युगकविको कविता “महाकवि देवकोटालाई”
“मैले देवकोटालाई बुद्ध पछिको सबैभन्दा ठूलो मानव अवतारको रूपमा लिएको छु ।” देवकोटा भारतका जल्दाबल्दा तीन कवि जय शंकरप्रसाद, सुमित्रा नन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् ।” उक्त भनाई भारतीय महापण्डित डा. राहुल साङ्कृत्ययनको हो । “देवकोटा जस्तो मान्छे नेपालमा जन्मने नै होइन् । उनी नेपालमा जन्मनु भूगोलको गल्ती हो ।” भनी डा. वर्क हिलले साहित्यका बहुमूल्य रत्न महाकवि लक्ष्मीप्रसाद देवकोटा प्रति आफ्नो धारणा व्यक्त गरेको पाइन्छ । वि.सं. १९६६ साल कार्तिक २७ गते लक्ष्मी पूजाको दिन डिल्लीबजार, धोबीधारा, काठमाडौंमा पिता पण्डित् तीलमाधव देवकोटा र माता अमर राज्यलक्ष्मी देवीको तेस्रो छोराको रूपमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म भएको हो । नेपाली साहित्यका बहुमूखी प्रतिभाका धनी देवकोटाको जन्म लक्ष्मी पूजाको दिन भएकोले उनका नाम लक्ष्मीप्रसाद राखिएको हो । तर न्वारानको नाउँ भने तीर्थमाधव देवकोटा हो । बाल्यकालदेखि नै अमरकोश र स्तोत्रमाला पढी पिताको कविता साफी गर्ने भएकोले उनका पिताको कविता र कवि शिरोमणि लेखनाथ पौड्यालका कविता पढेर नै कविता लेख्ने प्रेरणा प्राप्त गरेको देखिन्छ ।
दश वर्षको उमेरदेखि कविता लेख्न शुरू गरेका महाकविले दरबार हाई स्कूलमा कक्षा ८ मा पढ्दा नै “कोपिलाउँदो कवि” को रूपमा परिचित भैसकेका थिए । नेपाली साहित्यलाई अंग्रेजीमा अनुवादित गरी पश्चिम मुलुकलाई चिनाउने काम सर्वप्रथम महाकवि लक्ष्मीप्रसाद देवकोटाले गरेका थिए । बी.ए.पास गरेर त्रि–चन्द्र कलेजमा पहिलो प्रोफेसरको पद पाउने व्यक्ति देवकोटा थिए । त्यसपछि उनले पद्मकन्या कलेज र कमर्श कलेजमा पनि प्रोफेसरको रूपमा अध्यापन कार्य गरेको देखिन्छ ।
“क्षेत्रीको छोरा यो पाऊ हुन्छ घिनले छुदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन ।” भन्ने महान काव्य सृजना गरी नेपाली समाजमा भएका व्यापक छुवाछुट र असमान व्यवहारलाई बिरोध गर्दै सामाजिक न्याय प्राप्तिका लागि क्रान्ति गर्ने महाकवि देवकोटा वि.सं. २०१३ सालमा डा.के आई सिंहको मन्त्रिमण्डलमा ११० दिनसम्म शिक्षा स्वायत्त शासन मन्त्री बनेका थिए । चौध भाषाको ज्ञाता र नौ भाषाबाट कविताको रचना गरी शारदा पत्रिकामा प्रकाशित गर्ने महारथी लक्ष्मीप्रसाद देवकोटाले वि.सं. १९८७ तिर भीम शम्शेरको पालामा लाइब्रेरी पर्वमा पक्राउ गरि जरिवानासमेत गरिएका थिए ।
दुई वर्षभित्र आमा, बुबा र छोरीको मृत्यु भएको र पछिल्लो वर्षमा नाबालक छोराहरू प्रकाश र कृष्णको असामयिक निधनको बियोगान्त घटनाले गर्दा मानसीक रूपमा विक्षित भएको देखिन्छ । वि.सं. २०१६ साल भाद्र २९ गते लक्ष्मी पूजाकै दिन उनको निधन हुनु भन्दा ६ वर्ष अगाडि वि.सं. २०१० सालमा युगकवि सिद्धिचरण श्रेष्ठले नेपाली साहित्यका विभूति महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोराको मृत्युबरणको पीडालाई संस्मरण गरी “कवि देवकोटालाई” शिर्षकका कविताको रचना गरेको देखिन्छ ।
मान्छे स्वतन्त्र प्राणी हो । ऊ बन्धनमा बस्न रुचाउँदैन । पंक्षी भैm स्वतन्त्र आकाशमा उडेर आफ्नै कर्मको गीत गाउन चाहन्छ । हो, आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको छोरा मर्दाको पीडा सम्झेर युगकवि सिद्धिचरण श्रेष्ठले आफ्नो समकालिन मित्रलाई घाऊमा मलम लगाउन खोज्दैछ । पीडामा केही शीतल होस् भन्नाका लागि यो संसार अनित्य छ एक दिन सबैले छोडेर जानु पर्छ भनी सम्झाउन खोज्दैछन् । यो दुई दिनको जिन्दगीमा हामीले आगो र पानी पिएर बाँच्नु पर्ने कुरो बुझाउन खोज्दैछन् । एउटा सूर्यले अर्को सूर्यलाई दिन र रातको कथा सुनाउन थाल्दै छन् । हो, घाऊ लागेको बेला मान्छेलाई गहिरो चोट लागेको हुन्छ । मानसीक पीडामा मानसीक शक्ति हराएर के गर्नु हुन्छ र के गर्नु हुँदैन भन्ने कुरा बिर्सिन सक्छ । पीडाले मन आक्रान्त भएको बेला आत्मग्लानी भएर मन मर्न सक्छ । त्यसैले आज महाकवि लक्ष्मीप्रसाद देवकोटा यौटा घायल पंक्षी जस्तो घाऊ माथि घाऊ थपेर बाँचिरहेको छ । पीडा माथि पीडा तह तह भएर बसिरहेको छ । मानवीय शक्ति भन्दा बाहिर गएर दैवले पनि किन एक पछि अर्को वज्रपात गर्दैछ । भाग्य रेखा भन्दा पर पुगेर मान्छे किन मुर्दा बन्दो रहेछ ? यौटा मानवबाट उठिएको मान्छेलाई अभैm किन दुनियाँहरू तिम्रो आत्मा लुट्न चाहन्छ ? थाहा छैन, यो भवसागरमा ईश्वरले मान्छेलाई किन दुःख दिन चाहन्छ ? मान्छेले मान्छेलाई किन सुख लुटिन चाहन्छ ? तिमीले जतिसुकै पीडालाई छातीमा दलेर निको पार्न खोजे पनि, तिमीले गीत गाउँदा किन रगत निस्किरहन्छ ? कतै यो गीत रगतै रगतको त होइन ? कतै यो गीत गाउँदा रगत निस्किनु पर्ने त होइन ? नत्र किन महाकविले गीत गाउँदा रगत निस्किरहन्छ ? यो संसारमा दुःख र व्यथा सुन्ने आकांक्षाहरू किन बढी रहन्छ ? यो त यहाँको रीत हो । रीतभित्र रितीरिवाजहरू पर्दोरहेछ । कोही सुनेर बुझ्ने गर्छन् । कोही देखेर बुझ्ने गर्दछ । कोही छोएर बुझ्ने गर्छन् । कोहि यो अनित्यभित्र यस्तै हुन्छ भनी पहिले नै थाहा पाउने रहेछन् । त्यसैले आज महाकवि लक्ष्मीप्रसाद देवकोटाको छातीमा गहिरो घाऊ छ । कसैले नदेख्ने, औषधीले पनि निको नहुने, गहिरो ईनार जस्तो निसासिएर मर्न सक्ने घाऊको खाडल छ । मानसीक पीडाले कोत्याएर होला आज भन्दा भोलि झन ठूलो हुँदैछ । इच्छा र आकांक्षाहरू खुम्चिएर आगोको रापले बाँच्नु र मर्नु भैरहेको छ । हो यो मनले त्यो मनको कुरा बुझ्न गा¥हो छ । आत्मा नै लुछिने गरी कसको के चाहना छ भन्न सकिन्न । त्यसैले आज एउटा युगकविले अर्को महाकविलाई आफ्नो मनका कुराहरू पोख्दैछन् । छोरो ईश्वरलाई प्रिय भएकोले चाँदै आफ्नो घरतिर लागेको कुरा गर्देछन् । आत्मा परमात्मा सँग विलिन भएर यो अनित्य संसारको कुरा बुझाउँदै छन् । एउटा ज्योति बाल्नका लागि अर्को ज्योतिको सहारा खोज्दैछन् । कवि–कविभित्र पसेर आत्मामा ज्योति बाल्दैछन् ।
घायल पङ्खी ! तिम्रो घाऊ खपिदै छ हेर के भन्नु !
शायद दुनियाँ चाहन्छ अभैm तिम्रो आत्मा पनि लुछ्नु ।
छाती दल्दै, रगत निकाली तिमीले गाएको गीत
जगको सुन्ने आकांक्षाको हो क्यारे यस्तै रीत ।
आज युगकवि सिद्धिचरण श्रेष्ठले महाकविलाई प्रश्न गर्दैछन् । हे कवि ! यो संसारमा तिमीले के पायौं ? गौ प्राणी जस्तो यता उता कतै नहेरेर तिमीले के लियौ ? पञ्चप्राण वायु रहुन्जेलसम्म यो जीव आत्माले के भोग्यौ ? सुकार्यभित्र तिमीले यो जगत्मा कसरी प्राण धान्यौ ? तिमी–तिमीभित्र हराएको बेला तिमीले के पायौ ? आगोको रापले प्राण पग्लिरहेको बेला तिम्रो आत्माले के देख्यौ ? सुकेको सुख्खा प्राणी जगत्मा जललाई तिमीले कसरी हे¥यौ ? हात फिजाई रुन्दैमा यो जगत्मा कसले तिमीलाई के दियौं ? सहानुभूतिको ढोंगमात्र बटुली तिम्रो मुटुले के पायौ ? यो त बाँचिरहने आत्मा हो । यो त नास भएर जाने शरीर हो । तिमीले अरुलाई बुझाउँदा बुझाउँदै आज तिमी किन थाक्यौ ? आज तिम्रो आँखामा आँसु छ । आसु पुछ्नका लागि ती हातहरूले होइन् आत्माले पुछ्नु पर्छ । किनकि हातले पुछेको आँसु एकैछिनमा सुक्न सक्ला तर आत्माले पुछेको आँसु सदाका लागि पुछिने छ । त्यसैले हामी पीडामा मर्माहत भएर रोएर के गर्नु ? यो त संसारको नियम हो । आज तपाईंको छोराले मुक्ति पाए । भोलि हामीले पनि त्यही बाटोमा जानु छ । यो संसारमा को अजम्बरी बाँचेको छ र ? सबैको आ–आफ्नो सीमा छ । त्यो सीमा भन्दा पर यौटा छुट्टै संसार छ । त्यो संसार कस्तो छ हामीलाई थाहा छ्रैन । किनकि हामीले मृत्युलाई अंगालेको छैन । मृत्युसँग हामी हिँडेको छैन । यो आत्माले खोजेको बेला हामीले मृत्यु पाउन सकेको छैन । त्यसैले तिमी रोएर के हुन्छ र ? कसैको सहानुभूति पाएर के बन्छ र ? यो त सब ढोंग हो । एकले अर्कोलाई गर्ने बाहिरी आडम्बर हो । हामीले संघर्ष गर्न सक्नु पर्दछ । संघर्षभित्र ऊर्जा छ । संघर्षभित्र समाधान छ । तिमीले संघर्षलाई छोड्ने हो भने तिमी–तिमीभित्र हराउन सक्छ । मनमा चोटै चोटले जलाउन सक्छ । कतै आँधीबेहरी चलेर मन–मस्तिष्कमा भताभूङ्ग पार्न सक्छ । त्यसैले हे साथी तिमी उठेर मात्र हेर, तिमीले अझ यो संसारमा कति हेर्न बाँकी छ । दुःख र व्यथालाई मात्र सहेर हेर, तिमीले अझ यो संसारमा केही गर्नु छ ।
भन कवि ! गाई , प्राण सुकार्य, यहाँ तिमीले के पायौ ?
शुष्क जगत्को प्राण पगाल्दै बाँचेको पनि क्वै देख्यौ ?
हात फिँजाई रोई कराई, बन्दैन जगत् यो साथी
सहानुभूति भन्ने ढोंग बटुली के हुन्छ तिमीलाई ।
राम्रो हामीलाई मात्र होइन् ईश्वरलाई पनि प्रिय हुँदो रहेछ । त्यसैले तिम्रो पुत्र ईश्वरलाई पनि राम्रो लागेर होला यमदूतले स्वर्गको बाटो देखाउँदै यमराज कहाँ पु¥याएको रहेछ । कलिलो उमेरमैं यो भवसागरमा दुःख पाउँछौं भनेर ईश्वरले बोलाएको रहेछ । आखिर हामी प्राणी न हो । ईश्वरले बोलाए पछि हामी सबै जानु पर्छ । यो त बन्धनकारी नियम हो । त्यो नियम कसैले उलंघन गर्न पाउने छैन । त्यो नियम भित्र बसेर मान्छेले नचाहेर पनि मृत्युवरण गर्नु पर्छ । यही नै सत्य हो । यही नै धर्म हो । यही नै कर्म हो । यही नै संसारको रीत हो । यो सत्यलाई तिमी मान नमान, चाहे मान्छेलाई त्यसले हविगत किन नपारोस् । यो थिति हो । यो थिति कहिले काहिँ हामीलाई बेथिति हुन सक्ला । यौटा पूmल्न लागेको कोपिला किन ईश्वरको थितिले मार्न खोज्छ ? यौटा निर्दोष कोपिलालाई किन फुल्नै नपाई चुडेर लग्छ ? यो त बेथिति हो । यो त मान्छेको लागि हविगत पार्ने काम भो । विहान पलाएर साँझ नै ओइलाई दिने हो भने यसको अर्थ के हुन सक्छ र ? त्यसैले कविजी, त्यसमा हामी बदला लिनु पर्छ । गीत मात्र गाउने होइन, अग्निगीत गाउनु पर्छ । आगोको मुस्लो निस्किने गरी, आगोले असत्यलाई भष्म पार्ने गरी कसैलाई काखा कसैलाई पाखा नगरी दुईवटा आँखाले समान रूपमा हेर्न सक्नुपर्छ । त्यसैले हे साथी ! तिमीले अग्निगीत मात्र गाएर हेर लाखौं लाख पुत्र वियोगीहरूले तिमीलाई मीत लगाउने छ । तिम्रो मनको शोकलाई एकछिन पन्छाएर हेर, हिजो कति वियोगी आमाहरू शोकमा डुबिसके । आज कति डुबिरहेका छन् । भोलि कति डुब्ने होलान् । यो त कसरी आँकलन गर्न सकिन्छ र ? यौटा वियोगी पुत्रको नाताले तिमी रोएर मात्र नबस । लाखौं लाख पुत्र वियोगी आमाहरूलाई पनि हेर्ने गर । त्यसभित्र कति व्यथा छ । त्यसभित्र कति कथा छ । त्यसैले तिमीले अग्निगीत सुनाउनु पर्छ । तब मात्र यो संसारमा तिमीले न्याय गरेको ठहरिने छ ।
यो कस्तो संयोग होला । यो कस्तो वियोग होला । गन्नै नसकिने, हाम्रा छोरा, छोरीहरूको लास पनि जुरुजुरु उठेर हिड्ने कविजी तिमी त्यस्तो गीत गाई देऊ, जुन गीतमा आगो छ । पानी छ । माटो छ । ऊर्जा छ । मात्र तिमीले अग्निगीत गाईदिनु पर्छ । बितेका लाखौं आत्माहरू जुरुजुरु उठ्ने छ । युगौयुगदेखि शोकले निश्चेष्ट भएर अचेत अवस्थामा रहेका बेहोसीहरूको मूर्छा फुट्ने छ । त्यसैले तिमीले त्यो गीत गाउनु पर्छ । जुन गीतले लोककल्याण होस् । लोकको भलाईको लागि आपूmलाई जतिसुकै चोट परे पनि तिमी उठेर गन्नै नसकिने अगणित छोरा, छोरीहरूको लागि भए पनि शोकबाट ब्यूझाई देऊ ।
आज युगकवि सिद्धिचरण श्रेष्ठको मनमा आक्रोश छ । युगौयुगदेखि कहिल्यै नसुनेको अग्निगीत रचेर गाई दिनका लागि महाकवि लक्ष्मीप्रासद देवकोटालाई कर गर्दैछ । सबैको भलाईका लागि, सबैको कल्याणका लागि मूर्छा परी अचेतहरूलाई चेत खुलाउनका लागि आज मुर्दाहरू पनि जुरुजुरु उठेर हिडाउँनका लागि हे कवि तिमीले यौटा अद्भूत अग्निगीत गाई देऊ । लोकलाई कल्याण गरिदेऊ ।
मृत्यु पठाई कलिलो वयमै जसले तिम्रो पुत्र लग्यो
जसको प्रेरित बेथितिद्वारा तिम्रो यस्तो हविगत भो
त्यसमा बदला लेऊ कविजी ! गाऊ न गाऊ अग्निगीत
लाखौ, लाखाँ पुत्र वियोगी हुनेछन् तिम्रा मीत ।
हाम्रा अगणित छोराहरूको मुर्दा पनि जुरुजुरु उठ्ने
कविजी ! त्यस्तो गीत सुनाऊ युग युगको मूर्छा फुट्ने ।
यो जीवनको नाउ दुःखको सागरमा मात्र चल्दो रहेछ । एक्लै आपूmले मात्र चलाउनु पर्ने त्यो नाऊ माझी विना जानी नजानी खियाउनु पर्ने रहेछ । त्यसैले यो सुखसागर होइन् । जुन नाऊमा माझी छ । आफ्नै इच्छानुसार हिड्ने गरिन्छ । यो त दुःखको सागर हो । दुःखै दुःखको, पीडै पीडाको , शोकै शोकको, भोकै भोकको यो सागरमा किन हो कुन्नी धेरै मान्छेहरू सयर गर्दैछ । भगवान्को लीला यस्तो होइन भने किन मान्छेहरू दुःखै दुःखको सागरमा यति धेरै हिँडिरहेछ ? किन सुखसागरमा हिँडाउन खोज्दैन ? थाहा छैन, त्यसैले यो जीवन दुःखै दुःखको सागर हो । हिड्ने बाटो काँढै काँढाको डर लाग्दो छ । मनभरि भय र त्रास लिएर बाँच्नु परे पनि यो नै जीवनकोे शिक्षा हो । यो नै जीवनको मुक्ति हो । यो नै जीवनको मार्ग हो । यो नै जीवनको सार हो । त्यसैले कविजी तिम्रो यात्रा दुःखसागरमा भयो भनी चिन्ता लिनु पर्दैन । किनकि यहाँ पुत्र वियोग मात्र होइन नानाभातीको समस्या छ । तिम्रो कलिलो पुत्रमरणको पीडाले तिमीले आँसु चुहाएर रुने होइन । तिम्रो अगाडि र पछाडि लाखौं लाख मान्छेहरूको पीडा हेर न खान पाइरहेका छन् न लाउन पाइरहेका छन् । केवल जिन्दगी त्यसै खेर फालेर दुःखै दुःखमा अल्झिरहेका छन् । त्यसैले तिमीले जगको पीडा हेर्नु पर्छ । दुनियाँलाई बुझेर जीवन चलाउनु पर्छ । यो त तिमी आपैmलाई थाहा भएको कुरो हो । वियोगमा चित्त दुख्नु स्वभाविक हो । यो चित्तलाई तिमीले जे ग¥यौ त्यही भएर बस्ने छ । यो दुःखको सागरबाट छुट्ने हो भने आपूmलाई बिर्सेर जगत्को पीडामा सेवा गर्नुपर्छ ।
कवि ! विस्तृत दुःखसागरमा नै चल्दछ जीवनको नाऊ
प्यारो कलिलो पुत्रमरणमा भो भो आँसु नचुहाऊ ।
तिम्रो पीर असह्य बिसाउन कवि ! जगको पीडा हेर
खान र लाउन नमिली दिनहुँ गइरहेछन् कति जीवन खेर ।
पीडाको त्यो सागरमा तिम्रो आँसु मिसाएर हेर । तिमीले के पाउने छौं । तिमीले के गुमाउने छौं । त्यसैले हे कविजी ! तिम्रो पीडा जगत्को पीडासँगै मिलाई दिए हुन्छ । व्यथा व्यथासँगै मिलाई दिए हुन्छ । आँसु आँसुसँग मिलाई दिए हुन्छ । तिमीले सबै कुराहरू यही थोपा थोपामा झारेर पीडाको सागर अझ झन बढाई दिए हुन्थ्यो । मान्छे जिउनका लागि आफ्नोमा होइन् अर्काको पीडामा बाँच्नु पर्ने रहेछ । यो पीडाको सागर हो । जहाँ थुप्रै मान्छेहरूको आँसु छ । जहाँ थुप्रै मान्छेहरूको पीडा छ । त्यही पीडा सागरमा मिलाई दिए पछि मन हलुको भएर त्यो सागरमाथि तिम्रो जीवनको नाऊ चलाई दिए हुन्छ । वारीबाट पारी जानका लागि, पारीबाट वारी आउनका लागि चिरनिद्रामा नपुगेसम्म बस् तिमीले यात्रा गरिदिए पुग्छ । जीवन यात्रामा कुहेको आस लिएर हिडेपछि सपना सबै डढेको बेला मान्छे–मान्छे भई बाँचे पछि तिमीले भष्म दलेर नाचेर हेर । यहाँ लाखौं लाख जिलाउने मात्र होइन बनाउनका लागि तिमीले आफ्नो दुःखलाई बिर्सेर हेर अनि थाहा पाउने छौं । सुख र दुःखका कथाहरू, आँसुका व्यथाहरू सबै कुरो बुझ्ने छ । यो भवसारगमा हजारौ हजार सागरहरू देख्ने छ । त्यसैले तिमी निष्कलङ्क भएर विना स्वार्थ बाँच्नका लागि तिम्रा ती इच्छा, आकांक्षा अनि सपनाहरूलाई कतै जलाई देऊ । तब मात्र तिमी भष्म दलेर नाच्न सक्छौ । यो पञ्चतत्वको शरीरमा यौटा तत्वले पनि जीवन सरल बनाउन सक्छौ ।
पीडाको त्यस सागरभित्रै तिम्रो यो बुँद मिलाऊ
अनि त्यै सागरमाथि तिम्रो यो जीवन नाउ चलाऊ ।
स्वप्न डढेको, आस कुहेको भष्म दली तिमी नाच
लाख जिलाउन, लाख बनाउन दुःखमा पनि तिमी बाँच ।
यो जीवनमा बाँच्नु छ भने आपूm मात्र होइन अरुलाई पनि बाँच्न सिकाउनु पर्छ । मृत्यु त धेरै टाढा छैन । तैपनि मृत्युलाई पनि जितेर हामीले यहाँ आरोग्य पैmलाउन सकूँ । स्वस्थ अनि तन्दुरुस्त बनाउनका लागि नयाँ निर्माणको बाटो रोज्नका लागि यहाँ बेथितिहरू सबै भत्काएर यो संसारमा नयाँ थितिहरूको निर्माण गरौं । जहाँ भोकको समस्या छैन । जहाँ अमानवीय कुराको गन्ध छैन । जहाँ पीडै पीडाको सागर छैन । जहाँ रोगव्याधीको भय छैन । जहाँ असमानताको डर छैन । त्यस्तो नयाँ संसार निर्माण गर्नका लागि म मात्र होइन् हामीहरूको खाँचो छ । बेथितिहरूलाई थितिमा बसाल्न नयाँ युगको आवश्यकता छ । त्यसैले हे कवि ! तिमी नयाँ युगको बिगुल फुकिदेऊ । तिम्रो पछाडि लाखौ लाख जनतामात्र होइन लाखौ लाख मीतहरू पनि आउने छ । तिम्रो विगुलको आवाजलाई सबैले घर–घरमा पु¥याउने छ । सुख र शान्ति अनि रोगव्याधी हटाउनका लागि, भत्किएका आत्माहरू जुरुक उठाउनका लागि, दया र माया पाउनका लागि तिम्रो विगुलले काम गर्ने छ । विश्वभरीका केटाकेटीहरूलाई कतै भोक, रोग र शोकले मर्न नपरोस् भन्नाका लागि कविजी तिमीले आज उर्दी फिजाई देऊ । सुस्केरा अनि निःश्वास पीडामात्र होइन आँसुलाई पनि टक्क अडाई देऊ । यसैमा मानव कल्याण छ । मानव जगत्मा तिम्रो ठूलो देन रहने छ । त्यसैले कविजी तिमीले जगत्को आँसु पुछ्ने हो भने बेथितिलाई भत्काएर नयाँ थिति बनाउनु पर्छ । कलिला ती मुनाहरूको भविष्यलाई हरेर हामीहरू सबैले यौटा नौलो रचना रच्र्नुपर्छ । होइन भने बेथितिमै बसेर जीवन बित्ने छ । थितिको लागि आशै नगरी जीवन डुब्ने छ । त्यसैले आज हिजोको कुृरा होइन । आज छुट्टै यौटा कालखण्डको इतिहास कोर्नु छ । विश्वभरीको कोपिलाहरूको अकालमै मृत्युबाट जोगाउनु छ ।
देश बिधाता कविजी ! तिम्रो छोरा र छोरीहरू यहाँ मात्र होइन यो देशभरी छरिएर बसिरहेका छन् । तिमी छिट्टै उठेर जाऊ । ती कलिला मुनाहरू कहाँ नत्र तिनीहरू जिउन नपाई त्यतै मर्ने छन् । हे कविजी ! तिमी त विधाता हौ । जगत् कल्याणका लागि नै तिम्रो जन्म भएका हौ । प्रज्ञा र करुणा लिएर जन्मेको तिमी आपैm ईश्वरको अंश हौ । सत्य र असत्य छुट्याउने तिमी यौटा धर्मकाँटा हौ । गंगासागर जस्तो मन चोखो राखेर विना काखा र पाखा काम गर्ने तिमी देश बिधाता हौ । त्यसैले हे ईश्वर ! समयलाई छलेर असमयमा ती लालावालाहरू कसरी मृत्युको मुखमा पु¥याउन सक्छौं ? जीवनका लागि जन्मेका ती मुनाहरू किन जीउन नपाउँदै चिरनिद्रामा सुताउने गर्छौ ? त्यसैले तिमी जुरुक्क उठेर ती लालाबालाहरूलाई बचाउनु पर्छ । हामी मात्र बाँच्ने होइन उनीहरूको भविष्यलाई पनि बचाउन सक्नुपर्छ ।
संसार नयाँ निर्माण गर बेथिति यस्तो हुन्न जहाँ
बाँच बचाऊ मृत्यु जितीकन पैmलाऊ आरोग्य यहाँ ।
विश्वभरिका केटाकेटी असमयमा मर्न नपाओस्
उर्दी फिजाऊ जाऊ कविजी ! आह र आँसु टक्क अडोस् ।
देश बिधाता कविजी ! तिम्रो छोराहरू छन् देशभरी
जाऊ उठ उठ अरु पनि मर्लान् कठै ती जिउँछन् कसरी ।
युगकवि सिद्धिचरण श्रेष्ठले आफ्ना आत्मिय मित्र महाकवि लक्ष्मीप्रसाद देवकोटाका छोरा मर्दाको पीडा केही हदसम्म निको पार्न सकिन्छ कि भन्ने उद्देश्यले प्रस्तुत कविता रचना भएको देखिन्छ । भनिन्छ, डुब्ने मान्छेलाई त्यान्द्रोको सहारा पनि ठूलो हुन्छ । कतै युगकवि सिद्धिचरण श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सहानुभूति मात्र होइन् तिम्रो पीडा यो जगत्मा धेरैले भोगिसकेको छ । त्यसैले उनीहरूको भोगाईको पीडालाई फर्केर हेर्दा आफ्नो पीडा केही हदसम्म कम गर्न सकिन्छ भन्ने अध्यात्मिक तथा मनोविज्ञान चिन्तनलाई अगाडि सारेको देखिन्छ । शुन्यबाट पलाएको मान्छे शुन्यमा नै हराउँछन् भने शाश्वत सत्यलाई आत्मसाथ गर्नु हाम्रो धर्म हो भन्ने कुरा कहिले काहिँ दुःख पीडा हुँदा बिर्सन सक्छ । यसलाई जगाई दिए आपैm सबै कुराहरू ठीक भएर आउँछ भन्ने अभिप्रायले युगकवि सिद्धिचरण श्रेष्ठको मनमा लागेका ज्वारभाटाका कुराहरू प्रस्तुत कवितामा पोखिएको देखिन्छ । देशको बिधाताका रूपमा सर्वज्ञान सम्पन्न महाकवि लक्ष्मीप्रसाद देवकोटाको मनमा सधैं बल्ने गरेको अखण्ड महाज्योतिलाई एकछिन आँखा चिम्लेर हेर्नका लागि सल्हाह दिँदैछन् ।
अनौठो छ, मान्छेको जीवन । यो पीडाको सागरमा बाँच्न धेरै मुस्किल हुँदोरहेछ । मन मस्तिष्कमा धेरै तर्कनाहरू उठेपछि आपूmले आपैmंलाई पनि बिर्सन सक्छ । त्यसैले महाकावि लक्ष्मीप्रसाद देवकोटा जस्तो असाधारण व्यक्तिलाई पनि पुत्र बियोगको घटनाले आहत भएर आज रोई रहेको बेला युगकवि सिद्धिचरण श्रेष्ठले प्रस्तुत कविताको माध्यमद्वारा मलम लगाएर भवसागरको कुराले मनमा केही शीतल दिन खोज्दैछ ।
प्रकाशित मिति २०७८–७–१४
फेसबुकबाट तपाईको प्रतिक्रिया