युनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सबीच मर्जरमा जाने अन्तिम सम्झौता

काठमाडौँ-२,माघ २०७९ 

युनियन लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स कम्पनी र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा मर्जर गर्ने अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा युनियन लाइफका अध्यक्ष सुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पीयुष राज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका छन्।

सम्झौता अनुसार युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात १ः१ः१ कायम गरिएको छ । मर्जर सम्झौता अनुसार नयाँ बन्ने कम्पनीको नाम हिमालय लाइफ इन्स्योरेन्स लिमिटेड रहने छ भने युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष सुलभ अग्रवाल नयाँ बन्ने कम्पनीको छ।

यस्तै युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण मर्जर पश्चात बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहने छन् । मर्जर सम्बन्धी आवश्यक सम्पूर्ण कार्यहरू सम्पन्न गरी २०७९ चैत्र भित्र एकीकृत कारोबार गर्ने समयावधि निर्धारण गरिएको छ। यस्तै कम्पनीका शाखाहरू, कर्मचारी समायोजनका कार्यहरू समेत सम्पन्न गरिने छ ।

मर्जर सम्झौता कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले तीन वटा कम्पनीहरू एक आपसमा मर्जर हुनु ऐतिहासिक कार्य भएको बताउँदै नियमनकारी निकायको तर्फबाट मर्जर कार्यमा पूर्ण सहयोग रहने जानकारी गराए।

फेसबुकबाट तपाईको प्रतिक्रिया