युद्ध अपराधको आरोपमा बंगलादेशका वरिष्ठ नेतालाई फाँसी
काठमाडौं १९ भदौ ।
बंगलादेश सरकारले देशको सबैभन्दा ठूलो पार्टी जमात ए इस्लामीको एक नेतालाई युद्ध अपराधको आरोपमा फाँसी दिएको छ । सो फाँसी नेता मीर कासिम अलीलाई दिइएको हो । देशका ठूला उद्योगपतिहरुमध्येका अली एक हुन् । फाँसी दिइएका अली बंगलादेशका छैटौं ठूला नेता हुन् ।
हालै सरकारले गठन गरेको एक विशेष अपराध न्यायालयले अलीले ४५ वर्ष अघि बंगलादेशको स्वतन्त्रताको लडाईंमा युद्ध अपराध गरेको ठहर गरेको थियो ।
अदालतले अलीलाई दोषी ठहर्याउँदै फैसलामा भनेको थियो- उनको नेतृत्वमा पाकिस्तानी सेनाका समर्थकहरुले चिटगाउँमा कत्लेआम गरेका थिए ।
पूर्वी पाकिस्तान सन् १९७१ मा पाकिस्तानबाट अलग भएर बंगलादेश बनेको थियो । सरकारका आलोचकहरुले राजनीतिक विरोधीहरुलाई अन्त्य गर्न सरकारले अदालतको सहारा लिएको आरोप लगाएका छन् ।
युद्ध अपराधीहरुलाई सजायँ दिएर देशलाई आफ्नो इतिहाससँग न्याय गर्न मद्दत मिल्ने प्रधानमन्त्री शेख हसीना नेतृत्वको सरकारले दावी गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया