युनाईटेड ईन्स्योरेन्सको २५ औ बार्षिक साधारणसभा सम्पन्न

बिजनेसपाटी २७ कार्तिक ।
युनाईटेड ईन्स्योरेन्स कम्पनीको आव २०७४÷०७५को २५ औ बार्षिक साधारण सभा मंगलवार बबरमहल–११ स्थितकार्की ब्याङ्गकेटमा सम्पन्न भएको छ । वार्षिक साधारणसभा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफलगरि पारित भयो ।
त्यसैगरि संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको घोषणा संचालक समिति अध्यक्ष एवं सभाका सभाध्यक्षबाट घोषणा गर्नु भयो ।
प्रस्तावहरुमा आ.व. २०७४÷०७५ बार्षिक प्रतिवेदन, सोहिआ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तियविवरणहरु पारित गर्दै आगामी आ.व. २०७५÷०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्डक म्पनीलाई नियुक्त गरिएको सर्वसम्मत रुपमा बैठकबाट पारित भयो ।
त्यसैगरि बिशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा ७जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा भाग्ने÷गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्तगर्न निजको पारिश्रमिक तोक्ने लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारि दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।
सभाध्यक्ष भरत बहादुर कार्कीबाट उपस्थित सम्पूर्ण शेयरधनी महानुभावहरुलाई धन्यवाद ज्ञापन गर्दै सौहार्दपूर्ण वातावरणमा बार्षिक साधारणसभा सम्पन्न भएको घोषण गर्नुभयो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया