाउन सक्छ । म घाम बन्दाँ सबैले न्यानो पाउन सकिन्छ । म हावा बन्दाँ सवैले श्वास फेर्न सकिन्छ । त्यसैले म अनेकमा एक हुँ । एकमा अनेक हुँ । मेरो रुप रगं फरक फरक भए पनि आखिर म सबैको एक हुँ ।
धूँवा हावासंगै उडेर कहाँ गएर बस्दो हो । आगो मुस्लो भएर तातो किन सेलाउँदो हो । धुलो उडे पछि कहाँ गएर थुप्रिने हो । समुन्द्र बग्दा बग्दै कहाँ गएर अन्त्य हुने हो । कसलाई के थाहा, यो रनभूल्ल भएको संसारमा हामी जति कुराहरु देखिरहेका छौं ती सवै कुराहरु आफैमा पूर्णताले भरिएको छ । व्यक्तिभित्र समष्टि छ । प्रतिविम्व छ । प्रकृति छ । समाज छ । साराका सारा सवै कुराहरु भए पछि मान्छेहरु किन एक्लो महसूस गर्ने गरिन्छ ? यो मतलबी संसारमा कसैले कसैलाई निस्वार्थ माया नगर्ने रहेछ । आफ्नो इच्छा र आकांक्षा लाडेर होला मनोभाव पुरा गर्ने धेरैको चाहना हुँदो रहेछ । त्यसैले यो भवसागरमा सवैले आ–आफ्नो तरिकावाट जीउँन खोज्छ । कोहि रोएर जिउँन्छ । कोही हाँसेर जिउँन्छ । कोहि व्यथा लुकाएर जिउँन्छ । कोही सेवा गरेर जिउँन्छ ।
सत्यलाई आगोले पनि नपोल्दो रहेछ । देखेको, सुनेको र भनेका कुराहरु पनि सवैं सत्य नहुन्दो रहेछ । यो छायाँ मेरो मात्र होइन् समस्त मानवहरुको प्रतिविम्व हो । यहाँ जे जति छन् ती सारा कुराहरु मानवभित्रको मानवीय समष्टि हुन् । त्यसैले युगले मागेको वेला हामी जे चाहियो त्यहि दिएर युगलाई विदा दिन सक्नु पर्दछ । युगले खोजेको बेला हामीहरु एक जूट भएर आ–आफूले त्याग्न सक्ने कुराहरु त्याग्न सक्नु पर्दछ । हामीलाई कुरेर युग त्यसैं बस्दैन । युगले बोेलाएको वेला हामी ननिदाईकन जुरुक उठेर जान सक्यो भने अवश्य पनि युगले हामीलाई केहि दिएर जाने छ ।
समस्तको जीत जित्नुका निम्ति समस्तले जन्म पनि लिन सक्नु पर्दछ । यो जीत र हारको मात्र जिन्दगी होइन । यो बाँच्नु र मर्नुको मात्र जिन्दगी होइन् । यो व्यक्तिको मात्र जिन्दगी होइन् । यो प्रतिविम्बहरुको मात्र जिन्दगी होइन् । यो जिन्दगी त व्यक्तिभित्रको समष्टि हो । समष्टि भित्रको भोगाई हो । आँशुहरुको पोखरी हो । व्यथाहरुको कथा हो ।
मैले नदेखेका र नपुगेका सारा गाउँ र शहरहरु
मेरो सलाम छ ।
मलाई आएन र देखेन नभन ।
सबैलाई देखेको छु
सबैलाई चिनेको छु
मेरो यो जीवनमा सवैको प्रतिविम्ब परिरहन्छ ।
समस्त संसार म बसेको ठाउँ त हो नि
समस्त विश्वका मानिसहरु म नै त हुँ नि ।
देखेन नभन, आएन नभन
समस्तको जीत जित्छु, समस्तको जन्म म जन्मन्छु ।

समस्त नदीहरुको संगम हो । भए भएका वस्तुहरुको मेल हो । जे जति कुराहरु छन् ती सवै कुराहरुको रास हो प्रतिविम्वहरुको ऐना हो । त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत कवितामा यथार्थ भावनाहरु समष्टिवादका रुपमा अगाडि सारेका छन् । व्यक्ति केहि होइनन् तर व्यक्ति पनि एउटा अणु हुन् । समाजभित्र सम्पूर्ण कुराहरुको अधिकार समष्टिरुपमा एउटा व्यक्तिको हातमा होइनन् जनताको हातमा हुनु पर्दछ । तब मात्र राजनीतिक सिद्धान्त र विचारधाराका प्रादुभाव भएको मानिने छ ।
यो कुरो कटुसत्य हो । आगोेले पोल्न सक्छ । यो नै आगोको धर्म हो । यो धर्मलाई आगोले यो संसार प्रलयकाल नहुन्जेल सम्म अंगालरे बस्ने छ । जसले जे सुकै भने पनि आफनैं पनमा बाँच्ने छ । अर्काको निम्ति सारा जीवन खर्च गरेर निस्वार्थ रुपमा गुजारा चलाई रहेको छ । त्यसैले म भित्र तिमी, तिमीभित्र म बाँच्न सक्यो भने वाँकी कुराहरु त्यसैं तहतह मिलेर पत्रे चट्टान झैं मजबूत भएर रहने छ ।

प्रकासित मिति २०८० \८ \१३

फेसबुकबाट तपाईको प्रतिक्रिया