युवा नेतृत्व विकास, परिचालन र स्वंयसेवा ( युवा सम्मेलनमा प्रस्तुत कार्यपत्र )
योगेन्द्र शाही
युवा परिचालन, सहभागिता र नेतृत्व विकासको केन्द्रीय प्रश्नः
युवा नीति २०१० र परिमार्जित युवा नीति २०१५ले निर्देश गरे अीनुरुप युथ भिजन २०२५ ले नेपालका युवालाई सवल, सक्षम, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउदै उनीहरुको सार्थक सहभागिता र नेतृत्व क्षमताको विकास मार्फत् आधुनिक, न्यायपूर्ण र समृद्ध नेपाल निर्माण भएको हुने भन्ने सोच तय गरेको छ । युवा परिचालन, सहभागिता र नेतृत्व विकासनेपालको युवा विकासको पाँच खम्बे रणनीतिको तेश्रो महत्वपूर्ण केन्द्रिय खम्बा हो । युथ भिजन २०२५ र युवा नीतिको कार्ययोजना कार्यन्वयमा पनि पाँच औले रणनीति तय गर्दा परिचालन, सहभागिता र नेतृत्व विकासलाईयुवाको कोर कार्यक्रमका रुपमा ध्यान दिनु पर्ने उल्लेख गरेको छ । युथ चिजनले तय गरेका २५ बुँदे प्राथमिकताका धेरै बुँदाहरुले परिचालन, सहभागिता र नेतृत्व विकासलाई नै जोड दिएको छ ।
माथि उल्लेखित पाँच खम्बालाई एउट युवा युवाको शरिरसँग तुलना गर्दा हामी यस्तो परिचित्र निर्माण गर्न सक्दछौं । गुणस्तरिय शिक्षा एउटा सक्षम युवाको लागि मस्तिष्क हो । स्वास्थ्य र सामाजिक सुरक्षा उसको मुटु, स्वास–प्रश्वासको निरन्तता र धाम पानीबाट सुरक्षा गर्ने उसको छाला र लत्ता कपडा हो । उद्यमशीलता र सीप विकास एक युवाका लागि उभिने, हिड्ने र जीविका लागि चलाइने हात खुट्टा हो । यो युवाको आफै बाँच्ने, अरुलाई बचाउने र देशलाई उसले दिने समृद्धिको आधार हो । मनोरञ्जन र खेलकुद युवाको एक सर्विसिङ सेन्टर हो जसले उसको दिमागलाई ताजगी राख्छ, उसको ब्यक्तित्व निर्माण गर्न मद्दत गर्दछ र उसका हात खुट्टा, मुटु र फोक्सोहरुलाई बलियो बनाई राख्छ ।यसबाट एक युवा नेतृत्व, परिचालन र स्वंयसेवाका लागि शारिरीक र मानसिक रुपमा योग्य भईराख्छ । त्यसैले युवा नेतृत्व विकास र परिचालन कुनै भिन्न कुरा होइन बरु युवा विकासका चार पिल्लर र निर्देशक सिद्धान्तहरुको अन्तरक्रियात्मक समुच्चय होे ।
युथ भिजनको सम्पूर्ण कार्यक्रमलाई चार “अ” र चार “स” निर्देशक सिद्धान्तले दिशा प्रदान गरेको छ । यि निर्देशक विचारले हाम्रा युवा अधिकारहरुको चाङ्माथि मात्र बस्न खोज्दैनन् समाजप्रति सधै आफ्नो दायित्वबोध गर्दछन् । वा, यो स्यंमसेवालाई संकृतिका रुपमा विकास गर्ने कुरा हो । उनीहरु के बुझ्दछन् भने युवा र देशको आम समृद्धी हासिल गर्न आर्थिक बृद्धिका लागि फड्को मार्न जति आवश्यक छ विकासलाई दिगो बनाउन शान्ति, स्थायित्व र वातावरण संरक्षण अनिवार्य शर्त हो । यसले हामीलाई दिगो विकासका लक्ष्यहरुसँग जोड्दछ । नयाँ पुस्ताले अनेकता र विविधतालाई पहिचान गरेर नै राष्ट्रिय एकताको बाटो तय गर्दछ अनि भावना र उद्वेग मात्र होइन तत्थ्यबाट सत्य खोजि गर्ने समाज विकासको विधिलाई स्थापित गर्ने सोच राख्दछ । युवा पुस्ताले समानता र न्यायको विगुल फुक्छ । उसले पछाडि परेका दलित, अल्पसंख्यक, जनजाति, मधेशी, महिला, अपांगता भएका र पछाडि परेका वर्ग र जातिलाई विशेष प्राथमिकतामा राखि संरक्षण र संवद्र्धन गर्दै समावेशी र समविकास गर्ने कुरालाईजोड दिन्छ । त्यसरी नै यसले युवा विकासको अन्तरदेशीय, पुस्ता, जातजाती, विभिन्न धर्म संस्कृतिका युवाको सहभागिता र सहकार्यको भावनालाई जोड दिन्छ ।
उपरोक्त मूल्य र मान्यताबाट निर्देशीत युवा सामाजिक आर्थिक रुपान्तरणका लागि फड्को मार्न (क्यअष्यभअयलयmष्अ तबपभ याा० सवल युवा नेतृत्व विकास र परिचालन गर्ने कुरा नै युथ भिजन २०२५ को चुरो कुरा हो ।युथ भिजनले सोचेको फड्को नेपालको धरातलिय यर्थातको सम्भावनाको प्रक्षेपण हो जसले हाम्रो भूअवस्थिति (भूराजनीति) सराप मात्र होइन वरदान पनि हुन सक्छ भन्ने ठान्दछ ।नेपालजहाँ तुलनात्मक र प्रतिष्पर्धी लाभका क्षेत्रहरुविकास हुने अपार सम्भावनाहरु छन् त्यहाँ आर्थिक बृद्धि र फड्को सँगै सामाजिकरणको प्रक्रिया परिपुरक रुपमा अघि बढाउदै आम समृद्धि हासिल हुने प्रयाप्त आधारहरु पनि छन् । समग्रमा,युथ भिजन २०२५ले ध्यान दिन खोजेको कुरा के हो भने आर्थिक स्वतन्त्रता र बृद्धिले कहि कतै सामाजिकरण र समानताको मेरुदण्ड नभाँचोस् भने अर्काेतर्फ जवर्जस्त र भद्धा तरिकाले लादिने सामाजिकरण प्रक्रियाले उत्पादक शक्ति र व्यक्तिगत स्तन्त्रताको हुर्मत लिने काम नगरोस् ।
हाम्रो युवा स्यंमसेवा, सहभागिता, परिचालन र नेतृत्व विकास यही केन्द्रीय सवालबाट निर्देशित भइरहनु पर्दछ ।
क) युवा नेतृत्व विकासः
नेतृत्व विकास कसरी गर्ने र युवा नेतृत्व विकासको माफदण्ड के हो ? के संसदमा या प्रशासनमा या स्थानिय निकायमा युवा नेतृत्वको बलियो उपस्थिति हुनु नै उपयुक्त माफदण्ड हो ?
संसद, स्थानिय निकाय र प्रशासनमा बढि भन्दा युवा संलग्न रहुनु निश्चय नै युवा विकासको राम्रो सुचक भए पनि यो सम्पूर्णता भने होइन । अहिले हाम्रो संसदमा ७ प्रतिशत युवाको सहभागिता छ । युवा नेतृत्वबाट केही मन्त्रि पनि बनेका छन् र कामले प्रतिस्पर्धामा उभ्याएको अवस्था पनि छ ।
२००७ देखि २०१५ सालसम्म नेपालका पार्टी र सरकारको नेतृत्वमा युवा सहभागिता हेर्दा वि.पि. कोइराला, कृष्ण प्रसाद भट्टराई, पुष्पलालाल र मनमोहन अधिकारी आदि राष्ट्रका नेता भइसकेका थिए रउनीहरु युवा समूहकै ओरीपोरी थिए । २०४६ मा नेपाली काग्रेसमा पुराना पुस्ताका नेताहरु नेतृत्वमा हावी थिए । त्यो बेला ५०–६० वर्षका अर्काे पुस्तालाई काग्रेसमा युवा भन्न थालियो । एमालेका पाका नेता मनमोहन अधिकारी र साहना प्रधान लगाएत केही पुराना पुस्ताका नेताहरुको अभिभावकत्व रहे पनि ४० वर्ष ओरीपोरीका प्रभावकारी युवा नेता मदन भण्डारी सहितको नयाँ पुस्ताले पार्टी र संसद हाकिरहेको अवस्था थियो । अझ नेपाल कम्युनिस्ट पार्टी देखि माले संस्थापना गर्ने नेताहरु २० देखि ३० वर्षका युवाहरु थिए । त्यो बेला त राजाहरु पनि युवा नै थिए । तर आन्दोलनमा योगदान गर्न सक्ने, केही क्षमता पनि राख्ने र २ देखि ३ दशक युवा आन्दोलनमा योगदान गरिसकेका युवा आज राजनीतिक पार्टीहरुको बरन्डा सम्म पनि पुग्न भ्याएका छैनन् । नेपालको ३० देखि ५० वर्ष अघिको हाम्रो राज्य र पार्टीहरुमा युवा नेतृत्व स्थापित भएको सन्र्दभमा एक्काईसौं शताब्दिको राजनीतिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेका युवालाई पछाडि राखिनु निश्चय नै नेतृत्व विकासको लागि राम्रो कुरा होइन ।
यसमा केही परिस्थितिजन्य कुराहरु पनिहोलान् । जस्तै, माओवादी द्वन्द्वको छोटो अबधिमा माओवादी भित्रै एकखाले युवा नेतृत्व हुर्कियो । नेतृत्वमा जाने तिब्र चाहना माझ कामबाट नेतृत्व स्क्रिनीङ गर्ने विधिहरु नहुँदा सम्मेलन भन्दा ठूलो केन्द्रिय समिति बनाउनु पर्ने बाध्यता त्यसै आइपरेको होइन होला ! त्यस्तै अन्य राजनीतिक पार्टीमा पनि युवा विद्यार्थी आन्दोलनबाट स्थानिय निकाय या राष्ट्रिय संरचनाहरुमा काम गरी परिक्षण हुने मौका नै प्राप्त भएन । स्थानिय निकायमा त झन् ३० वर्षको युवाले स्थानिय निकाय नै देख्न नपाई५० वर्ष पुगिसक्यो । पहिलो स्थानिय चुनावमा १६ वर्ष नपुगि भोट हाल्न नपाएको एक युवा २०७३ मा आई पुग्दा ३६ वर्ष पुग्यो र उसले अझै स्थानिय निकायमा न त नेतृत्वका लागि अघि सर्न मौका पाएको छ न त स्थानिय चुनावमा भोट हाल्न अवसर नै ।
आवधिक चुनाव छिटछिटो भएका युवा तथा विद्यार्थीमा भने नेतृत्व तल तल आइपुगेको छ । लामो अबधिसम्म चुनाव नभएका राजनीतिक युवा विद्यार्थी सँगठनमा भने युवा नै नरहेका नेताहरु बसिरहनु पर्ने अवस्था पनि देखिन पुग्यो । एकातिर चुनावनै नभएर युवा विद्यार्थी आन्दोलनमा लेउ जम्न पुग्यो भने अर्काे पट्टिनेतृत्वका लागि चुनाव देखि चुनावसम्म, गुट र शक्ति परिक्षणको थलो, अत्यन्त खर्चालु चुनाव र अस्वस्थ्य परिपाटी स्थापना हँुदै गयो । सर्बसम्मत र श्रृखलावद्ध नेतृत्व विकासको कुरा अप्रजातान्त्रिक बुझिन थालियो । गुट र त्यसमा पनि नेताको नीजि गुटमा पर्न नसक्दाकुनै पनि ब्यक्ति छुट्टै सम्मेलनबाट चुनिने कुनै गुन्जाईस नै रहेन ।
एतिहासिक रुपमा युवा विद्यार्थी नेतृत्व विकास भएको अर्काे थलो स्ववियु हो । तर यसले पुरानो गरिमा कायम गर्न सकेन । स्ववियु करिव ९० को दशकसम्म विचार विमर्शको, बुझेका पढेका र न्यायको पक्षका उभिने युवा नेता जन्माउने थलोका रुपमा विकास भएको थियो । तर पछिल्लो अवधिमा यो विकृत हुदै गयो । देशको राजनीतिको बिम्ब स्वभाविकै रुपमा तल तल पर्यो र चरम राजनीतिकरणले स्ववियुलाई पनि गाँज्यो । अपवाद बाहेक स्ववियुहरु धेरै ठाउँमा कुसासन, गुन्डागर्दी, भष्ट्राचार र अनियमिताको प्रायवाची बन्न थाले । धेरैजसो स्ववियुहरु राजनीति र शैक्षिक अग्रदस्ता भन्दा शैक्षिक र राजनीतिक विकृतिका लागि आफै औजार बन्न पुगे । मूलतः मुहानमै फोहर भए पछि नदि धार फोहर हुनु स्वाभाविक थियो । त्यसैले युवा विद्यार्थी आन्दोलन पुर्णतया विग्रिसकेको निष्कर्ष निकाल्नु गलत हुनेछ, तर त्यो तिब्र दिशाभ्रम हुने प्रक्रियामा थियो ।यति हुँदाहुँदै पनि युवा विद्यार्थी आन्दोलनले राजनीतिक परिवर्तनको प्रक्रियामा भने आफ्नो भूमिका खेल्न चुकेन । नेपालको पहिलेका राजनीतिक परिवर्तनमा झै राजनीतिक यो युवा जमातले स्वाभाविकै रुपमा २०७२।७३ को क्रान्तिमा पनि निर्णायक भूमिका खेल्यो ।
युवा समुदाय नेतृत्व निर्माणको यही प्रकृयाबाट गुज्रिदै जाँदा युवा नेतृत्व निर्माणको प्रश्न अहिले आएर प्रतिनिधित्वको मात्र होइन कस्तो प्रतिनिधित्व भन्ने पनि हो । त्यो प्रतिनिधित्व हाम्रो मात्र होइन राम्रो पनि, स्मार्ट मात्र होइन देश र समाजप्रति इमान्दार पनि, गतिशित र साहसी मात्र होइन विवेकी पनि, समावेशी मात्र होइन त्यो समुदायको योग्य पनि, चुनावी मात्र होइन कामकाजी पनि हुनु पर्दछ । अझ राजनीतिक परिवर्तनबाट गुज्रिसकेको नेपाल जस्तो देशमा आर्थिक र सामाजिक रुपान्तरणको चरणमा गफ गर्ने धेरै नेता होइन देशलाई रुपान्तरण गर्न सक्ने मानिसको खाँचो हुन्छ । राजनीतिक परिवर्तनको प्रक्रिया अवश्यमेय महान हुन्छ तर सामाजिक आर्थिक रुपान्तरणको प्रक्रिया झन् पेचिलो र जटिल हुन्छ । माथि देखि कुशल, दक्ष र आर्थिक सामाजिक रुपान्तरण गर्न सक्ने नेतृत्व र यसलाई तलसम्म लैजाने श्रृखलावद्ध नेतृत्व पंक्ति भएन भने हामी अहिले भोगिरहेजस्तै राजनीतिको उल्टो चक्रपातमा रुमल्लिरहने छौं ।
अझ झनै एउटा वामपन्थि र क्रान्तिकारी पार्टीका लागि दुई देखि तिन शुन्ना सम्मका केन्द्रिय कमिटीहरु किन आवश्यक हुन्छन् ? के यो हाम्रो नेतृत्व निर्माण प्रक्रियाको संकट होइन? भनिन्छ नेपालमा करिव २ लाख मानिसहरु राजनीतिलाई पेशा बनाउनेहरु छन् । के यो हाम्रो अनुत्पादकताको पटाक्षेप होइन ? सायद हिसाव गर्दा संसारमै सबैभन्दा धेरै भूतपूर्ण मन्त्रि र प्रधानमन्त्रि हुने देशमा हामी पर्दछौ । छिटो छिटो सरकार परिवर्तन हुने देशमा यो के गौरव गर्ने विषय हो या राजनीतिक अस्थिरता र हाम्रो अविकासको घोतक हो ?
नयाँ पुस्ताको नेतृत्व विकास गर्दा उपरोक्त विषय पर्धेल्न जरुरी छ । गफ मात्र गरेर राजनीति गर्ने युवा भन्दाराम्रो टमाटर उत्पादन गर्ने किसान, नमुना स्वंयसेवी कार्य गरेर देखाउने एक युवा, एक सरकारी स्कुललाई नमुना बनाउन सक्ने एक शिक्षक, शिक्षणमा सुधार ल्याउने एक जेहन्दार विद्यार्थी वा एक युवा उद्यमीलाई नेतृत्वमा ल्याउने वातावरण बनाउनु पर्दछ । यसको अर्थहामीलाई दर्शनशास्त्री र विचारक चाहिदैनन् भन्ने पनि होइन । युवाबाटै जन्मिने थिंक ट्याङ्कहरु, विचारकहरु, योजनाविद्हरु दर्शनशास्त्रीहरु, विषय विज्ञहरुत्यस्तो होउन् किजसले त्यो क्षेत्रमा केही अनुपम काम गरुन् र देशलाई परिवर्तन गर्न योगदान गर्न सकुन् ।
युथ भिजनमा नेतृत्व विकासका लागि सोचिएका केही कुराहरुः
युथ भिजनमा नेतृत्व विकासका लागि विभिन्न विषयमा योगदान गर्न सक्ने ५०० युवालाई छनौट गरी राष्ट्रिय युवा विकास तथा तालिम केन्द्र मार्फत भविष्यको नेता निर्माण गर्ने सोच राखिएको छ । कार्यन्वयन कार्ययोजनामा पनि २०१६ मा यसका लागि छलफल परामर्श शुरु गरि कार्यविघि तयार गर्ने, २०१७ देखि प्रारम्भिक प्रक्रियाहरु थाल्ने कुरा गरिएको छ । यस कार्यक्रममा युवा नेतृत्व विकासका लागि अन्तराष्ट्रिय एक्सपोजर र तालिमहरुमा त्यस्ता युवालाई पठाउने, एनआरएन सम्बद्ध युवालाई पनि समावेश गर्ने, बिभिन्न क्षेत्रका क्षमतावान युवालाई देश निर्माणका लागि विभिन्न क्षेत्रमा नेतृत्वका लागि आमन्त्रण गर्ने, युथ प्रतिभा खोजि गर्ने (थयगतज तबभिलतक जगलतष्लन०,युवा प्रतिभा सम्मान गर्ने जस्ता कार्यक्रमहरु राखिएका छन् । मन्त्रालयले शुरुवात गरेको प्रतिभा सम्मान कार्यक्रमले एक हदसम्म युवामा सकारात्मक प्रभाव पनि पारेको छ ।
उपरोक्त कार्यक्रमहरु सफल पार्न बलियो संस्था निर्माण र पारदर्शी प्रक्रिया भएन भने यसले युवा विकासमा सकारात्मक भन्दा नकारात्मक भूमिका बढी खेल्न सक्दछ । राम्रो संस्था निर्माण अनि छनौट विधि न्यापपूर्ण र पारदर्शी माफदण्ड भएन भने युवा नेतृत्वका लागि छनौट हुनेहरु आफ्ना र सोर्सफोर्सका मानिसहरु भरिभराउ हुनेछन् । नियुक्तिहरुमा सत्तासिन पार्टी र मन्त्रिको हाली मुहाली हुनेछ । ति संस्थाहरु युवा बाहुवल, सत्ता र नेताको पावर र कुत झार्ने थलोको रुपमा जव विकास गरिनेछन् विभिन्न क्षेत्रबाट सम्भावना भएका युवाहरु भन्दा अरु कसैले उनीहरुको ठाउँ ओगटीसकेको हुनेछ । यस्तो अवस्थाको चित्रण गर्दै यो पंत्तिकारलाई एक युवा नेताको भनाईलाई सम्झना गराउदछःयदि देशका लागि र युवाका लागि नकारात्मक भूमिका खेल्ने संस्था बन्नु भन्दा त्यो विद्यठन हुनु हीतकर हुन्छ । त्यसैले यस्तो बेला कस्तो संस्था निर्माण हुने भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण हुन्छ ।
विभिन्न क्षेत्रका युवालाई नेतृत्वका लागि तालिम दिने एउटा राम्रो संस्था बन्न नसक्ने होइन । त्यसका लागि हामीकहाँ किन राम्रा सार्वजनीक संस्थाहरु बन्न सकेनन् भन्ने कुराको चुरोमा पुग्नु पर्दछ । जनताको विश्वास कम्तिमा पनि रहिरहेको लोकसेवा आयोग, त्रिविका केही कलेज र संस्थानहरु, निजी नै भए पनि केयु, केही असल डाक्ट्ररहरुले सुधार गर्न खोजेका अस्पतालहरुको अध्ययन गर्दा पनि राष्ट्रिय युवा तालिम केन्द्र कसरी र कस्तो बनाउने भन्ने कुराको सहजै उत्तर पाईने छ । एउटा राम्रो संस्थाले देशको भविष्यका लागि विभिन्न क्षेत्रका आवश्यक राम्रो नेतृत्व बनाउन ठूलो मद्दत गर्नेछ ।
के हो नेतृत्व र कसरी निर्माण हुन्छ नेतृत्व ?
कसैले भन्दछन् नेतृत्व क्षमता जन्मजात लिएर आउने कुरा हो ।सिङ्गापुरका राष्ट्र निर्मातालि क्वान यु यस्तो सोचाई राख्दछन् । हामी करस्मेटिक नेतृत्वलाई अस्विकार त गर्दैनौं किनकी कहिलेकही विशिष्ट क्षमता भएको नेताले समाज रुपान्तरणका लागि एकल भूमिका पनि खेलिदिन सक्छ । तर एककालखण्डमा पुगे पछि सिस्टम र नेतृत्व हस्तानतरणको विधि बनाउन चुक्दा, आवश्यक भन्दा बढी देवत्वकरण, शक्ति र सत्ताले त्यस्तो नेतृत्व क्षयिकरण भईदेश र रुपान्तरणको आन्दोलनले ठूलो घक्का खान पुगेका इतिहासहरु पनि छन् ।
वर्ग सघर्ष र आन्दोलनको भट्टीबाट नेता जन्मन्छ भन्ने ठान्ने माक्र्सवादी आन्दोलनमा पनिक्रान्तिपछि नेतृत्वको देवत्वकरण आवश्यकता भन्दा बढि हुन पुग्दा आन्दोनलाई क्षति हुन पुगेको देखिन्छ । लामो समयसम्म नेतृत्वमा बसिरहँदा सबै मानिसहरु लि क्वान यु, फिडेल क्यास्ट्रो जस्तै इमेज बनाएर रहिरहन गाह्रो पर्दछ । प्रसिद्ध माक्र्सवादी लेखिका मार्था हेनकरको विचार छ कि एक्काईसौ शताब्दिमा नेतृत्व सामुहिक प्रयास बाट जन्मिन्छ र त्यो मूलतः सामुहिक नेतृत्व नै हुनु पर्दछ । हरेक मानिसका विविद्य क्षमतालाई प्रयोग गरी, आन्दोलन र सामुहिक र राष्ट्रिय ध्येयलाई केन्द्रमा राखि सामुहिक नेतृत्व निर्माण प्रक्रियालाई अघि बढाउन सकिनेछ । अवश्यमेय त्यो टिमको नेतृत्व कुनै योग्यतम मध्यले नै गर्दछ र तर राष्ट्र निर्माणको कार्यभार सामुहिक नेतृत्वमा, आन्दोलन, संस्था र पद्धतिमा स्वचालित भइरहेको हुन्छ । भनाई अर्थ देश आफु चल्न कुनै मुख्य नेताको आदेश पर्खिदैन बरु नेताको भूमिका देश चल्ने मेसिनलाई अझ गतिशील, पद्धतिसँगत र विकसित बनाउन नेतृत्व दिने बन्न पुग्दछ । एउटा असल नेताले आफ्नो अनुपस्थितिमा पनि मज्जाले चल्नसक्ने देश र संस्था निर्माण गर्दछ ।
वास्तवमा युवा पुस्ताले गतिशील, विचारवान र सामुहिक नेतृत्व पद्धतिमै बढी विश्वास गर्नु पर्दछ । तर हामी कहाँ पनि कहिले काँही लिडरशीप उत्पादन गर्ने वा डिजाइन गर्ने पनि चलन छ । यो उपयुक्त होइन ।डिजाईन गरिएको नेतृत्वले संकट पर्दा आफ्नै खुट्टामा टेक्ने धैर्यता गुमाउँदछ । नेपाल जस्तो भूराजनीतिक दवाफ भएको देशमा त आन्दोलन, समाज र देश प्रति इमान्दार युवा पंक्तिको खाँचो झनै टट्कारो हुन्छ ।
विभिन्न चरणमा लिडरशीप विकास कसरी गर्ने भन्ने बारेमा बिभिन्न म्यानुअलहरु पनि विकास भएका छन् ।निर्माणको यो चरणमा आम युवालाई तालिम दिन विशेषतः व्यवस्थापकीय नेतृत्वका लागि यस्ता म्यानुअलहरु उपयुक्त नै छन् । टोकन युथ पार्लियामेन्ट, युवा पहल कदमीका कार्यक्रमहरु, स्मार्ट क्लवमा विचार आदान प्रदान आदि युवाको नेतृत्व विकास गर्न सघाउ पुर्याउने कार्यक्रमहरु हुन् ।तर समाज र अर्थतन्त्रलाई एउटा तहबाट अर्काे तहमा लैजान जुन फड्को र तिब्र गति आवश्यक हुन्छ त्यसका लागि भने नयाँ दृष्टिकोण सहितको नेतृत्व पंक्ति र त्यसलाई लागु गर्ने तत्परतार त्यही अनुरुपको व्यवस्थापन आवश्यक हुन्छ ।
नेतृत्व राजनीतिक कि सामाजिक भन्ने प्रश्न पनि उठ्ने गरेको छ । २१औ शताब्दीमा वाम आन्दोलनको भविष्यबारेमा लेख्ने चर्चित लेखिका हेनेकरका विचारमा अवको राजनीतिक आन्दोलन विशुद्ध राजनीतिक र आर्थिक मागमा मात्रै होइन सामाजिक मागमा पनि विस्तार हुनु पर्दछ । यदि नेपालका सन्र्दभमा आर्थिक सामाजिक रुपान्तरण नै अहिलेको कार्यभार हो भने युवा नेतृत्वको विकास आर्थिक पुर्नउत्पादन, सामाजिक रुपान्तरणको नेतृत्व गर्न सक्ने र गरेका युवाको काँधमा सुम्पिनु ढिलाइ गर्नु हुँदैन ।
नयाँ र पुरानो पुस्ताको कुराः
नेतृत्वमा निरपेक्ष पुरानो वा निरपेक्ष नयाँ पुस्ताको दावी अनुपयुक्त हुन्छ । नेपाली उखान नै छ कि कुरा सुन्नु बुढाको आगो ताप्नु मुढाको भने झै पुरानो जेनेरेसनका अनुभवहरु निकै महत्वपूर्ण हुन्छन् । नयाँ जेनेरेसनमा नेतृत्व लिने तत्परता छ र अब्बलता देखाएको छ भने त्यो बेला नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण गर्नु पर्दछ । नयाँ र पुरानो पुस्ताको कुरा गर्दा जापानका भर्खरका मैजी युवालाई पुरानो पुस्ताले पुरै जिम्मा लगाएको त्यसले जापानलाई नयाँ विचारका साथ पुरै रुपान्तरण गरिदिएको थियो । यसका लागि सिंगो नयाँ पुस्ता एउटा प्रेरणाका साथ अघि आउनु पर्दछ । संसारमा भएका ठूलठूला क्रान्ति र परिवर्तनहरु युवा अवस्था देखि सघर्षमा हुर्किएको नेतृत्वले गरेको छ । रुसी, चिनिया, क्युवाली क्रान्ति, स्वतन्त्रता संग्रामहरुमा नेतृत्व गर्नेहरु युवाकाल देखि सघर्ष गरेको पंक्ति थियो । नेपालमा टुक्रा टुक्रा भएको वाम आन्दोलनमा एक बेला बुढा र खारिएका नेताहरुलेसायद नयाँ पुस्ता र युवाको कुरा नै नसुन्ने भएकाले होला का. मदन भण्डारीले “म पनि नेता भइ हाल्थेकी दारीजुँगा उम्र उम्र” भनेर लेखेको कविता नयाँ र पुराना पुस्तामाझको अविस्वासलाई उजागर गर्दछ । नेकपा माले कालको नयाँ पुस्ता राजनीतिमा परिवर्तनको वेग सहित आयो र आँधि हुरी नै मच्चायो । तर त्यहीे पुरानो पुस्ताको मनमोहन अधिकारी जस्ता पाका नेतालाई अविभावका रुपमा अघि सार्दा र जननेता मदन भण्डारी अगुवाईमा रहेको नयाँ पुस्ताको नेतृत्व समुहका े गतिर पुरानो पुस्ताको सुझबुझले राम्रो काम गर्यो । एमालेको नौ महिने सरकारमा त्यो सुझबुझ सबै भन्दा राम्ररी प्रतिबिम्बित भएको थियो । तर पछि एमाले भित्रको झैझगडा, विभाजन र गुटबन्दीले सिंगो सामाजिक राजनीतिक परिवर्तनको आन्दोलन, पार्टी निर्माण र नेतृत्व निर्माणको प्रश्न पनि दिशाभ्रम हुन पुग्यो । अरु राजनीतिक पार्टीहरुमा पनि नेकपा एमालेको झै आफ्ना विशिष्ट अनुभवहरु रहेका छन् ।
देशको नेतृत्व निर्माणको प्रश्नमानयाँ र पुरानाको संयोजन आवश्यक हुन्छ । यो नयाँ पुस्ताले आफुतिर तान्ने र पुरानोले घिउ घुमाई फिराई आफ्नै भागमा खन्याउने विषय पनि होइन ।वा, नेतृत्व निर्माणको प्रश्न म मेरा पालामा खान्छु तिमी तिम्रो पालामा खाउला भन्ने कुरा पनि होइन ।अझ हामीकहाँ त कस्तो डरलाग्दो पद्दति विकास गरिदैछ भने पुराना पुस्ताका नेताले आ–आफ्नो भाग माग्ने र गुटमा नजिक रहेको आफ्नो मान्छेलाई बाँड्ने चलन पनि विकास हुँदैछ । पुरानो पुस्ताको भूमिका त नयाँ पुस्ताको नेतृत्व निर्माणका लागि उसले गरेको र गर्नसक्ने काम, विचार र क्षमताको कसिमा छनौटको एउटा पारदर्शी विधि निर्माण गर्ने र त्यसलाई कार्यन्वयन गर्ने हो ।
एक मानिस कति लामो समयसम्म नेतृत्वमा बस्ने या पुरानो र नयाँ पुस्ताको नेतृत्वको कसरी हस्तान्तरण गर्ने भन्ने सन्र्दभमा केही अन्तराष्ट्रिय अनुभवहरु हेरौं । यसमा बलियो या कमजोर नेता भन्ने आयाम पनि जोडिएको छ ।अमेरिका र युरोपमा राज्य सञ्चालनको बलियो पद्दति विकास भइसकेको हुँदा छनौटमा क्षमताका आधारमा युवा या पाको महिला या पुरुष जो सुकै सहजै आउने परिस्थिति विकास भईसकेको छ । एकै समयमा बेलायतमा युवा र लोकप्रिय डेविड क्यामरुन आफ्नै दाइसँग प्रतिस्पर्धा गरी नेतृत्वमा आएका आएका थिए । बेलायतको लेबर पार्टीमा भने सिनियर नेता कोर्विन विचारको आधारमा उदाए । ठिक त्यही बेला जर्मनीमा एक सिनियर महिला युरोपकै नेतृत्वमा लोकप्रिय भएर छाउन पुगेकी थिइन् । युरोपका अन्य धेरै देशमा को नेता हो भन्ने कुरा बस्ने मानिसलाई थाहै हुदैन तर देश गज्जवले चलिरहेको अवस्था हुन्छ । अमेरिकामा युवा र अफ्रिकी अमेरिकी मूलका ओवामाले हिलारी क्लिन्टन जस्तो सिनियर र प्रभावशाली महिलालाई पार्टी भित्रै प्रतिस्पर्धामा हराए भने वाहिर जोन म्याकिन जस्तो सिनियर रिपब्लिकन लाई हराए । संसारमै बहुप्रतिक्षित त्यो चुनावमा जितेका बराक ओवामाको नेतृत्वमा क्लिन्टन र विदेन जस्ता अनुभवीहरुसमेत बसेर काम गरे । भारतमा सोनिया गान्धि र मोनमोहन सिंह जस्ता अनुभवी राजनेता पश्चात सिधै युवा राहुल गान्धि प्रतिस्पर्धामा आए । एकबेला लोकप्रिय काग्रेस सिनियर नेता सिला दिक्षित पछि युवा गोलबन्ध गर्दै युवा पुस्ताबाट केजरीवाल उदाए । दक्षिण अफ्रिकामा रंगभेदका लागि युवा अवस्थामा लड्दा आंतककारीको आरोप लागेका नेल्सन मण्डेला जीवनको उत्तरार्धमा अभिभावकीय भूमिका खेलेर विश्वकै एक असल राजनेताको छवि बनाए । ल्याटिन अमेरिकामा स्थापित भएको नेतृत्व हुगो चाभेज, इभो मोरेलस, लुला र दिल्मा रुसेफ युवा कालदेखि नै आन्दोलनबाट स्थापित भएका नेतृत्वहरु हुन् । भिन्न परिवेशमा भिन्न तरिकाले राजनीतिक नेतृत्व विकास भएका यि केही उदाहरणहरु हुन् ।
बलियो नेतृत्वको कुरा आउँदा रुसमा भ्याद्मीर पुटिनको कुरा आउँदछ । उनी दोहोरियर अनि लामो समयसम्म बसिरहदाँ पनि रुसमा उनको लोकप्रियता बढिरहनु रुसको पुनउत्थानका लागि बलियो नेतृत्वको खोजि हो ।रुसजस्तो विश्व महाशक्तिले एक अवधिमा भोगेको ह्युमिलेसन र पुटिनले रुसलाई पुन बाटोमा ल्याउन गरेको प्रयासका कारण नै उनी त्यहा प्रभावी बन्न सकिरहे । उनले अहिले सम्म त्यसलाई स्थापित गरिरहेका छन् । भारतमा नरेन्द्र मोदी आवागन पुस्ताको खोजि भन्दा नवउदारवादी विकास र बलियो हिन्दु राष्ट्रवादको खोजि हो । जापानमा सिन्जो आवेको आवगन अर्थतन्त्र विकास, सक्रिय अन्तराष्ट्रिय संलग्नता मार्फत राष्ट्रवादको पुनरावृति गर्नु हो । नेतृत्व विकासमा बलियो राष्ट्रवाद र अर्थतन्त्रको निर्माणको खोजि एउटा महत्वपूर्ण प्रवृति बनिरहेको छ । ब्रिक्जिट देखि अमेरिकी चुनाव हेर्दा यो कुरा झन् पुष्ठि हुन्छ ।
चीनको नेतृत्व विकासका आफ्नै सफल अनुभवहरु छन् ।चीनले नेतृत्व ग्रूमिङ गर्ने, नेतृत्व हस्तान्तरण गर्ने, नेतृत्वले सेवा गर्ने उमेर र अबधिका निश्चित विधिहरु अबलम्बन गरेको छ । यसले परम्परागत कम्युनिष्ट पार्टीहरुमा देखिएका सत्ता पलट र सघर्षका झगडाबाट बचाएर चिनिया कम्युनिष्ट पार्टी र देशलाइ बलियो पार्दै लगेको छ । श्रृखलाबद्ध र विधिमा आधारित नेतृत्व विकास गर्दा आन्तरिक प्रजातान्त्रिकरणको प्रक्रियालाई पनि बलियो पारेको छ भने पछिल्लो आउने नेतृत्व अझै प्रभावकारी र क्षमतावान् देखिएका छन् । अहिलेको विश्व राजनीतिमा सिजिपिङ उद्य शान्त तर दृठ अठोट भएको राजनेताको छविका देखा पर्नु चिनिया नेतृत्व निर्माण प्रकृयाकै सफलता हो । युवा लिगबाट आएका धेरै नेताहरु नै चीनका केन्द्रीय नेतृत्वमा पुगेका छन् । चीनले विकसित देशमा झै संस्था, संरचना र संगठनहरुमा पनि नेतृत्व विकास गर्ने आफ्नै ढाँचाहरु विकास गरेको छ । उसले अमेरिका झै देश भित्रका मात्र होइन अन्य देशका प्रभावशाली युवालाई सम्मान र सुविधा दिएर चीनमा काम गर्न आमन्त्रण गर्ने गरेको छ ।
विश्वमै अहिले विकास भएको एउट अर्काे प्रवृति महिला नेतृत्वको उदय हो । यो जर्मन, बेलायत, अमेरिका, ब्राजिल, भारत, नेपाल, कोरिया, जापान(सम्भावित) लगायत थुप्रै देशमा नेतृत्वकर्ता र प्रतिष्पर्धिका रुपमा अघि आएका छन् । महिला नेतृत्वले विश्व शान्तिका लागि सकारात्मक भूमिका खेल्न सक्ने मानिए पनि यो चुनौति रहित भने छैन । युवा महिला नेतृत्व विकासका लागि यो उत्प्रेरणाको विषय भने हो ।
यो विवेचनाको अर्थ के हो भने नेतृत्व निर्माण गर्ने सवाल परिस्थितिजन्य हुन्छ । यहाँ राजनीतिक नेतृत्वको मात्रै कुरा गरिएको भए पनिनेपाल जस्तो देशले हाम्रो अवस्था अनुसार र सामाजिक ध्येयलाई केन्द्रमा राखेर सुसंगत पद्धति र विधिमार्फत् नेतृत्व स्थापना गर्ने परिपाटीबाटै देशका लागि हरेक क्षेत्रमा आवश्यक बलियो र प्रभावकारी नेतृत्व स्थापना गर्न सकिन्छ ।
नेतृत्व विकासका लागि गर्नु पर्ने केही रणनीतिक महत्वका कार्यहरुः
ड्ड अहिलेको आवश्यकता समानता, समृद्धि र शान्तिको प्रत्याभूति दिन सबै माझ अनेकतामा एकताको खोज गर्ने नयाँ जर्वजस्त पुस्ता तयार गर्नु हो । युभ भिजनले सोचेको कुरा नेतृत्व निर्माण समावेशी होस्; हरेक वर्ग, जात, भेग, लिङ्ग, दलित, आदिवासी, अपाङ्गता भएका र अल्पसंख्यकहरुबाट हामीले युवा प्रतिभाहरु अघि बढाउन सकौं; समाजका बिभिन्न क्षेत्रहरुबाट प्रतिभाहरुको निश्पक्ष छनौट हुन सकोस् भन्नै नै हो । हामीले युभ भिजनमा प्रतिभा खोजी ९त्बभिलतक जगलतष्लन० गर्ने र तिनलाई उचित जिम्मेवारी दिने कार्यक्रमहरु अघि बढाउने सोच अघि सारेका थियौं । मन्त्रालयले केही कुराहरु शुरुवातपनि गरेको छ ।
ड्ड बिभिन्न क्षेत्रका सम्भावन भएका युवा समेटी युवा नेतृत्व तालिमका लागि एउटा राम्रो, निश्पक्ष र बलियो संस्था तयार गर्नु पर्दछ ।
ड्ड नेतृत्व र अवसरमा समावेशीता एकहद र एक समयसम्म आवश्यक हुन्छ । तर यसलाई जवसम्म पछाडी परेका वर्ग र समूहको शिक्षा, उद्यमशीलता र रोजगारमार्फत आम समूहलाई सशक्तिकरण गर्न सकिदैन सकारात्मक विभेदले मात्र नेतृत्व निर्माणमा अपेक्षित उपलब्धि हासिल हुन सक्दैन । यसले समुदायका सभ्रान्तहरुलाई मात्र बारम्बार स्थापना गरिरहने खतरा हुन्छ । त्यसैले नेतृत्व विकासका लागि युथ भिजनले तोकेको पहिलो र दोश्रो पिल्लरलाई युवा विकासका लागि दुरगामी महत्वका रुपमा जोड दिईरहनु पर्ने हुन्छ । यसले नेतृत्वलाई समुदायबाट स्थापित गर्ने आधार निर्माण गर्दछ । यसले सबै फुलको एउट गुच्छा मात्र होइन सबै फुलहरु फुल्ने फुलवारी नै निर्माण गर्न मद्दत हुनेछ ।
ड्ड हामी नयाँ पुस्ताका सामु कसरी सबै उपपहिचानहरु सम्मानित भएको एउटा बलियो नेपाली राष्ट्रियता निर्माण गर्ने ज्वलन्त प्रश्न हाम्रा अगाडी खडा भएको छ । युवा नेतृत्व र पुस्तालाई त्यस ढंगले ग्रुमिङ गर्नु अत्यावश्यक भइसकेको छ ।
२) युवा परिचालन र सहभागिता
यहाँ छलफल गर्न खोजिएको दोश्रो विषय युवा परिचालन तथा संलग्नता (थयगतज mयदष्ष्शिबतष्यल बलम भलनबनझभलत० हो । युवा परिचालन आफैमा त्यति सकारात्मक अर्थ दिदैन । बेरोजगारी र गरिवीले आहत युवाहरु अशिक्षा र जोशमा जातिय धृणा, द्धन्द्ध र मध्यपुर्वमा देखिएजस्तै आतंकवादका लागि पनि गलत ढंगले परिचालित भएका छन् । त्यसैले कस्तो र कुन ढाँचाको युवा परिचालन र कसरी युवा संलग्नता कायम गर्ने भन्ने विषय निकै महत्वको हुन आउँदछ । युवा परिचालनको उद्देश्य सामाजिक आर्थिक रुपान्तरणका लागि युवालाई भोलीको परिचालकका रुपमा विकास गर्नु हो न कि उसलाई कुनै अमुक स्वार्थका लागि प्रयोग गर्नु हो ।
युवा परिचालनतथा संलग्नताका केही दृष्टान्त हेरांैः
ड्ड युवा जहिल्यै पनि अन्याय, अत्याचार, तानाशाही र मनोमानीका विरुद्ध राजनीतिक र सामाजिक परिवर्तनको वाहक बन्दै आएका छन् र त्यो बन्नु पर्दछ । यस्ता प्रतिरोधका आन्दोलनहरु नचाहेरै कहिलेकाँही हिंसात्मक बन्न सक्दछन् । प्रतिरोध र प्रतिरक्षा गर्नुको अवस्थावाहेक युवालाई हामीले शान्तिपूर्ण, सौम्य र स्वजागृत परिवर्तनका आन्दोलनका लागि नै उत्प्ररित गर्नु पर्दछ ।
ड्ड तर राजनीतिक परिवर्तन पछि पनि र शान्तिपूर्ण मागहरु सम्बोधन गर्ने अवस्था रहँदारहदै पनि क्याम्पस जलाउने, बच्चाहरुको स्कूलमा वमहरु राख्नुका सट्टा सायद स्कूलहरुमा युवा र विद्यार्थी सँगठनहरुले रचनात्मक क्रियासिलता र सचेतनामुखी जागरणका कार्यक्रम ध्यान दिनु पर्ने हो । युवा र विद्यार्थी सँगठनहरु भनेको सधै टायर बालेर प्रदुषित् गर्ने र स्वार्थ बाझ्ना साथ बन्दगरिहाल्ने मात्र होइन थोत्रो टायरमा पनि फुल फुलाउने र स्वस्छ र सफा सडक र शैक्षिक संस्था बनाउन ध्यान दिने संगठन हुनुपर्दछ ।
ड्ड युवालाई क्याम्पसमा गुण्डागर्दी, चन्दा असुली, ठेक्का पट्टा असुली, ब्यालेट बक्स कब्जा भन्दा अध्ययन अनुसन्धान, असल शाषन प्रत्यााभुति गराउने र नमुना कार्यका लागि परिचालन गरिनु पर्दछ । हाम्रा संरचना र संस्थाहरु त्यही रुपमा निर्माण गर्नु पर्दछ ।
ड्ड राजनीतिक परिवर्तन पछि पनि युवालाई चुनाव देखि चुनावसम्म र चुनावका लागि सबै कुरा गर्ने परिपाटी बसाल्दै जाँदा नयाँ पुस्ताले कसरी प्रजातन्त्रलाई संस्थागत गर्ला र सामाजिक अनि आर्थिक रुपान्तरणको कार्यभार पुरा गर्न सक्ला !
ड्ड यो पंक्तिकारको विचारमा नयाँ पुस्ता स्मार्ट, बुझ्ने र विवेकी पनि छ । समाज विकासको नियम अनुसार पनि नयाँ पुस्ता प्रगतिशील हुन्छ र हुनै पर्दछ । यो कतिपय अव्यवस्थाका विरुद्ध निष्पक्ष बोल्न हिच्किचाउदैन र अघिल्लो पुस्ताको नालायकी प्रति आलोचक पनि छ । यसले हामी किन बनेनौ र हाम्रो देश किन बनेन भन्ने चिन्ता पनि राखेको देखिन्छ । खोज्दै जाने हो यस्ता नव युवाहरुले आइटी, उद्यमशीलता, विज्ञान, प्रवृधि, कला, संगित आदि क्षेत्रमा लोभलाग्दा कार्यहरु गरेका छन् । हामीले उनीहरुमा भविष्य देखेर परिचालन गर्न सक्नु पर्दछ ।
ड्ड नव–युवाको उज्यालो पाटो मात्र होइन अध्यारो पाटो पनि छ । गरिवीका कारण शिक्षा आर्जनमा भएको विभेद र वेरोजगारीको अवस्थाले कि त युवाहरु निराशातिर धकेलिएका छन् कि विदेशतर्फ लागेका छन् । हाम्रो राज्यले देशको करिव ४५ लाख युवा स्वदेशमै कृषि र उद्यममा होइन विदेशमा परिचालन गरेको छ । देशको करिव ४३ प्रतिशत युवाको सुनौलो जनसांख्खिक लाभ लिने बेला हाम्रो अर्थतन्त्र झन् झन् पराश्रित हुदै गएको छ । उनीहरुले परिचालित गरिदिएको रेमिटेन्सको सलायनले हाम्रो अर्थतन्त्र तग्रिएको छ । कहिल्यै योगदानको चर्चा नपाएका यी नेपाली युवाले पठाएको रेमिटेन्सलाईपुनउत्पादनको क्षेत्रमा परिचालनले मात्र ठूलो युवा शक्तिलाई स्वदेशमै रोक्न सकिन्थ्यो । युथ भिजनले पनि उनीहरुकै श्रोत र उनीहरुकै श्रमले देश निर्माण गर्न सकिने योजना र कार्यक्रम अघि सारेको छ ।
ड्ड युवा परिचालन भनेको श्रोत र सेवा परिचालनको कुरा पनि हो । युवा परिचालनका लागि राज्यले धेरै लगानी गर्न सक्दा राज्यले पनि ठूलो प्रतिफल प्राप्त गर्न सक्दछ । नेपालको सन्र्दभमा युवाको रोजगारी, उद्यमशीलता र सेवाका क्षेत्रहरु पहिचान गरी श्रोत परिचालन गर्न आवश्यक हुन्छ । युवा परिचालन गरी जुन फड्को मार्ने (तबपभ याा)े कुरा गरिएको छ उत्पादनका क्षेत्रमा ब्यापक लगानी विना यो सम्भव हुन सक्दैन । प्राकृतिक श्रोत साधनको उचित व्यवस्थापन गरी (जस्तै जडिबुटी, जलश्रोत, कृषि र वनमा) राज्यले युवाको सयुक्त लगानी गरी व्यापक युवालाई उद्यमशीलता र पुनउत्पादनका क्षेत्रमा परिचालन गर्न सकिन्छ । जस्तै यार्चा गुम्बाको व्यवस्थापन र अन्य जडिवुटिको प्रशोधन उद्योगमा युवालाई उत्प्रेरित गरी परिचालन गर्न सक्दा अर्थतन्त्रलाई ठूलो टेवा पुग्न गई युवा रोजगारी श्रृजना हुन जान्छ । नेपालको पर्यटन क्षेत्रमा राज्यले पूर्वाधार विकास गरी उचित वातावरण निर्माण गर्दा सबै भन्दा धेरै युवा परिचालन हुनसक्ने क्षेत्र हो यो । उद्यमशील युवालाई यसमा सहभागी गर्ने र उनीहरु नेतृत्व स्थापना गर्ने कार्य गर्नंै पर्दछ ।
ड्ड युवा सहभागिताका अन्य क्षेत्रहरु पनि छन्ः युवा सामाजिक सचेतक र परिचालक पनि हुन् । जातिय छुवाछुत जस्ता दलित विरुद्धको भेदभाव र हिंसा, छाउपडि, देउकी जस्ता सामाजिक कुरीति, लंैगिक हिंसा र विभेद, निरक्षरता उन्मुलन आदिमा युवाहरुले नियमित सामाजिक परिचालकको भूमिका खेल्न सक्दछन् । क्लव, स्कुल, परिवार र आफु बसेको समाजमार्फत समाज सुधारको कार्यमा उनीहरु संग्लग्न हुन सक्दछन् ।
ड्ड शिक्षा र तालिम स्वाभाविक युवा संलग्न हुन पर्ने क्षेत्रहरुहुन् । शिक्षा र तालिमले युवाका लागि रोजगारीको आधार निर्माण गर्दछ । विद्यार्थीको रुचिको क्षेत्र र उसको क्षमता हेरी अविभावक र शिक्षकहरुले उसलाई वृति विकासका लागि परामर्श दिन आवश्यक हुन्छ ।
ड्ड स्वास्थ्य र मनोरञ्जन क्लवहरु, मनोवैज्ञानिक परामर्श सेवा, खेलकुद आदिमा युवाको शारिरीक, मानसिक विकासका लागि संलग्नता अनिवार्य हुन्छ । युथ भिजनमा युवा स्वास्थ्य, खेलकुद र मनोरञ्जनलाई युवा विकासका दुइटा छुट्टै पिल्लरका रुपमा कार्यक्रम तय गरिएको छ ।
ड्ड युवा कुन क्षेत्रमा संग्लग्न गर्ने भन्ने सवालमा गुरु र अविभावकको भूमिका महत्वपूर्ण हुन्छ । उनीहरुकोे भूमिका मुर्ति कुद्ने कालिगर जस्तै हो । एउटा जेहन्दार युवा खराव र कुनियत भएको गुरु वा परिचालक पाउदा अंगुरीमाला जस्तो हत्यारा हुन पुग्दछ भने त्यहि अंगुरीमाला बुद्धका शिक्षाले फेरि एक असल चेला बनि शान्ति अभियन्ता बन्न पुग्दछ । धर्म र अतिवादका नाममा देखिएका आइएस आई र अतिवादी विचारले कसरी युवालाई मानवता विरोधि अपराधीहरुको जमातमा परिणत गरिदिन सक्दछ भन्ने कुरा मध्यपूर्वको हिंसा र द्वन्द्वले प्रस्ट देखाएको छ । त्यसै हाम्रो सहभागिता र परिचालनको आधार नै हाम्रो युवालाई राम्रो शिक्षा प्रदान गर्नु हो ।
ड्ड सामाजिक सञ्जालहरु महत्वपुर्ण राजनीतिक र सामाजिक परिवर्तनका लागि युवाका साधन बन्न पुगेका छन् । यी ज्ञान आर्जन, युवा स्वास्थ्य, सुचना, सञ्चारका लागि अनिवार्य अवयव बन्न गएका छन् भने यसको दुरुपयोगले विभिन्न सामाजिक विकृति, आतंकवादको मनोविज्ञान निर्माणको साधन पनि बन्न पुगेका छन् । युवालाई सहि मार्गमा परिचालनका लागि यसको उचित प्रयोग गर्नु पर्दछ ।
ड्ड युवा परिचालन प्राकृतिक स्वास्थ्य, बृक्षारोपण र वातावरण संरक्षण, राष्ट्रिय भावको जगेर्ना, सामाजिक कार्य आदिमा परिचालन गर्नु पर्दछ ।
ग) युवा स्वंयमसेवाः
तेश्रो तर युवा विकासका लागि महत्वपूर्ण विषयका रुपमा यहाँ युवा स्वयमसेवालाई चर्चा गर्न खोजिएको छ । युवा स्वंयसेवालाई संकृतिका रुपमा ग्रहण गर्नु पर्ने युथ भिजनको सोच अनुरुप नै यसलाई परिचालन र युवा संलग्नता भन्दा विशिष्ट ढंगले छलफल र विकास गरेर अघि बढ्नु पर्दछ ।
स्वंयसेवाको पनि समाजशास्त्र, अर्थ राजनीति र भौगोलिक आयाम हुन्छ ।
स्वंयसेवाको पनि समाजशास्त्र, अर्थशास्त्र र राजनीति हुन्छ । र, यसको भौगोलिक आयाम पनि हुन्छ । नेपालजस्तो जातिय, सामाजिक र भौगोलिक विविद्यता भएको मूलुकमा युवा स्यंमसेवाले अझ विशिष्ट महत्व राख्दछ । यसलाई उपयुक्त ढंगले अघि बढाउन सकियो भने समाज रुपान्तरणमा र सामाजिक सम्मिलनको (क्यअष्ब ितचबलकायचmबतष्यल, अयजभकष्यल बलम बककष्mष्बितष्यल० को भूमिका अदा गर्न सक्दछ । हाम्रा शहरका युवाले गाउँलाई बुझेर मात्र उनीहरु देशलाई माया गर्ने बन्न सक्दछन् । हाम्रो समाजमा रहेको सामाजिक, जातिय, वर्गिय र क्षेत्रिय विभेद बुझेर मात्र नयाँ पुस्ताले सही अर्थमा समाज रुपान्तरणको कार्य गर्न सक्दछ ।
काठमाण्डौंको युवाले जवसम्म तराई र दुर्गमा पिछडिएका कर्णाली लगायत क्षेत्रका थारु, दलित, सिमान्तकृत र महिलाका समस्या बुझ्न सक्दैनन् उनीहरु समाज र देशलाई साँचो अर्थमा माया गर्न सक्दैनन् । यदि देशलाई माया गर्ने त्यस्तो केही राष्ट्रियता भयो भने पनि त्यो दिगो हुदैन र त्यो केवल हुनेखानेको नक्कली राष्ट्र प्रेम मात्र हुन्छ । गाउँ र शहरको विभेदलाई कसरी कम गर्ने, कसरी उत्पादन र मुल्य श्रृखलामा गाउँ र शहरलाई जोड्ने भन्ने प्रश्न हाम्रा अगाडी ज्वलन्त छ । गाउँको युवा अरव र मलेशिया हानिदै छ र शहरको युवा अमेरिका, युरोप जापान ताकिरहेको छ । गाउँ र शहर माझ देखापरेको यो अलगाव पुनसंयोजन गरी पुनउत्पादनको श्रृखलामा जोड्न पनि युवा स्वंयमसेवाको भाव विकास गर्न जरुरी छ । यसो भएमा हाम्रा युवा हाम्रै गाउँमा उद्यमशीलता र उत्पादनका सम्भावनाहरु देख्नेछन् । शहर, गाउँ र विदेशमा बस्ने युवाले हाम्रो स्थलीय अर्थतन्त्र विकासका अपार सम्भावनाको खोजि गर्न उत्प्रेरणा गर्ने छ ।सघर्ष गर्दै अघि बढ्ने र जीवन जीउने कला सिकेको र काम प्रति सम्मान गर्ने एक युवाले देशका निम्तिनै आत्मनिर्भर अर्थतन्त्रका जग खडा गरिदिन सक्दछ ।
यसको राजनीति भनेको देश र समाजलाई माया गर्ने र देशको राष्ट्रिय र सामाजिक ध्येय पुरा गर्ने दत्तचित भएको स्वजागृत युवा तयार गर्ने हो ।
राजनीतिमा स्वयंसेवा आवश्यकता भन्दा बढि भएको भन्ने पनि छ । कतिपय देशहरुले युवा स्वंयमसेवालाई राष्ट्रिय सुरक्षाको अभिन्न अङ्ग बनाएका पनि छन् । क्रान्तिकारी पार्टीहरु र विद्रोही समूहहरु र राज्यले पनि यस्ता युवा स्यंमसेवकहरु निर्माण गर्ने गरेको छ । कोरिया युद्दमा चिनले पठाएका लाखौ युवा, क्युवाले अफ्रिकाको स्वतन्त्रताका लागि पठाएको हजारौं स्वंयसेवकहरु यसमा पर्दछन् । उनीहरु सारमा प्यारा मिलिटरी युवा समूह नै थिए । दक्षिण अमेरिकी कतिपय देशहरुमा विद्रोही समूहका विरुद्ध राज्यले पनि भिजिलान्ते समूहहरु गठन गरेको देखिन्छ । हाम्रा लागि राष्ट्रिय सुरक्षा र हितको स्वयंसेवकीय मोडेल के हुन सक्ला ? सायद हाम्रो भू राजनीति, इतिहास र हिमाली सम्यताले सिकाएको कुरा के हो भने हामी आफ्नै खाले स्वंयसेवकीय ढाँचामा जानु पर्दछ । ठूला शक्तिशाली मुलुकहरु माझ दुई विश्व युद्धबाट अछुतो रही शान्तिपुर्ण सहअस्थित्वबाट आफ्नो गौरवशाली राष्ट्र निर्माण गरेको स्वीस मोडलबाट सायद नेपालले धेरै कुरा सिक्न सक्दछ ।
हाम्रो स्वयंमसेवकीय मोडेल अति राजनीति र विचारधाराको धुब्रिकरणबाट होइन सामाजिक स्वंयसेवाको जगमा राजनीति र राष्ट्रहीतलाई उभ्याउनु विवेकपूर्ण हुनेछ । हाम्रो देशमा अनुमान गरिने करिव २ लाख राजनीतिक कार्यकर्ताको कार्य के हो, उनीहरुको सामाजिक मिसन के हो र उनीहरुको उत्पादन सँग्लग्नता के हो भन्ने कुरा पुनः परिभाषित गर्नु जरुरी भै सकेको छ । यस्तो राजनीतिक स्यंमसेवाले राजनीतिक परिवर्तनको एककालखण्डमा कार्य गरे पनि निर्माणको कालमा सामाजिक ध्येयलाई नै विश्रृखलित पारिदिन सक्छ । सामाजिक ध्येय विनाको यस्तो स्वयंसेवाले राज्यका निकायहरुलाई नै माफियातन्त्रमा परिवर्तन गर्ने खतरा रहन्छ । राजनीतिक स्वंयसेवालाई निश्चित धेरामा राखि यसलाई सामाजिक स्वंयसेवा र उत्पादनको जगमा उभ्याउनु पर्दछ ।
युवा नीति र युथ भिजनमा कस्ता सोचहरु प्रतिबिम्बित भएको छ त ?
‘युवा नीति २०६६’ र ‘युवा नीति २०७२’ ले युवा स्यंयसेवालाई जोड दिनु पर्ने कुरा निर्देश गरे अनुरुप युथ भिजन २०२५ मा केही महत्वाकांशी कार्यक्रमहरुलाई अघि सारेको छ । सरकारले चाहदा र कार्यन्वयनमा दृढ निश्चय हुँदा ति कुनै रुपमा पनि असम्भव कार्यक्रमहरु भने होइनन् ।
युथ भिजनमा युवा स्यंमसेवा सम्बद्ध कार्यक्रमहरु युवा मन्त्रालयको मातहत ल्याउनु आवश्यक छ । जुन देश योजनाहरुनै एकापट्टि रणनीतिक महत्वका बन्दैनन् बनेमा विना माफदण्ड नेताको प्रभावमा योजना विनियोजन हुन्छतर समयमा कहिल्यै लागु हुँदैनन् युवा स्यंमसेवाको कार्यक्रम किन योजना आयोगले संञ्चालन गरिरहनु पर्दछ ? एकपट्टि काम नभएर युवा मन्त्रालय बसिरहेको छ । योजना आयोगको काम योजना बनाउने हो युवा स्वयंसेवक परिचालन गर्ने होइन । त्यहाँ सम्बन्धित मन्त्रालयले कार्यकर्ता भर्ना गर्न पाईन्छ भन्ने आधारमा युवा कार्यक्रम होल्ड गर्नुृ अनुपयुक्त छैन ।
युथ भिजनमा सन् २०२५ सम्म युवा मन्त्रालय र युवा काउन्सिलमार्फत न्युनतम निर्वाहखर्च दिई २५ सय नियमित स्वयम्सेवक परिचालन गर्ने योजना बनाएको थियो र शैक्षिक संस्थाहरुमा २ लाख सम्म अस्थाई स्यंमसेवक तयार गरि परिचालन गर्ने योजना तय गरेको छ । कम खर्चको ढाँचामा (यिध अयकत mयमभ०िकेन्द्रबाट खटाइएका युवा स्वयंसेवकहरुलाई नै परिचालन गरी स्वयंसेवाका लागि युवाको एक दिन, जन्म दिवसमा वृक्षारोपण, विकृति विसंगति विरुद्ध सामाजिक सचेतना जस्ता कार्यक्रमहरु सञ्चालन गरी दिगो विकासका लागि नयाँ पुस्तालाई तयार पार्दै लिन सकिन्थ्यो । यस्तो स्वयंसेवा दस्तालाई युथ सेभिङ्, ससना सहकारी र उद्यमशीलतामा परिचालन गर्न सकिन्थ्यो ।भूकम्प पछिको त्रासदीमा आम युवा स्यंमसेवाको यो कार्यक्रमको ठूलो महत्व राख्दछ । भुकम्पका बेला युवा मन्त्रालयले स्वयंसेवकहरु परिचालनका लागि संयोजनकारी भूमिका खेलेको थियो । यो आफैमा महत्वपुर्ण थियो । यसलाई संस्थागत गरी अघि बढाउन ढिलो भईसकेको छ ।
स्वयंसेवा संकृतिका रुपमा कसरी विकास गर्ने ?
स्वयंसेवालाई कसरी संस्कृतिका रुपमा विकास गर्ने भन्ने सवाल युथ भिजनको अर्काे महत्वपूर्ण सवाल हो । स्वयं सेवालाई आफैमा सहकार्यका रुपमा विकास गर्न सक्दा मात्र यो संकृतिका रुपमा विकास हुदै जान सक्दछ । स्वयंसेवा युवाको कार्यमात्र हो भन्ने बुझाई आफैमा गलत हो । यसमा सिनियर नागरिक, वालवालीका, महिला र अपांगता भएकाहरुलाई संलग्न बनाउन सक्दा यसलाई संकृतिका रुपमा विकास गर्न मद्दत हुन्छ । यसलाई विदेशमा छरिएर रहेका नेपाली समुदाय, युएन, अन्तराष्ट्रिय युवा तथा स्वंयसेवी संगठनहरु, विभिन्न आस्था र संकृतिका च्यारिटी संगठनहरुको दायरामा पनि सहकार्य विस्तार गर्न आवश्यक हुन्छ । यस सन्र्दभमा पनि यो विश्व सम्मेलनले एउटा महत्व बोक्न सक्दछ । स्वयंसेवालाई केन्द्रिय विन्दु बनाई युवा सहभागिता, परिचालन, सहकार्य गर्दा युवाको नेतृत्व विकास हुदै जान्छ भने नेतृत्व विकास र उनीहरुले नेतृत्वमा हुने कार्यक्रम, युवाको अरुसँगको सहकार्य र परिचालनले युवा वर्गमा स्वयंसेवाको संस्कृतिलाई गहिरोसँग विकास गरेर जान सकिन्छ । स्वयंसेवा र युवा सहभागितासँगै नेतृत्व तालिम र प्रशिक्षणलाई जोड दिइनु पर्दछ । स्वयंसेवालाई केन्द्रमा राख्दा सक्षम युवा नेतृत्व विकासका लागि मार्ग निर्माण गर्न सकिन्छ । (हेर्नुहोस्, तलको रेखाचित्र)।
किशोर किशोरी र बालबालिका समाजकै उत्प्रेरणा बन्न सक्दछन् ः
वालवालिका लागि स्वयंसेवा मूलतः नमुनाका लागि९कथmदयष्अिबििथ यच तयपभलष्कm० या काम प्रतिको सम्मान जागृत गर्न वा समाज बुझ्न सिकाइका लागि मात्र प्रयोग गरिन्छ । स्काउटले प्रयोग गरेको मोडल यस अर्थमा महत्वपूर्ण छ जसमा किशोर किशोरीहरुलाई स्वयंसेवा, जीवन जीउने कला, संकटमा प्रतिरोधात्मक क्षमताको विकास आदि कुराहरु समावेश गरिएका छन् ।
किशोर किशोरीले गर्ने कुरा टोकन भन्दा अनपेक्षित नमुना स्वयंसेवामा परिणत हुन सक्दछ । भूकम्पको त्रासदीका शुरुका दिनमा उद्धार गर्ने कुरामा अन्योलता थियो । यस्तो बेला तालिम प्राप्त नेपाल आर्मि र सुरक्षा निकाय उद्धारका लागि परिचालित भयो । त्यस पछि स्काउटले शुरुमै उद्धार कार्यका लागि आफुलाई प्रस्तुत गर्यो । पछि राजनीति युवा विद्यार्थी संघसंगठनहरु, युवा बिभिन्न सामाजिक सञ्जालहरु झन्स्वतस्फूर्त रुपमा युवा विद्यार्थीहरु पनि उद्धार र राहत वितरणमा लागे ।
किशोर किशोरी या वालवालीका ठूला उत्प्रेरक बन्न सक्दछन् भन्ने थुप्रै उदाहरणहरु छन् । नाजि बिरुद्धको युद्धमा जोयाको कथा होस् या समुन्द्री छालको डुवानबाट नेदरल्याण्ड बचाउन चिसोमा कठ्याग्रिएर औलाले प्वाल थुन्ने एक वालकको कथा होस् देश बचाउन उनीहरुको गरेको महान कार्यका लागि हिरोइक भएका छन् । हाम्रै सन्र्दभमा कुरा गर्दा पनि नमोबुद्धका राजकुमार आदि बुद्धको कथा होस् या शाक्यमुनी बुद्धको बाल्य र किशोराअवस्थाका गतिविधिको कुराहोस् हिमालयन क्षेत्रको मानवता र संकृतिका जगमा उठाउन सकिने शान्ति, सौहार्दता र प्रकृतिसँगको सहअस्थित्वमा आधारित स्वयंसेवाका गौरवपूर्ण उदाहरणहरु हुन् ।
सिनियर नागरिक आराम गरेर मात्रै बस्न चाहदैनन् ः
सिनियर नागरिकहरुलाई स्वास्थ्य उपचार, आराम र मरोञ्जन चाहिन्छ । संसारमा बढ्दै गरेको मध्यय वर्ग र सामाजिक सुरक्षा भएका थुप्रै सिनियर नागरिकहरु सिनियर सिटिजन क्लव र आराम कक्षमा रमाउनु भन्दा समाजसेवा या स्वयंसेवा गर्न तत्पर देखिन्छन् । जापान जस्तो बढ्दो सिनियर सिटिजन भएको देशमा त सडकमा काजग टिप्दै हिड्ने, जनावरलाई उपचार गर्दै, अपांगहरुको सेवा गर्ने सिनियर महिला र पुरुषहरु थुप्रै दखिन्छन् । नेपालमै पनि जागिरबाट रिटायर्ड भएका जापानी सिनियर सिटिजनका थुप्रै उत्पे्ररणात्मक कथाहरु छन् । हिमालयन क्षेत्रमा आएर नेपाली जनताको लागि स्वयंसेवा गर्नुको आनन्द सायद उनीहरु अन्त कतै पाउछन् होला । हाम्रा छिमेकी चिन र भारतको आर्थिक क्षमता जसरी बढ्दै गइरहको छ बेइजिङ् र शांघाईका पार्कमा ताइची गर्ने र भारत पार्कमा बसेर कपालभाति गर्दै हिड्ने सिनियर नागरिकहरुको स्वयंसेवा गर्ने गन्तब्य नेपालको हिमालय क्षेत्र हुन सक्दछ । पश्चिमबाट पुर्व आएर मदर टेरेसाले देखाएको काम अतुलनिय स्वयंसेवाको उदाहरण हो । हाम्रो युवा स्वयंसेवाको रणनीतिले यसलाई कहि न कहि जोड्न सक्नु पर्दछ । र, युथ भिजन २०२५ मा यि सहकार्यका मोडलहरु कहि न कहि संकेत गरिएको छ ।
जव स्वयंसेवा नमुना बन्छः
युवाले स्वयंसेवा गर्दा त्यो गर्नै पर्ने र स्वाभाविक कार्य भित्र पर्दछ । तर स्वयंमसेवा जव अपांगता भएका, सिनियर नागरिक, महिलाहरुले गर्दछन् सक्षम युवा जो सायद स्वयंमसेवाको दायारामा आएका छैनन् यसले उनीहरुलाई एउटा नैतिक झड्का दिनेछ । अपंगता भनिए पनि फरक क्षमता भएका उनीहरुको मोटिभेसनले देखाउन काम अब्बल हुन्छ । काठमाण्डौंको मोडल जस्ता अस्पताल र वेकरी क्याफेमा उनीहरु गर्ने रोजगारी र काम हामी सपाङ्ग भनिने भन्दा राम्रो गरेर देखाएका पनि छन् । र, त्यो दृढता पनि छ । दृष्टिविहिन भए पनि झमक घिमिरे र सृष्टि केसी जस्ता युवा महिलाले गरेको कार्य,विचार प्रवाह र उत्प्रेरणात्मक स्वयंसेवा नै हो । मानौ उनीहरुले प्रत्यक्ष कुनै स्वयंसेवा अभियानको नेतृत्व गर्दा त्यसको युवा र समाजमा कति गाढा प्रभाव होला र त्यसले स्वयंसेवी संकृति निर्मार्ण गर्न कति महत्वपूर्ण भूमिका खेल्न सक्ला !
हामीले विभिन्न समुदाय र संकृतिका मानिसहरुलाई समावेश गरेर गर्ने स्वंयसेवाले एक अर्कालाई बुझन् मद्दत हुनेछ । एक पण्डित घरको युवा वा अर्काे दलित घरको युवा सँगै बसेर गर्ने स्वयंसेवाले नीतिमा लेखिने सामाजिक विभेद र छुवाछुत विरुद्ध कयौ बढि सामाजिक रुपान्तरणको व्यावहारीक ढोका उघारिदिन्छ । एउटा सानो उदाहरणका रुपमा मधेश र र पहाडी समुदायमाझ देखिएको जातिय द्धन्द्धलाइ लिन सकिन्छ । पहिलो मधेश आन्दोलनले सामाजिक र राजनीतिक अधिकार भन्दा ब्यक्तिगत र सामाजिक धृणाको रुपलिने खतरा र संकेतहरु देखा परिरहेको बेला कोशी बाढीमा जब पहाडी युवा स्वयंसेवक, डाक्टर, नर्सहरु सेवामा दत्तचित्त भएर काम गर्दा मधेशका सामान्य जनताको मनमा हामीले आपसी झगडा भन्दा मिलेर काम गर्नु पर्छ र पहाडी मधेशी भनेर धृणाको राजनीति बेकार रहेछ भन्ने प्रतिक्रियाहरु सञ्चार माध्याममा आएका थिए । त्यस्तै अर्काे पहाडमा भूकम्प जाँदा मधेशका थुप्रै युवाले राहत सामाग्रीहरु भूकम्पले क्षतविक्षत भएको बस्तिमा पठाए । यसले अझ सामाजिक सम्मिलन भाव जागृत गर्यो । तर दोश्रो मधेश आन्दोलनमासुरक्षाकर्मी विरुद्ध नियोजित केही वर्वर घटनाहरु घटे पनि ब्यक्ति र सामाजिक तहमा मधेशी र पहाडि जनता माझ आक्रमण देखिएन । केही राजनीतिक बृतमा जर्वजस्त धारणा बनाउने प्रयास भएपनि जनताको तहमा भने सामाजिक धृणा र निषेधको अवस्था भने देखिएन । नेपाली समाज विभाज्य गर्ने केही प्रयासहरु भए पनि संकटमा गरिने युवा स्वयंसेवाले अविभाज्य र सम्मिलित समाज निर्माण गर्न एक अचुक सूत्रको काम गर्दछ ।
युवा परिचालन या रेमिटेन्स् ?
नेपालीको सौभ्याग्य हो या दुर्भाग्य विगत एक दशक यता करिव ४५ लाख युवाविदेशमा रोजगारी गरिरहेको छन् । सौभाग्य यस कारणले हो कि युथ बल्जबाट गुज्रिरहेको नेपालमा यसले सेफ्टी भल्व प्रदान गरेको छ र १० वर्षे लामो माओवादी द्वन्द्व समाधान भईसकेपछि पनि विभिन्न खाले द्वन्द्वलाई उठाउने प्रयासबाट देश बच्दै आएको छ । संक्रमणकाल लम्बिरहँदा पनि नेपाली जनताको समृद्धि हासिल गर्ने चाहनामा कुठाराघात भईरहेको र अझ भूकम्प र नाकावन्दिले अर्थतन्त्र र जनजीविका थिलथिलो भईरहेको बेला नेपाली युवाको पसिनाले कमाएको विप्प्रेषणले नेपालअफ्रिकी देश रुवान्डा वा सुडान जस्तो माहामारी र अनिकालग्रस्त भने भएन । यस्तो अवस्थामा पनि नेपालले हासिल गरेका मानवीय विकासका सकारात्मक सुचकांकहरुले नेपाली जनताको आत्म दृढतालाई ९ चभकष्ष्भिलअभ० उजागर गरेको छ ।
यसो भनिरहँदा यस्तो परिस्थिति नेपालीको दुर्भाग्य यसकारणले हो कि हामीले नेपालको पराश्रय अर्थतन्त्रकोइतिहासदेखिको परम्परालाई वर्तमानको जनसाङ्खिक लाभाङ्स र हाम्रै युवाको श्रम, विवेक र कौशलताबाट एउटा समृद्ध र गौरवशाली राष्ट्रका रुपमा देशलाई उभ्याउने सुनौलो अवसर गुमाउने खतरा बढीरहेको छ ।
यो अवस्थमा हामीले हाम्रो उत्पादक शक्तिको गतिशीलता बढाउने तिब्रतर राष्ट्रिय योजना विना भावनात्मक गित गाएर वा लासबक्समा आउने युवाकोे कथाले मात्र यो प्रक्रियालाई रोक्न सक्ने छैन । यो कुनै टालटुले उपाय भन्दा उत्पादक शक्ति गशिीलता बढाउने ब्यापक संरचनात्मक परिवर्तनबाट मात्र यो सम्भव हुनेछ ।
रेमिटेन्स अर्थतन्त्रले नेपालमा पुर्ण नकारात्मक भूमिका खेलेको छ भन्ने होइन । यसलाई नीतिगत निरन्तरता दिंदा यसले पराधिनताको बाटो खोलिदिन्छ । रेमिटेन्सको बलियो त्यान्त्रोलाई संक्रमणकाल पारगर्ने लगानीका रुपमा परिचालन गर्न सक्दा हाम्रो युवा विदेशमा होइन स्वदेशमा परिचालन हुन थाल्नेछन् । उनीहरु अर्काका लागि भन्दा आफ्नो उद्यमशीलता गर्न थाल्नेछन् जसले सृजना गर्ने लगानी र उद्यमशीलताले थप वाह्य र आन्तरिक लगानी परिचालन हुनेमा सन्देह छैन ।
नेपाली युवा डायस्पोरा परिचालन र सहकार्यः
अरव र मलेशीयामा अस्थाई काम गर्ने बाहेक पनि नेपालीहरुको डायस्पोरा बलियो बन्दै गएको छ । भारतमा वेटर र कुक हुँदै युरोप, जापान, अमेरिका पुगेको यो युवा पंक्तिलेश्रमको महत्व बुझेको छ । विद्यार्थीका रुपमा या कामकै खोजिमा लगानी गरी विदेश जाने काठमाण्डौं र नेपालका मध्यमवर्गकै युवाले काम र पैसाको महत्व बुझ्न पाएका छन् । भूकम्प पछि नेपालका धेरै ठाउँमा सरकार, दातृसंस्थाहरु नपुगिरकेको बेला ध्वस्त भएको बस्तिमा रेमिटेन्स पुगिसकेको थियो । आफ्नो परिवारमात्र होइन नेपाली युवाले दुःखका बेला छरछिमेकलाई पनि रेमिटेन्स पठाएका थिए ।
विदेशमा बसेका युवाले गरेको रेमिटेन्स स्वयंसेवाले नेपालीहरु संकटमा पनि दृढता प्रदशन गर्न सक्ने क्षमता प्रदान गरेको थियो । त्यो बेला अन्य सामान्य अवस्थामा आउने रेमिटेन्स भन्दा निकै बढि प्रतिशतले प्रवाहित भएको थियो । धेरै ध्वस्त भएका गाउँहरुमा एनआरएन र यससँग सम्बद्ध नेपालीहरुले महत्वपूर्ण उद्दार र राहतका कार्यहरु गरेका थिए । विदेश जहाँ बसेपनि दुईतीन वर्षको दशैमा नेपाल पुगिहाल्ने नेपालीहरुले लगानी र स्वयंसेवाको लागि निकै महत्वपूर्ण कार्य गर्न सक्दछन् । विकसीत देशमा बस्ने नेपालीहरु मध्ये गन्न लायक धनीहरु पनि बनिसकेका छन् र कयौ नेपालीले एक सामान्य कामदारबाट सेरिज रेस्टुरेन्ट र व्यवसायका मालिक बनिसकेको पनि छन् ।
प्रवासी नेपालीहरुका सन्ततिलाई भाषा र संकृतिले नेपालसँग जोडिराख्ने, उनीहरुलाई नेपालको पर्यटन प्रबधनमा परिचालन गर्ने, नेपालमै उद्यमशीलता, लगानी, सिप र स्वयंसेवा ल्याउन सरकारले विशेष जोड दिनु पर्ने युथ भिजन २०२५ र युवा नीतिमा पनि उल्लेख गरिएको छ । नेपाल भित्र र विदेशमै नेपाली समुदायमाझ उनीहरुले आफ्नो स्यंमसेवा विस्तार गर्न सक्दछन् । नेपालीहरु आफु बस्ने देशका नागरिक सँग सेतुको काम गर्न सक्दछन् । नेपाली बस्तुहरु विदेशमा प्रबर्धन गर्ने र पर्यटन प्रबर्धन गर्ने, उनीहरुलाई नेपालमा लगानी गर्न उत्साहित गर्ने कार्य नेपालको विकास र भविष्यका लागि निकै रणनीतिक महत्वको छ ।
युवा परिचालनका लागि हाम्रै सकारात्मक र नकारात्मक शिक्षाहरुः
द्वन्द्व, संक्रमणकाल र राजनीतिक अस्थिरता, भूकम्प र आर्थिक नाकावन्दीबाट गु्रजेको देशमा हामीले विकास सहश्राब्दी केही लक्ष्यहरु लोभलाग्दो तरिकाले हासिल गरेका छौं । यसको लक्ष्य हासिल गर्ने कारण के हो ?घाम जत्तिकै छर्लङ्ग कुरा के हो भने त्यो स्यंमसेवा नै हो ।
हामीले अति राजनीतिकरण गरी स्कूलमा र विश्वविद्यालयमा योग्यता नपुगेका, पढाउनै नजान्ने र पढाउनै नपर्ने कार्यकर्ता भर्ना गरेर अनि व्यवस्थापन समितीलाई भष्ट्राचारको अखाडा बनाई सार्वजनीक शिक्षाको हुर्मत लिई तहसनहस पारिएको छ । शिक्षाको गुणस्तरीयतको कुरा जे भए पनि अभिभावकहरुले वालवालीकाहरुलाई स्कूल पठाई हाम्रो भर्ना दरलाई ईज्जत धान्ने बनाइदिएका छन् । यसमा लैगिक विभेद पनि धेरै घटेर गएको छ । सायद शिक्षामा माथि उल्लेख गरिएको राजनीतिक स्वंयसेवाको करामत(!) नभएको भए र निश्पक्ष शिक्षकहरु छनौट गर्ने र शिक्षामा राजनीतिकरण नगरी साँचो स्वयंसेवा गरेको भए, समुदाय र अझ पढेलेखेका युवाको सहभागिताको मर्मलाई बुझि कार्यन्वयन गरेको भए हाम्रो सार्वजनीक शिक्षामा पनि लोभलाग्दा परिवर्तनहरु भइसकेका हुन्थे होला ।
शिक्षामा भन्दा कयौ कम लगानी भएको स्वास्थ्य क्षेत्रमा भने स्वयंसेवाकै कारण फरक परिणाम आयो । आमा समूहको भूमिका र युवा महिला स्वयंसेवीका नेपालको ग्रामिण क्षेत्रमा मातृ शिशु मृत्युदर, जन्मान्तर आदिमा उल्लेख्य सकारात्मक परिवर्तन ल्याईदियो । आमा समूह र महिनाको ५०० भत्तामा काम गर्ने युवा महिला स्यंमसेवीकाहरुले गरेको रात दिनको परिश्रमले हाम्रो सरकारलाई पनि अल्पविकसित देशहरु मध्ये स्वास्थ्य सूचकमा नेपालले गरेको प्रगतिवापत पुरस्कार समेत थाप्न सक्ने बनायो । स्वयंसेवी आमा समूहहरु प्रभावी भएका ठाउँमा जुवा, तास, जाँड, रक्सि बन्द गर्ने अभियान देखि लघु उद्यमशीलताका कार्यक्रमहरु बढि सफल र प्रभावकारी भएका छन् । मोहम्मद युसुनको वंगलादेशमा गरिएको लघु वित्त कार्यक्रको अनुभवले पनि के देखाउछ भने क्रृण तिर्ने देखी उद्यमशीलतमा लगाई समाज परिवर्तन गर्ने कुरामा महिलाहरु धेरै ईमान्दार देखिन्छन् ।
त्यस्तै हामीले सफलता हात पारेका केही सामुदायीक वन र सामुदायीक सिचाईका विकास मोडेलमा स्वयंसेवाको मोडललाई अलग गरिदिने हो भने यो उहिल्यै राजनीति संरक्षणमा माफिया र तस्करहरुको हातमा परिस्वाहा भईसकेको हुने थियो । अनुभवजन्य अध्ययनले के देखाएको छ भने नेपालमा सफल संरक्षण भएका वनमा महिलाहरुको सञ्चालनमा प्रभावी भएका छन् ।
सदियौ देखि विना कुनै सरकारी र बैदेशीक सहयोग विना सञ्चालनमा तराई, काठमाण्डौं देखि कर्णालीका दुर दराजमा पनि निरन्तर सञ्चालन भएका सामुदायीक सिंचाईहरु स्वंयसेवाको मोडलबाट अघि बढेका थिए । तर यसको नकारात्मक पक्षहरु पनि सँगसँगै हुर्किरहका छन् । सरकारी र वैदेशीक सहयोगमा अहिले सिंचाई सबैभन्दा बढि भष्ट्राचारको अखाडा बनेको छ । अझ सामुदायीक वनहरु सम्पन्न बन्न थाले पछि कुशाषनले फँडा फैलाउने खतरा बढेको छ भने आफ्नै वनमा आगो लाग्दा समेत कोही दातृ संस्था आउला कि भनि युवा स्वपरिचान नहुने डरलाग्दो प्रवृतिहरुपनि हुर्किरहेको छ ।
राजनीतिक युवा विद्यार्थी सँगठनहरुलाई चन्दा, भाषणवाजी र झैझगडाका रुपमा पछिल्लो समयमा बुझिदै आए पनि भूकम्पका बेला उनीहरुले गरेको परिचालन र स्वयंसेवा निकै महत्वपूर्ण रहेको छ । यसले हाम्रो राजनीति र हाम्रो युवा जगत कसरी सकारात्मक भूमिकामा ल्याउन सकिन्छ भन्ने देखाउँदछ । सामाजिक युवा संगठनहरु डलर खेतिका लागि मुद्धा तय गर्दछन र एडभोकेसी मात्र गर्दछन् भन्ने आरोप बेहोरिरहेको बेला आयोन लगायत सामाजिक युवा सञ्जालहरुले गरेको युवा परिचालन र स्वयंसेवी कार्य प्रंशसनीय छ ।
स्काउट जस्ता सरकारसँग आवद्द संस्थाहरुले भूकम्पका बेला खेलेको भूमिकाले पनि संस्था र संरचनामा राजनीतिकरण कम गरी नियम र मूल्य मान्यतामा चलाउदा कसरी देशका लागि अब्बल कार्य गर्न सक्दछन् भन्ने देखाउँदछ । राष्ट्रिय योजना आयोगसँग भएको तलवी स्यंयसेवा कति प्रभावकारी छ यसै भन्न सकिने अवस्था छैन । यसले कुनै एकिकृत परिणाम नदेखाएको हुँदा त्यो यदि हाजिरे जागिरी मात्र होे भने स्यंमसेवाको नाममा यो विडम्बना हुनेछ । यसलाई प्रभावकारी मोडलमा पुनसंयोजन गरी छनौटका निश्पक्ष आधारहरु तय गरी युवा मन्त्रालयको मातहत ल्याउनु पर्दछ । युवा स्वरोजगार भित्र पनि स्वयं सेवकको ठूलै संख्या नियुक्ति गर्ने गरिएको छ ।
तलव दिएर सरकारी अफिसमा स्वयंसेवा गर्ने मोडेल यो पंक्तिारलाई त्यति रुचिकर लागेको छैन । यसले स्वयंसेवा केही बेरोजगार युवालाई अफिसको कुर्सिमा बस्ने जागिरे मानसिकताले घर गर्ने कार्य मात्र हुनेछ । असल सरकारका लागि केही नमुना कार्य देखाउने कार्य बाहेक काम भन्दा बढि कर्मचारी भएको देशमा सरकारी अफिसमा युवा भोलिन्टिएरको आवश्यकता देख्नु फजुल कुरा हो । स्वयंसेवाका नाममा गरिने यो करार नियुक्ति मन्त्रिहरुले गर्ने करार नियुक्ति भन्दा खास अर्थमा भिन्न हुन सक्ने छैन । स्वयंसेवक लाई गाउँ र समुदायमा नै काम गर्न पठाउनु पर्दछ ।
युएन र अन्तराष्ट्रिय संगठनहरुको सहकार्यः
अन्तराष्टिय पिस मिसन, युवा आन्दोलनहरु, आस्था र शान्तिका अभियानहरुसँग हाम्रो स्वयंसेवालाई एकाकार गर्न आवश्यक छ । नेपालजस्तो शान्तिप्रिय देशले युएन जस्तो विश्व संगठनले अघि सारेको विकास एजेन्डाहरुलाई हाम्रो युवा स्वयंसेवाको कार्यसँग एकाकार पार्दै लिनु आवश्यक छ । राष्ट्रसंघको नेतृत्वमा अघि सारिएको दिगो विकास लक्ष्यहरु हाम्रो स्वयंसेवाका महत्वपुर्ण एभेन्युहरु हुन् । वातावरण संरक्षण, हावापानी परिवर्तन र दिगो विकासका अन्य लक्ष्यहरु अन्य कुनै देश भन्दा पनि नेपालका लागि बढि महत्वका छन् । हिमालयन क्षेत्रको भविष्य सुनिश्चित गर्न दिगो विकासका एजेन्डामा हाम्रा युवालाई व्यापक परिचान गर्न आवश्यक छ ।
नेपालमा युएन, भिएसओ, पिस कर्प मिसन, जाइका आदि युवा स्वयंसेवक छनौट गरि कार्य गर्दै आएका छन् । उनीहरुको देशबाट नेपालको गाउँमा आएर काम गर्नेहरु थुप्रै छन् । अन्तराष्ट्रिय संगठनमा सेवा सुविधा र तलवी स्वंयसेवा भन्दा पनि केवल निर्वाहमुखी खर्च लिएर वा आफ्नै खर्चमा विदेशबाट आएर नेपालमा काम गर्ने युवाबाट हाम्रो युवाले धेरै कुराहरु सिक्न सक्दछन् । नेपालमा भएका त्यस्ता संगठनहरुसँग सहकार्य गरि नेपाली युवालाई स्वयंसेवामूखी बनाउदै जानु पर्दछ । विदेशमा स्वयंसेवालाई युवाले जीवनमा गर्नु पर्ने कार्य अनि यो उसको क्यारियर र अनुभवका लागि महत्वपूर्ण मानिन्छ । नेपालमा राम्रो वातावरण बनाउँदा, नेपाललाई विश्वमा चिनाउदै जाँदा नेपाल जस्तो सुन्दर देश कुन विदेशी युवाको पहिलो रोजाईमा नपर्ला ? नेपाल आउने विदेशी पर्यटकहरु दोहोरिएन नआउने सायदै हुन्छन् । एउटा स्वयंसेवकले नेपालमा राम्रो वातावरण पाउँदा उसले आफ्नो जीवनमा धेरै चोटी नेपालको बाटो तय गर्ने मात्र होइन साथी सँगी र समाजलाई नेपालको बारेमा भन्ने छ । नेपालले युरोप, अमेरिका, जापानबाट मात्र होइन चीन र भारतबाट पनि युवा स्वयंसेवकहरु कसरी ल्याउने भन्ने विचार गर्नु जरुरी छ । भूकम्प पश्चात केही चिनियाँ विश्वविद्यालयका युवा स्वतस्फुर्तरुपमा पुननिर्माणमा नेपाल आएको देखिन्थे । बढ्दो आम्दानी र अर्थतन्त्रसँगै चिनियाँ युवा पश्चिम चिन तर्फ स्वयंसेवा गर्न र लगानीका लागि ओरिरहेका छन् । नेपालमा उचित राजनीतिक स्थायित्व, शान्तिको वातावरण, कनेक्टिभिटी र पुर्वाधार बनाउदा हिमाल पारी सम्म आएको युवा बुद्ध जम्मिएको देश र हिमालको देश नआउने हुनै सक्दैन । यही कुरा दक्षिणको हकमा पनि लागु हुन्छ । स्वयंसेवहरुले नेपालमा स्वयंसेवामात्र गर्दैनन् उनीहरुले सामाजिक र आर्थिक लगानीहरु ल्याउन मदत गर्दछन् । उनीहरुले पर्यटकहरु ल्याउदछन् ।कुनै बेलाकी विदेशी स्वयंसेवक म्यागी डोएन कर्णाली प्रदेशमा ठूलो सामाजिक लगानी कर्ता बनेकी छिन् । सिएनएन कै अर्काे हिरो नेपालकै पुस्पा बस्नेत र अनुराधा कोेइराला जस्ता स्वयंसेवी सामाजिक लगानी कर्ताहरुले यस हिमालयन क्षेत्रलाई अझ ब्यापक अन्तराष्र्टिय सहकार्यको क्षेत्र बनाउन महत्वपूर्ण भूमिका खेल्न सक्दछन् ।
निचोटः
जनसांख्खिक लाभाङ्स (उयउगबितष्यल मष्खष्मभलम० लिने युवालाई सहि परिचालन गर्न र उनीहरुको नेतृत्व विकास गर्न चुक्नु नेपालको लागि गम्भिर एतिहासिक भुल हुने छ । हामीले हाम्रो युवालाई देश निर्माणको सपना देख्ने बनाउनु परेको छ । जुनवेला अमेरिकी जनतालाई हाम्रा सपना छन् भनेर न्यायको सपना मार्टिन किङ् लुथरले अमेरिकी धर्तिमा गुन्जाएमान गरेका थिए, काला जातिका मानिसहरुलाई पनि न्याय र समानताको सपना देख्न लगाएका थिए र अमेरिकालाई परिवर्तन गरेका थिए । आजभन्दा करिव १०० वर्ष अघिलेनिनको भनाइ थियो कि क्रान्तिका लागि सपना देख खुव सपना देख । उनले रुसलाई क्रान्तिको बाटोमा लिए । त्यो मानव जातिको सपना पुरा गर्ने एउटा ठूलो घटना थियो । केही कमजोरी, केही उपलब्धि र केही शिक्षा सहित त्यो प्रयोगले पनि एउटा चक्र पुरा गरेको छ ।
वास्तवमा प्रजातान्त्रिक भनिने अमेरिका र समाजवादी भनिने सोभियत रुसमा प्रदान गरिएका अधिकारहरु भन्दा धेरै र पुरक कुराहरु हामीले हाम्रो सम्बिधानमा सुनिश्चित गरेका छौं ।नेपाली युवाको राजनीतिक परिवर्तनको एउटा सपनाले एक चक्र पुरा गरिसकेको छ । हामी किंग लुथरको न्यायको सपना र लेनिनको क्रान्तिको सपनाबाट धेरै अघि गुज्रिसकेका छौं ।
अहिले नेपाली युवालाई आवश्यकता भनेको राष्ट निर्माणको सपना हो । राष्ट्रिय उत्पादनकोश्रृखलामा र समाज निर्माणको सिढीमा युवालाई परिचालन र नेतृत्व गर्न दिएर मात्र राष्ट्र निर्माणको सपना पुरा हुन सक्दछ । सुनिश्चित गरिएका अधिकारहरु काजगमा लेखेर मात्र होइन हाम्रो युवालाई सक्षम र क्षमतावान बनाई नेतृत्व गर्न अघि बढाएर मात्र अधिकारलाई कार्यन्वयन गर्न सकिन्छ । त्यो नेतृत्व भनको आम युवालाई उत्पादनको प्रक्रियामा समावेश गर्ने, उसको रोजगारी सुनिश्चितता गर्ने कार्यभार एउटा पाटो हो भने उसलाई स्वजागृत बनाई (थयगतज अयलकअष्यगकलभकक ायच लबतष्यलब िमभखभयिऊभलत० देश निर्माणका लागि लाखौं स्वप्नदर्शी स्वंयमसेवकहरु तयार गर्नु अर्काे महत्वपूर्ण पाटो हो । हो यसका लागि सपना चाहिन्छ तर हामीले हावामा अग्लो महल बनाउने सपना देख्नु अघि घर्तिमा झुपडि र आधार बनाउने कुराबाट कामको थालनी गर्नु पर्दछ । देशलाई अहिले धर्तीमा झुपडी र आधार बनाउने युवा स्वयंसेवकको खाँचो रहेको छ ।
(राष्टिय युवा परिषदले भत्तपुरमा अशोज १५ र १६ गते आयोजना गरेको नोपली युवाहरुको विश्व सम्मेलनमा राजनीतिक विश्लेशक योगेन्द्र शाहीले प्रस्तुत गरेको कार्यपत्र जस्ताको तस्तै ।) (सं)
फेसबुकबाट तपाईको प्रतिक्रिया