युगकवि सिद्धिचरणका कविता –’नयाँ वर्ष’

स्वयम्भू शाक्य
नयाँ आफैमा राम्रो हो । एउटा अस्तित्वको समाप्ती संगै अर्को अस्तित्वको जन्म हुनु नराम्रो होइन् । एउटा पुरानो वर्षलाई छोडेर नयाँ वर्षको आरम्भ हुनु सबैको लागि सुखद् कुरो हो । तर सवै नयाँ राम्रो मात्र हुन सक्दैनन् । नराम्रो पनि हुनु सक्छ । राम्रो हुन लागि त आफू पनि राम्रो हुनु पर्छ । सकारात्मक सोचेको जन्म भएको हुनु पर्छ । हिजोको वाटोले आजलाई देखाएको हुनु पर्छ । समय समयमा सवै कुराहरुको गोलमेल गरी हेर्न सक्नु पर्छ । तब मात्र राम्रो हुन सक्छ । यो कुनै भाग्यको खेल होइन् । यो त आफूले आफैलाई गर्ने नियतीको खेल हो । त्यो खेलभित्र आफू कहाँ छु भन्ने कुराले त्यसको परिणामलाई जन्म दिन्छ । त्यसैले सवै नयाँहरु राम्रो नहुन पनि सक्छ । सबै राम्राहरु पछि नराम्रा पनि हुन सक्छ । यो त समयले दुनियाँलाई देखाउने खेल हो । त्यो दुनियाँभित्र हामी पनि बदल्नु पर्छ । किनकि हामी यो दुनियाँमा हिडिरहेका छौं । जो जहाँ वस्ने गरिन्छ त्यहाँको समाजसंगै नहिड्ने हो भने हामी पनि पुराना हुने छौं । काम नलाग्ने सुकेको पात जस्तै रुखवाट झरेर भूईमा कुहिएर जाने छौ । त्यसैले सवै नराम्रा कुराहरु राम्रा पनि नहुन सक्छ । सवै राम्रा कुराहरु संधैका लागि नराम्रा पनि हुन सक्छ । यो त समय हो । समयले राम्रोलाई पनि नराम्रो पार्न सक्छ । नराम्रोलाई पनि राम्रो पार्न सक्छ ।
पातहरु पुरानो हुनु समयले पातहरुलाई गलाउनु हो । नयाँ वृक्षमा नयाँ पातहरु हुनेछन् । पुराना वृक्षमा बसन्तको आगमनसंगै नयाँ पातहरु पलाउने छन् । हेदै लोभ लाग्दो हरियो भएर हावाका झुक्कासंगै पातहरु पनि मस्त भएर आफ्नै धूनमा गीतहरु गाउने छन् । झरनाहरु उन्मुक्त भएर पहाडका खोच खोचहरुवाट झर्नेछन् । हरियाली भूईमा लिपेर होला बन्यजन्तु र चराचुरुङ्गीहरु खुशीले गद्गद् हुदैं जीवनको सार वुझाउनेछन् । खोलाहरु कलकल गदैं निर्मल जीवन विताइरहने छन् । भगवानसंग खुशी र समृद्धिका लागि नयाँ वर्षसंगै प्रार्थना गर्दैछन् । त्यसैले होला यो नयाँ वर्षभित्र शुभ छ । समृद्धि छ । आशा छ । कल्याण छ । बसन्त छ । हरियाली छ । शान्ति छ । सुख छ । जसलाई आफूले लिन सक्नु पर्छ । मनले खोजेर कर्मको बाटोमा पाएका ती सबैलाई आफूले वटुल्न सक्नु पर्छ । होइन भने ती त बगेको पानी हो । आपूm उभिएको ठाउँमा कहिल्यै पनि फर्किने छैन । रितो हात भएर नयाँ वर्षमा पनि सुकुसुकु रोएर मेरो भाग्य नै यस्तै रहेछ भनी निरास हुनु वाहेक अरु केही विकल्प नहुन सक्छ ? त्यसैले भाग्य पनि कर्मको बाटोमा हिड्नु पर्छ । नयाँ वर्षसंगै पुराना सम्झनाहरुलाई छोडेर नयाँ सम्झनाहरु भविष्यका लागि साँच्नु पर्छ । ताकी जीवन खुशी रहोस् । हाम्रो जीवन देखेर अरुले पनि देखासिकी गर्न सकोस् ।
पुराना कुराहरु सवै नराम्रा होइनन् । राम्रा कुराहरुलाई हामीले आत्मसाथ गर्नुपर्छ । रीतिरिवाज मात्र होइन हाम्रो जीवन नै प्रथामय् बनाउनु पर्छ । समयले फेरे जस्तै हामीले पनि ऋतुसंगै पुराना काम नलाग्ने कुराहरुलाई फेदै जान सक्नु पर्छ । तवमात्र जीवनले सार पाउने छ । यो आतुर मनले राम्रा नराम्रा रीतिरिवाजहरुलाई केलाएर नयाँ वर्षसंगै नराम्रा कुराहरुलाई त्याग्न सक्नु पर्छ । मन आकाश जस्तै विशाल वनाएर सबै थोक अटाउन सक्नु पर्छ । युगै युगसम्म लटरम्भ फले जस्तै खोज्नै नपर्ने गरी आज हामीले गोलमेल नगने हो भने हामीलाई यो युगले घिक्काने छन् ।
पात पुराना झरिरहेका देख्दैनौं ती वृक्ष नयाँ
हरिया लहलह चिडिया चहचह ल्याउन सरस बसन्त यहाँ ।
रीत पुराना झार्न निमित हामी पनि अतुर टम्म
खोजेथ्थौं जुन युगयुगसम्म पनि यहाँ लटरम्भ ।

मान्छेहरुका आ–आफ्ना खुशी र चाहनाहरु हुछन् । ती खुशी र चाहनाहरु नयाँ वर्षदेखि साकार होस् भनी अभिलाषा राखेका हुन्छन् । आफ्नो जीवन निर्वाह गर्ने क्रममा नयाँ वर्षको बहान कसरी चलाउने हो त्यो त आफूमै निर्भर रहने कुरो हो । सुख र समृद्धिका लागि नयाँ सोच र व्यवहारिक चाहनाले यो भवसागर टर्नका लागि हामीहरुले धेरै नाऊहरु फेर्नु छ । सागर अनुसारको नाऊ हामीले नरोज्ने हो भने हामी पक्कै डुब्ने छौं । सागर टर्न नसकेर हामीहरु त्यही विलय भएर जाने छन् । तसर्थ यो जीवनमा इच्छा र आकान्क्षाहरु राख्नु मात्र ठूलो कुरो होइन् रहेछ । इच्छा र आकान्क्षाहरुका गन्तव्यसम्म पुग्न मैले त्यस्तो बहान खोज्नु पर्छ जहाँ सजिलैसंग पुग्न सकिन्छ । होइन् भने मेरा इच्छा र आकान्क्षहरु कहिल्यै पनि मेरो हुन सक्दैनन् । यो नयाँ वर्षमा नयाँ बहानको आवश्यकता छ । आफूले खोजेको जस्तो, आफूलाई पायक पर्ने जस्तो त्यस्तो बहानको आवश्यकता छ । जसले बाटोमा गाह्रो सारो भए पनि मेरो गन्तव्यमा पु¥याउन सकोस् । जिन्दगीको लामो यात्रामा मनका चाहनाहरु थोरै भए पनि पुरा गर्न सकोस् ।
नयाँ वर्षमा सुन्दर लक्ष्य प्राप्त गर्नु छ भने मान्छेको मन विशाल भएर मात्र पुग्दैन त्यो विशाल मनभित्र छिरछिर दुरदुरलाई हटन सक्नु पर्छ । खिचोलोहरुलाई मिल्काउन सक्नु पर्छ । प्रेम, माया र स्नेहलाई बढावा दिन सक्नु पर्छ । मवाट उढेर हामीवाट सोच्नु सक्नु पर्छ । तव मात्र नयाँ वर्षको आरम्भ हुन सक्छ । मीठा मीठा फलहरु खाएर जिन्दगीमा सौभाग्य पाउँन सकिन्छ । होइन भने यो जीवन त नयाँ वर्षमा पनि त्यसै त्यसै नासिएर जाने छ । टुसा पलाउन नसकेर नयाँ वर्षमा पनि बाटाभरी बालुवै वालवा भएर सपनाका घर त्यसै त्यसै भत्किएर जानेछ । त्यसैले आजको युग जागत् र उन्नतिको युग हो । जहाँ सुख, शान्ति र समृद्धिका लागि नयाँ वर्ष आउने गरिन्छ । बसन्तसंगै जता हे¥र्यो उतैं हरियो भएर मान्छेहरुको मन र मस्तिष्कमा पनि एउटा नयाँ आनन्दको अनुभूति गरिरहेको हुन्छ ।
वर्ष नयाँको बाहनमाथि हाम्रो जीवन अव बढ्छ ।
बढ्नु छ खालि चिनेर, त्यो सुन्दर लक्ष्य पुगिन्छ
आपसवीचको छिछिलो खिचलो हट्दै जान्छ अव साथी
टेकिरहेछौं अहिले हामी जाग्रत उन्नत युग माथि ।

बनको बाघ भन्दा मनको बाघ धेरे डरलाग्दो हुदो रहेछ । बनको बाघलाई त मान्छेले धपाउन सकिन्छ । तर मनको बाघलाई न धपाउन सकिन्छ न मार्न नै सकिन्छ । किन्तु यो किन भैरहेको छ । आफ्नै मनभित्रको त्यो बाघ यति धेरै शतिmशाली हुनुको राज के हो ? मान्छेको मनमा बसेर बाघले पनि राज्य चलाउन सकिन्छ र ? सुन्दा पनि अनौठा लाग्छ । बुझ्दा पनि नमीठो लाग्छ । यो के भएको हो ? के साँच्चै मान्छेको मनमा पनि बाघ अटाउन सकिन्छ र ? सम्भव नभएको कुरोमा पनि मान्छेहरु किन विश्वास गदैछन् । यो कुरो सत्य हो । मनको बाघले मान्छेको छातीभित्र पसेर आफूलाई मन पर्ने मुटु, कलेजो मात्र होइन रगत पनि चाटिरहेका छन् ।
पीरै पीरले यो ज्यानलाई फल्गु भैm सुकाएर मनको बाघले के गर्न खोजेको हो । थाहा छैन, त्यसैले अव ढिलो गर्नु हुँदैन । मनको बाघलाई चाँडै धपाउनु पर्छ । मनभित्रको आत्मबललाई बालेर मनको बाघ बस्ने ठाउँमा आगो सल्काउनु पर्छ । ताकी मान्छेहरुलाई डर,क्रास र पीडावाट बच्न सकोस् । चिन्तै चिन्ताका ती पीरहरुलाई खरानी बनाएर माटो मैं मिलाउन सकोस् ।
भनिन्छ, डर त आफैभित्र पलाउने कुरो हो । अब त डर मान्नु पर्दैन । मनको बाघले हाम्रो मुटु र कलेजो कहिल्यै पनि खान सक्दैन । यो त हामीले हामीभित्र जन्माएको डर हो । जुन डरले हामी संधै पिल्सिरहेको छौं । कसैले ठगेर, कसैले कुल्चेर, कसैले छल्केर, कसैले पेलेर अव हामी त्यसैं चुप लागेर रुन्दै अतालिएर जीवन विताउने पक्षमा छैनौं । किनकि आज समयले बाधा अड्चनहरु फुकाई सकेको छ । नयाँ वर्षसंगै नयाँ घाम लागेर नयाँ युगको जन्म भैसकेको छ । त्यसैले युगको परिवर्तनसंगै नयाँ नौलो जीवनको शुरुवाती भएर मनका बाघहरु भागिसकेका छन् ।
नयाँ वर्ष आजको चाडपर्व होइन् । यो त समयले मागेको चार्ड हो । प्रथाको रुपमा चल्दै आएको नयाँ वर्ष पूर्खाहरुको मात्र होइन मानव जीवनकै एउटा आशा र भरोसा हो । सपना साकार गर्न आ–आफूले गर्ने प्रतिज्ञाको शुभारम्भ हो । त्यसैले होला नयाँ वर्षमा खुख, शान्ति र समृद्धिको कामना गदै मानव जीवनमा प्रेम र सद्भावको अपेक्षा राख्ने गरिन्छ । टुवो जस्तो मानवीय धर्म अंगाल्न जन–जनमा ज्योति बाल्ने प्रयास गरिन्छ । नयाँ अतिथीहरुलाई सत्कार गदैं अमूल्य समयलाई आत्मसाथ गर्न सिकाउन खोज्छ ।
मनको बाघ देखि डराई गछौ ता अव पनि बेर
ठगिनेछौ है, छकिने छौं, पहिले पहिले झैं हेर
रुञ्चे अड्को पिञ्चे, बाघा हाम्रो लागि क्यैं होइन
आइसक्यौं नौलो युग नै छैन कतै शंका रै न
पूर्खाहरुको आशा, सपना साकार हुने यो चाड

नचिनी, नवुझी खेर नफालौं, गरौं यसको सत्कार ।
मान्छेले आफ्नो जीवनमा दुःख नहोस् भन्नाका खातिर नानाथरिका वाधा र अवरोधहरुसंग संधै सामना गरिरहेका हुन्छन् । जो हार्छ उसलाई जित्नेले निल्ने गरिन्छ । तर मानव जीवनमा त्यस्तो मत्स्यन्यायको कल्पनासम्म पनि गर्न सकिन्न् । किनकि हार्नु आफू समाप्त हुनु होइन् । बाधा र अवरोधलाई पन्छाउन नसक्नु आफू निर्बल हुनु होइन । यो त समय र परिस्थिति अनुसार चल्न नसक्नु हो । वुद्धि र विवेकको पालना गर्न नसक्नु हो । त्यसैले नयाँ वर्षमा मान्छेहरु उर्जा चाहन्छन् । उत्साह र उमंग चाहन्छन् । खुशी र शान्ति चाहन्छन् । दया र माया चान्छन् । ताकी जीवनमा कोही कसैलाई दुःख नहोस् । रोएर वाटोभरी हिड्न नपरोस् । बस यति भए पुग्छ भनी युगकवि सिद्धिचरण श्रेष्ठले नयाँ वर्षको शुभकामना दिदैं समस्त प्राणी जगत्को कल्याणका निम्ति सबैको जय होस् भनी कामना गदैछन् ।

प्रकासित मिति २०८०-९-४

फेसबुकबाट तपाईको प्रतिक्रिया