युगकवि सिद्धिचरण श्रेष्ठ र माग्ने गीत


स्वयम्भू शाक्य

आज मध्यरातमा निशाकरले शहरको एउटा कुनामा किन पाटी रोइरहेको छ भनी बुझ्न खोज्दैछ । भित्री हृदयमा कसैले घाऊ निचोरेर होला पीडै पीडाले सहनै नसकेर एउटा मान्छे रजनीसँगै घाऊमा नुनचुक छरेको व्यथाको गीत गाउँदैछन् । निशान्तले आपूm उज्यालो हुन लागेको रातको संज्ञा दिँदै बोलाउन खोज्दैछ । मध्यारातमा प्राणीहरू ईश्वरको काखमा निदाएर होला बाटाहरू सुनसान छन् । घरद्वार नभएका केबल दीन दुःखीहरूको विश्राम गर्ने थलोमा आज किन हो किन बेदनाका आवाजहरू मात्र सुन्दैछन् । रात अध्यारो छ । अध्यारोभित्र राम्रो कहिल्यै पनि हुन सक्दैन । आँखा भएर पनि मान्छेले मान्छेलाई चिन्न सक्दैन । यो त शहरको रात हो । शहरमा तिमी र म मात्र होइन यहाँ लाखौं मान्छेहरू आ–आफ्ना स्वार्थ बोकेर हिँडिरहेका छन् । आ–आफ्नै व्यथा बोकेर सपना देख्दैछन् । को–कसलाई फर्केर हेर्ने समय छ । को–कसले लडेको मान्छेलाई उठाउने फुर्सद छ । यहाँ त आ–आफ्नो व्यस्तता छ । व्यस्तता भित्र थुप्रै स्वार्थहरू लुकेका छन । त्यसैले यो त मध्यरात हो । मध्यारातमा जसको जे भए पनि निद्राबाट ब्यूझिएर कसलाई झ्यालबाट चिहाएर हेर्ने समय छ । शहरको कुना कुनामा दीन दुःखीहरू विश्राम गर्ने पाटीहरूमा जो जति सुकै रोए पनि रुँदा रुँदैं आँशु नै सकेर गए पनि यहाँ कसलाई कसको मतलब छ र ? यौटा मान्छेको भत्री हृदय जलेको हेर्नलाई, कसैको घाऊमा मलम लगाउँनलाई, बिग्रे–भत्केको ठाउँमा मर्मत गर्नलाई व्यथै व्यथाले बगाउनु खोज्दा पनि कसैले त्यान्द्रोको सहारा दिन पनि यहाँ कसको फुर्सद छ र ? यौटा शहरको कुनामा मध्यारातमा पीडाले छटपटाई रोईरहेको भिखारीलाई एक अन्जुली पानी पिलाएर नरोऊ भन्ने यहाँ को छ र ? त्यसैले त्यो एउटा भिखारी न हो । जतिसुकै दुःख कष्ट सहेर पनि कालको प्रतिक्षामा पीडाको गीत गाउनु बाहेक अरु के पो गर्न सकिन्छ र ? म चाँडै मर्छुं भनी काललाई बोलाएर चित्तामा कहाँ सत्न सकिन्छ र ? यो त माग्नेको गीत हो । जुन व्यथा आपूmलाई नपरुन्जेलसम्म मान्छेहरू बुझ्न चाहँदैन । नचाहेको गीत सुनेर अर्थको परिभाषित गर्न सक्दैन ।
आँखाले देखेर होला , निद्रामा सुतेर होला यो जगतमा बाक्लो कमलो लहरो यताउता पैmलिएर होला, सपनाका पुष्पहरू टिप्दै झार्दै होला, छलकपट विनाको मन कल्पनामा डुब्बेर होला, लता लताहरू रातमा पैmलिएर होला, मनमा आभाष हुने दृश्य स्वप्नदर्शीले देखेर होला, स्वप्नालुहरू आज किन हो कुनी त्यो कालो जगको बडेमान फाँटमा यौटा गाना गुन्जिरहेको छ । यौटा जीवनमा फुटेको भाग्य लिएर भगवान्लाई हजारौं प्रश्न सोधिरहेको छ । हे भगवान् ! यो कस्तो चोला भिखारीले किन सफलता नपाएको होला ? यो भिखारीको निधारबाट किन भाग्य चुहेको होला ? त्यसैले युगकवि सिद्धिचरण श्रेष्ठले यौटा माग्नेको गीतमा जीवनका कथाहरू अनि जीवनका व्यथाहरूलाई आँखा चिम्लेर यसरी आँसु झार्दछन् ।
मध्य निशामा शहर कुनामा
यौटा पाटी रोइरहेछ
भित्र हृदयको घाऊ निचोर्दै
यौटा माग्ने गाईरहेछ ।
दृग गमलाकैं नीद लताका
स्वप्न सुमनहरू टिप्दै झार्दै
कालो जगको फाँट बडेमा
उसको गाना गुन्जिरहेछ ।

ढुङ्गा जस्तो मुटु बनाएर होला, जोरजाम गरी धेरै धेरै दिनदेखि सम्मालेर होला, यौटा मुटु केहि समयको लागि कठोर बनाएर दया र मायालाई तिलाञ्जली दिएर होला , महाभारतको युद्धमा प्रत्यक्ष वर्णन सुनाउने सञ्जय जस्तो सारथि पाएर होला यो जीवनमा यौटा भिखारीले गीत गाउँदा वारी र पारीको कथा लुकेको हुन्छ । उसको सञ्चित व्यथा बोलेको हुन्छ । दुःखै दुःखले बल्झेको घाऊले स्वरमाथि स्वर चढेको हुन्छ । त्यसैले ऊ अभावको गीत गाउँछ । दुःखै दुःखले गुनगुनाउन थाल्छ । आवाजहिन भएर निशब्दको आवाज उठाउँछ । सुन्नै नसक्ने, बुझ्नै नसक्ने मुखाकृति मात्र हेरेर उसको मनभित्र आगो लागेको थाहा पाउनु पर्ने । हे दैव ! एउटा माग्नेको गीत गाउँनेलाई दुई चारदिन भोकै राखेर तिमीले के गर्न खोजेको ? हे दैव उसको हृदयको घाऊ किन निको नपारेको ? कैयौं श्रवणतीर्थ चहारेर उसले पनि श्रवण विधा सिकिसकेको छ । शब्द ग्रहण गरेर पुण्यभूमिको पवित्र नदी र कुण्डहरू घुमे पनि यौटा मान्छे जन्मले होइन कर्मले पछाडि पार्दैछ ।
यो जीवनमा किन पीडै पीडाको शब्दहरू घुमिरहन्छ ? यो जीवनमा किन दूर दूरसम्मको मर्महरू छिचोली रहन्छ ? दया र मायाले प्रेम र स्नेहले कसैको आँखामा करुणा देखेर होला कसैप्रति उपकार गर्ने मनोभावना राखेर होला करुणाका ध्वनिहरू आज यौटा भिखारीको गानामा किन टाँसिएर पैmलिरहेको छ ? उसको स्वभावले होला ु उसको मायाले होला, उसको निस्वार्थले होला, उसको श्रवणीय गीतले होला । टाढा टाढासम्म आज किन उसको कुरा चलिरहेको छ । यौटा माग्ने गीत गाउँने मान्छेको आज किन गाना पैmलिरहेको छ ?
सञ्चित उसको निष्ठुरतम छिन
स्वरमाथि चढी निस्किरहेछ
कैयन् श्रवणतीर्थ चहारी
नीरवतामा दौडिरहेछ ।
शब्द शब्दमा पीडा घोली
दूर दूरको मर्म छिचोली
करुण ध्वनिको लहर चलाई
उसको गाना पैmलिरहेछ ।

मान्छेको भाग्य न हो, भाग्यले मान्छेलाई ठूलो र सानो बनाउँदो रहेछ । यो त संसारकै ठूलो कुरो हो । जन्मेर आउँदा कसको भाग्य कति छ भनेर लेखेको होला ? यो त जीवनको मेरुदण्ड रहेछ । जीउनका लागि भगवान्को वरदान जस्तै रहेछ । न्याय पाउनका लागि, न्याय गुमाउँनका लागि, अन्याय सहनका लागि, अन्यायलाई पाखा लगाउँनका लागि, भाग्यको आवश्यकता पर्दो रहेछ । भनिन्छ मान्छेको निधारमा निलो मसीले ईश्वरले भाग्य कोर्ने गरिन्छ । त्यही भाग्यले होला मान्छेहरू नमरुन्जेलसम्म बाँचिरहेछ । पल पलमा आशाका किरणहरूलाई हेर्नका लागि मान्छे–मान्छेभित्र हिँडिरहन्छ । मान्छे–मान्छेभित्र खोजिरहन्छ । दुई दिनको छोटो यात्रामा कसैलाई त्यो नै लामो यात्रा हुनेछ ।
भाग्य बुझि नसक्नु छ । आफ्नै भाग्यले मान्छे ओरालो लाग्न सक्छ । टुटेर फुटेर आसै आसमा कतै आकाशमा उडेर आफ्नो इच्छा पूरा नभएको पनि हुन सक्छ । भग्नावशेष जस्तो भत्की बिग्री बाँकी रहेको अवशेष जस्तो, मनोरथ भए पनि भग्न प्रतिज्ञा भंग भए जस्तो, कस्तो कस्तो आपूm आपैmमा पलायन भए जस्तो, टुटी फुटी भत्केर गएपछि, मनभरी चोतका घाऊहरू मात्र बाँकी रहे जस्तो, नासिएर मासिएर बाँकी भएका केही थुप्रिएर बसे जस्तो यौटा माग्नेको लागि गीत बन्न सक्छ ।
झरनाको पानी निर्मल र स्वच्छ छ । यो त धेरै ठाउँमा हण्डर खाएर पहाडको खोंच खोंचबाट झर्ने गरिन्छ । असीम पीडाले युगौ युगदेखि मन छोएर होला छहराले गीत गाउँदै दुःखका पीडाहरू पर्वतबाट झर्दैछन् । ढुङ्गा–ढुङ्गामाथि, पानी–पानी माथि यौटा पीर हजार चोटले दुःखेपछि मन आँतिनु स्वभाविकै हो । त्यसैले यो मनभित्र कालो बादल लागेर बिजुली चम्की आँधीबेरी आएपछि मन रुनु स्वभाविकै हो । मन दुख्नु स्वभाविकै हो ।

यो कुरा ध्रुवसत्य हो । दया र मायाले मात्र दान दिने गरिन्छ । त्यसैले यौटा माग्ने मान्छेले भीख माग्दैमा सबैले दिनुपर्छ भन्ने छैन । जसको मनमा श्रद्धा छ, दया र माया छ । उसैले मात्र दिने गरिन्छ । यो त स्वभाविक प्रक्रिया हो । माग्ने हातहरू जतिसुकै थाके पनि यौटा निष्ठुरीको लागि त्यसको के औचित्य हुन सक्छ र ? चौतारीमा बसेर जतिसुकैं दुःख पोखे पनि हावाले उडाएर त्यो पल्लो डाँडामा पु¥याउन सक्छ । यौटा मान्छेलाई भाग्यले कुल्चिएर हिँड्दैमा यो संसारले किन चासो राख्छ ? विधिको विधा नै यस्तै रहेछ । मान्छे जीउनका लागि जतिसुकै दुःख व्यथा सहेर पनि विधिको दस्तुर तिर्नु पर्नेरहैछ ।
भाग्य फुटेको आस उढेको
भग्न मनोरथ थुप्रिरहेको
ऊ नै यौटा पर्वत क्यारे
गाना छहरा पीर झरेको ।
भीख दयाको माग्दै थाकी
उसतिर जाने चौतारीमा
संसृतिपटको पोका पोखी
दस्तर विधिको तिरीरहेको ।

युगको आँचल भिजैर होला त्यो अस्तव्यस्त अनि राम्रो प्रबन्ध नभएको कारणले होला थिति मिल्न नसकेर यो युगमा आज बेथितिहरू उम्लिरहेछ । न्यायका मागसंगै थितिहरू बसाल्न यो भवसागरमा थुप्रै कोशिसहरू भैरहेछ । दया र मायाको अनि प्रेम र स्नेहका दृश्यहरू फुटेर आज करुणा घोर निराश भएर चुहिरहेको छ । सुन्दैमा डरलाग्दो, देख्दैमा डरलाग्दो, आशाका किरणहरू सुक्दै गएर निराशा अनि वितृष्णाका किरणहरू पलाउन थाल्दैछ । आशको अभावमा मान्छेहरू वैराज्य भएर टुटे फुटेका अनि चुहेका गीतहरू विरत्तिएर गाउँदैछ ।

यो निराशाजनक अवस्थामा युगको पछ्यौरामा आज आँशुले भिजिएर होला राम्रो नराम्रो छुट्याउन नसकेर कुन थिति कुन बेथिति भएर उम्लिरहेको वाफ जस्तै तातो अनि एकै छिनमा चिसो भएर कता कता हराउँन खोज्दैछ । टुटेर क्रमश फुट्दै गएर दया र मायाका दृश्यहरू आज किन हो कुन्नी थुप्रै बोलीहरू फुट्दै छ । आशा हराएर आशा बिलाएर यहाँ थुप्रै मान्छेहरू हताश भएर जीवन थोपा थोपामा चुहिरहेछ । त्यसैले होला युगकवि सिद्धिचरण श्रेष्ठले आज माग्नेको गीत गाएर भिखारी बन्दैछ । युगमा भैरहेको अनमेललाई मेल गराउँन खोज्दैछ । भयङ्कर निराश भएर जीवन मरणको सवालमा मुक्तिका लागि प्रश्न उठाई रहेछ । दीन दुःखीहरूको दिनचर्या कसरी बिताई रहेको छ भनी चरितार्थ गर्न खोज्दैछ ।

मध्यरातमा कुकुरले भुकेर माग्नेको गीत बिलाउँन थाल्दैछ । आखीर अन्धकारको रात न हो । रातमा कुकुरहरू भुकेर संकेतका आवाजहरू दिन थाल्नु स्वभाविकै हो । कोही अपरिचित मान्छेहरूदेखि डराएर, केही अदृश्य मान्छेहरूदेखि तर्सेर बाटोमा हिँड्दा हिँड्दै कोही आउँदैछ भनि चिच्याई चिच्याई सुतिरहेका मान्छेहरूलाई बिझाउँन खोज्दैछन् । कुकुरले भुकेको आवाजमा माग्नेले गाएको थुप्रै गीतहरू मध्यरातमा कसैले सुन्न नपाउँदै त्यसै सेलाएर जाने छ । व्यथा कस्तो रहेछ ? पीडा कस्तो रहेछ ? यो दुःखदायी जीवनमा हिँड्ने बाटोमा काँढै काँढा छ । त्यसैले काँढा पन्छाएर बाटोमा हिँड्दा समयमा हानी नपुग्न सक्छ । ढिलो भएर गन्तब्यमा नपुग्दा अँध्यारो भएर रातमा कतै बास नदिन सक्छ । यो त मध्यरात हो । रातमा मान्छे निदाएर होला । अर्काको चासोे नहुने गर्छ ।
आज पशुपति जानु छ । तर युगकवि सिद्धिचरण श्रेष्ठले यति चाँडै मध्यरातमा पशुपति जानुको कारण सोध्दैछ ? पर्ख तिमी घरमै बसिरहनु भनी ननिस्कने आदेश जारी गर्दैछ । किनकि रात हाम्रो होइन, अरुको हो । हाम्रो त दिन हो । त्यसैले आफ्नो बसमा नभएको कुरामा हामीले केही काम गर्न पर्खिनुपर्छ । निस्किनु भन्दा अगाडि सोच्नुपर्छ । किनकि कुकुर भुकिरहेछ । रात चकमन्न भएर रजनीले यो भवसागरमा के भैरहेको छ भनी हेरिरहेछ । यौटा माग्ने मान्छेले गाउँदै गरेको गीतमा पीडै पीडाका स्वरहरू सुनेर आज रजनी पनि आँशु चुहाएर विहानी पख आफ्नो नासो उषालाई दिएर सुत्न जाँदैछे । त्यसैले कुकुरले भुकेर माग्नेको गीत नछोपी दिए हुन्थ्यो । पशुपति जान तुरुन्तै हतार गरेर ननिस्किदिए हुन्थ्यो । किनकि उसको गीत आज टुङ्ग्याई दिए हुन्थ्यो । पीडित स्वरमा पीडाका कुराहरू पोखिदिए हुनथ्यो । मन हलुको पारेर एकछिन भए पनि शान्ति होस् भन्नाका लागि आज उसलाई गाउँन दिनु पर्छ । गाउँदा गाउँदै मनका व्यथाहरू सबैं पोख्न दिनुपर्छ । निलो आकाश जस्तो पानी परे पछि सफा भएर हेर्न लायक भए जस्तो एउटा माग्नेको गीतमा लाखौं पीडाहरू बोकेको हुन्छ । भन्ने गरिन्छ, बगेको पानी बगाउँदा राम्रो हुन्छ । सुते जस्तो बहाना गर्ने मान्छेलाई उठाउन गाह्रो हुन्छ । गला नै सफा छैन भने उसले के गीत गाउँन सक्छ ? पीडै पीडामा बाँचेको मान्छेले मध्यरातमा बाहेक अरु बेला माग्नेको गीत कहाँ गाउँन सक्छ ? झरी परेको बेला आँखाहरू जति चम्के पनि मध्यरातमा कस्ले पो देख्न सक्छ ?
युगको आँचललाई भिजाई
बेथिति युगको उम्लिरहेको
दृश्य करणको बोला फुटेको
घोर निराशा आज चुहेको ।
कुकुर ! भुक्दै गीत नछोप
पशुपति जाने, पर्ख ननिस्क
उसको गायन टुङ्गिन देओ
पीडित स्वरमा पग्लिरहेको ।

त्यो पल्लो घरको सानो बालक रोएर होला उसको आमाले भोक लागेको ठानी दूध चुसाउँन थाल्दछे । किनकि यो सानो बालक जसले बोल्न सक्दैन । जसले आफ्नो मनको कुरा भन्न सक्दैन । ऊ रुनु भनेको भोक लागेर हो । ऊ रुनु भनेको शरीरको दुःखाईले हो । अरु त के हुन सक्छ र ? मेरी आमाले आज पेट भरी खान पाइयो कि पाइएन भनी उसलाई के थाहा छ र ? मेरी आमाको कति पीडा छ भन्ने कुरा उसले कसरी बुझ्न सक्छ र ? त्यसैले बिसन्चो भएको बेला आमाको काखमा बस्नु र रोएको बेला आमाको दूध चुस्नु नै बालकको सनातन धर्म हो । थाकियोस् वा नथाकियोस् पूर्वबाट उदाएको सूर्य पश्चिममा अस्ताउनु छ । यो बन्धनको कुरो हो । त्यसैले उसले गाएको गीत आज कसैले पनि नरोकियोस् । सलल बगेर किनारको छिया छियामा पानी पसेर ढुङ्गा र माटोले भर्न सकोस् । झरनाको पानी जस्तो कहाँ कहाँबाट आएर झर्न सकोस् । चुहेर थोपा थोपामा यौटा माग्नेले माग्नेको गीत निर्धक्कसँग गाउँन सकोस् । युद्धमा पराजित भएर जीवनको गति नै फरक परे भैmं म त हरुवा न हो । हारेर निशास भएको मान्छेले जीवन मरणमा यो अनित्य संसारबाट छुट्कारा पाउनका लागि लाखैं कोशिस गर्दा पनि सधैं विजित हुन नपरोस् । त्यसैले जीवनको बाटोमा हिँडेर मुक्ति पाउनका लागि जिउँने र बाँच्ने आधार उचित हुनु पर्ने रहेछ । होइन भने तिमीले अपमान पाउँने छौं । घृणा पाउने छौं । त्यसैले यो सानो प्राणको बियाँ हुर्केर होला यौटा मान्छे न हो, मान्छे भएर पनि माग्नेको गीत गाइरहेछन् । कुटेको चामलमा बाँकी रहेको धानका गेडा जस्तो, नकुटेको चामलमा बाँकी रहेको धान जस्तो यौटा सानो अंकुर न हो । पलाउँनका लागि शक्ति संचय गरेर राखिएको अंश न हो । टुसा पलाएर आखीर वृक्ष बन्ने यो भवसागरको यौटा नियम हो ।
सानो बच्चा भर्खर जन्मेर होला उसको तन र मनको सम्बन्ध आज भर्खरै जोडिएको छ । तनु र तरु जस्तो जीवनको बाटोमा हिँड्दा हिँड्दै पुरानो भए जस्तो झुप्रो, जीर्ण अनि बेकम्मा बनेर एक दिन मर्नु छ । मत्र्यलोकबाट परलोकमा पुगेर हिसाब किताबहरू गर्नु छ । त्यसैले आज माग्नेको गीत भित्र चुहेको गाग्री छ । बिग्रे भत्केको पर्खाल छ । बाटोमा हिँड्दा दीन दुःखीहरूको कथा छ । टुटे फुटेका काम नलाग्नेहरूको व्यथा छ । यो भवसागरभित्र चाहेर वा नचाहेर बाँच्नु पनि बाध्यता छ । अतः युगकवि सिद्धिचरण श्रेष्ठले यौटा माग्नेको गीतभित्र यति धेरै कथाहरू किन लेखे होला ? मध्यारातमा मात्र किन गीतहरू गाएको होला ? बुझ्न नसक्नु छ । तिमी र मेरो अनि हामीहरूको आ–आफ्नो व्यथाहरू त्यो आँचलको टुप्पोले आँखाको धुलो निकाले भैंm सबैको मनमा शीतल दिन खोजेको होला ।
पल्लो घरको सानू रोयो
आमा ! दूध चुस्न लगाऊ
कति नथामोस् उसको गायन
हरुवा जीवनधार बहेको ।
पाइकन पनि अपमान घृणा
हुर्केथ्यो जो लघु प्राण बियाँ
थोत्रो बच्यो त्यै तनुतरुमा
मर मर गाना आज फुटेको ।

माग्ने गीत माग्नेहरूको व्यथा हो । जीवनको धारमा अनि जीवनको मुक्तिमा कहिले निराश त कहिले आशाका किरणहरू पलाउँने छ । बियाँ जस्तो आपूmले खोजेको बेला नवजात शिशुको जन्म हुनैछ । पुरानो अनि जीर्ण भएर काम नलागेपछि चीर निद्रामा पनि सुत्न सक्छ । त्यसैले जीवनमा अलिकता माया गर । अलिकता दया गर । अलि अलि जीवनमा चाहिने
सबै कुराहरू मिलाएर हिँड्ने गर । आखीर मान्छे न हो । मान्छे भए पनि माग्नेको गीत पनि सुन्नु पर्छ । धनीको पनि कुरा बुझ्नु पर्छ । यौटा नदीको दुई किनार जस्तो बीचमा पानी सलल् बगेको हुनुपर्छ ।

प्रकासित मिति २०७८–३–५

फेसबुकबाट तपाईको प्रतिक्रिया