युनियन हाइड्रोपावर कम्पनीको ७ करोड ५० लाखको आईपिओ आउने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_777,h_437/https://businesspati.com/wp-content/uploads/2018/02/ipo.jpg)
बिजनेसपाटी ५ श्रावण
युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको ७ करोड ५० लाख रुपैयाँ बराबरको ७ लाख ५० हजार कित्ता आईपिओ आउने भएको छ । साउन १४ गतेदेखि निष्कासन हुने भएको कम्पनीले लमजुङ्गका मध्य नेपाल, वेशिसहर, सुन्दरबजार नगरपालिका र कास्कीको रुपा गाउँपालिकाका आयोजना प्रभावित स्थानीयबासीका लागि आईपिओ निष्कासन गर्न लागेको हो ।
लक्ष्मी क्यापिटल मार्केट्स लिमिटेडका बिक्री प्रबन्धले जनाए अनृशार युनियनको आर्इ्पिओमा साउन १४ गते देखि छिटोमा साउन २८ र ढिलोमा भदौ १२ गतेसम्म आवेदन गर्न सकिने छ ।
स्थानीयले विभिन्न बैंक तथा वित्तीय संस्थाका १३ शाखा कार्यालय मार्फत आइपिओमा न्युनतम ५० देखि अधिकतम ३ हजार कित्तासम्म आवेदन दिन सक्नेछन।
आयोजनाको लागत बढेर ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ पुगेको छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ रहेको कम्पनीको बित्तीय अबस्था भने कमजोर नैँ छ ।
कम्पनीले पहिलो चरणमा स्थानीयलाई १० प्रतिशत सेयर जारी गरी बाँडफाँड पश्चात सर्वसाधारणमा आईपिओ जारी गर्नेछ ।
स्थानीयलाई आर्इ्पिओ जारी गरीसकेपछि सर्वसाधारणलाई २९ करोड १२ लाख ५५ हजार रुपैयाँ बराबरको २९ लाख १२ हजार कित्ता आईपिओ निष्कासन हुने कम्पनीले जनाएकोे छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया