युरोपियनबाट बेलायत बाहिरिनुका यी हुन् ८ कारण

काठमाडौँ ११ असार।

 जनमत संग्रहमा बेलायतमा युरोपियनबाट छुट्टिने पक्षमा बहुमत आएको छ । नतिजा अनुसार, छुट्टिने पक्षमा ५१.८ प्रतिशत मत आयो भने बाँकीले नछुट्टिने पक्षमा मत हाले । यो नतिजाले बेलायतलाई क्षेत्रीय संगठन युरोपियन युनियनबाट अलग पार्ने र  युरोपियन युनियनलाई कमजोर पार्ने मात्र नभएर बेलायतको अर्थतन्त्रलाई पनि कमजोर पार्ने संकेत देखिन थालेका छन् । बेलायती समाचार संस्था बिबिसीका अनुसार, बेलायती मुद्रा पाउण्ड सन् १९८५ पछि अहिले बजारमा सबैभन्दा कमजोर देखिएको छ । बेलायत ४३ वर्षपछि युरोपेली संघबाट औपचारिक रूपमा बाहिरिने भएको हो  ।

तर, अहिले पनि किन बेलायती जनताले ईयूबाट अलग हुने पक्षमा मत खसाले ?

१. आर्थिक चेतावनीबाट चिढिए जनता युरोपेली संघबाट अलग हुने विषयलाई लिएर आर्थिक चेतावनी बिस्तारै बिस्तारै सुरु भयो तर यो चेतावनीको बाढी नै आयो । मानिसहरूलाई ईयूमा नै रहेमा फाइदा हुने बताए । आईएमएफ, ओईसीडी, बिजनेस प्रमोसनसँग जोडिएको सीबीआईजस्ता ठूला वित्तीय संस्थाले आर्थिक अवस्था खराब हुने, बेरोजगारी बढ्ने र बेलायत नै अलग भएमा अलग हुने अवस्था आउने चेतावनी दिए । यहाँ सम्मकी अमेरिकी राष्ट्रपति बाराक ओबामा र बेलायती वित्त मन्त्रालयले सम्म ईयूबाट अलग हुने फाइदाजनक नहुने बताए । ईयूमा नै रहनुपर्छ भन्नेहरूले पनि यो चेतावनी आवश्यकता भन्दा बढी भएको महसुस गरे । यसै कारण जनताहरू चिढिन पुगे र यसविरुद्ध एक क्रान्तिको रूपमा लिए । जसले ईयूमा नै रहनुपर्ने बताउँदै आए उनीहरू व्यक्तिगत स्वार्थमा जोडिएको माने । त्यसका कारण नतिजा ईयूबाट बाहिरिने पक्षमा आयो ।

२. राष्ट्रिय स्वास्थ्य योजनाको ३ सय ५० मिलियन पाउन्ड ईयूबाट बाहिरिने पक्षमा रहेकाहरूलाई बेलायत ईयूबाट बाहिरिएमा बेलायतले हरेक साता राष्ट्रिय स्वास्थ्य योजनाका लागि ३ सय ५० मिलियन पाउण्ड प्रयोग गर्न सक्ने एउटा मजबुत नारा मिल्यो । हालै भएको एक परीक्षणका क्रममा यो आँकडा सही नभएको पुष्टि भइसकेको छ । यो एक जबर्जस्त राजनीतिक नारा मात्रै थियो र मानिसहरू यससँग जोडिएका थिए ।

३. आप्रवासीको नारा नाइजलले जोडतोडले उठाउनु यूके इन्डिपेन्डेन्ट्स पार्टीका अध्यक्ष नाइजल फारेजले आपप्रवासीहरूको मुद्दालाई जोड दिएर उठाइरहेका थिए । यो मुद्दा अन्त्यमा आएर बेलायतको संस्कृति, पहिचान र राष्ट्रियतासँग जोडिन पुग्यो । परिणममतः पछिल्ला दस वर्षमा विभिन्न देशबाट बेलायतमा आई बसोबास गर्नेको संख्याका कारण स्थानीय मानिसहरू खुसी थिएनन् । सम्भवतः उनीहरूले आगामी २० वर्षमा बढ्ने आप्रवासीहरूको प्रभावका बारेमा सोचे र अलग हुने निर्णयमा नै भलो देखे ।

४. जनताले प्रधानमन्त्रीको आह्वानलाई नसुन्नु प्रधानमन्त्री डेभिड क्यामरुनले पछिल्ला केही वर्षमा केहीपटक जितिसके, अलगअलग मुद्दामा । चाहे सन् २०१० मा गठबन्धन बनाउने कुरामा होस वा आमचुनाव । तर, पछिल्लो केही वर्षमा भएको दोस्रो जनमत संग्रहमा भने उनको पराजय भयो । ईयूमा नै रहने पक्षमा चलाइएको अभियानको उनी प्रमुख व्यक्ति पनि थिए । उनीहरूले प्रधानमन्त्रीमाथि पूर्ण रूपमा विश्वास सँग दाँजेका थिए । उनको यो भनाइको अर्थ उनले आप्mनो राजनीतिक करियरलाई नै दाउमा राखेका थिए । यसैका कारण उनी राजीनामा दिने तहसम्म पुग्नुपरेको हो ।

५. लेबर पार्टीका मतदातालाई जोड्न नसक्नु ईयूमा नै रहने अभियानमा सधैं लेबर पार्टीका मतदाताहरूलाई पनि साथ लिनु आवश्यक थियो । तर, उनीहरू लामो समयसम्मको प्रयासमा सफल हुन सकेनन् । लेबर पार्टीका नेताहरूले पनि आप्ना मतदाताहरूको भावलाई राम्रोसँग बुझ्न सकेनन् । जुन समयमा उनीहरूले यस मुद्दालाई राम्रोसँग बुझे त्यसबेला ढिलो भइसकेको थियो ।

६. बोरिस जोनसन र माइक गोभजस्ता नेताको समर्थन यस्तो अधिकतम हुने गर्छ कि कुनै ठूलो मुद्दामा कोही ठूला नेताले समर्थन । यहाँ यस्तै भयो बोरिस जोनसन र माइकल गोभजस्ता नेताहरूले ईयूबाट बाहिरिने मुद्दामा समर्थन जनाए र यसलाई अझै ठूलो बनाए । जोनसनले मतदाताहरूसँग अलग हुने अपिललाई लिएर पूरै बेलायतमा बसमा यात्रा गरे भने गोभले ईयूबाट अलग भए पनि बेलायतको एजेण्डा के हुने ? यस बारेमा मस्यौदा बनाउँन समय खर्च गरे ।

७. ज्येष्ठ मतदाताको एक साथ भोटिङ मतदाता कसरी भए, युवा र महिलाहरूले कसरी भोट खसाले ? यस विषयमा विज्ञहरूले अझै चर्चा गरिरहेका छन् तर ज्येष्ठ नागरिकहरूले एकसाथ उत्साहकासहित मतदानमा भाग लिए । अन्ततः यही भोट नै निर्णायक साबित बन्यो । सन् २०१५ को निर्वाचनमा ६८ वर्षभन्दा बढी उमेरका ७८ प्रतिशत मतदाताहरूले भोट खसालेका थिए ।

८. युरोप सधैं दोस्रो ग्रहजस्तो बन्नु बेलायत र युरोपको सम्बन्ध कहिल्यै पनि राम्रो र सामान्य रूपमा रहनै सकेन । युरोेपेली समुदायसँग जोडिन बेलायतलाई लामो समय लाग्यो । १९७५ मा ईयू प्रवेशका लागि भएको जनमत संग्रहमा पनि बेलायती जनताहरू पूर्ण रूपमा सन्तुष्ट देखिएका थिएनन् । हाल आएर पनि ठूलो संख्यामा बेलायतीहरू ईयूको पक्षमा नदेखिएको परिणाम आइसकेको छ ।

f

फेसबुकबाट तपाईको प्रतिक्रिया