युनियन लाइफ इन्स्योरेन्सको ६४ करोड ५० लाखको आईपीओ आउने
बिजनेसपाटी १४ कार्तिक
युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न पहिलो साधारणसभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरेको हो।
कम्पनीले ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । कम्पनीले २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पुँजीमा सर्वसाधारण समूहका लागि छुट्याइएको ३० प्रतिशतको दरले हुने जम्मा ६४ लाख ५० हजार कित्ता सेयर निश्कासन गर्ने भएको हो ।
फेसबुकबाट तपाईको प्रतिक्रिया