यूनियन लाइफ इन्स्योरेन्स र लुम्बिनी बिकास बैंकबीच संझौता

बिजनेसपाटी २८ श्रावण ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र लुम्बिनी बिकास बैंक लिमिटेड बिच बैंकासुरेन्स संझौता भएको छ । सो संझौतापत्रमा इन्स्योरेन्स कम्पनीका तर्फबाट सहायक महाप्रबन्धक चुडामणी चापागाई र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले हस्ताक्षर गरे ।
संझौता अनुसार यूनियन लाइफ इन्स्योरेन्सको बीमा योजना बैंकले आफ्ना ग्राहकहरुलाई बिक्रि वितरण गर्ने भएको छ । जीवन बीमा क्षेत्रमा पछिल्लो अवधिमा आएका बीमा कम्पनीहरुमध्ये यूनियन लाइफ इन्स्योरेन्स अग्रणी बन्न प्रयत्नरत छ । कम्पनीले गत आ.वमा साढे ८६ करोड बीमा शुल्क संकलन गर्न सफल भएको छ ।
कम्पनीले जनउपयोगी बीमा योजनाहरु ल्याएर बीमा बजारमा पृथक पहिचान बनाउन सफल भएको छ भने कम्पनीको देशब्यापी उपस्थिती बढाउन शाखा तथा उपशाखा बिस्तारलाई तिब्रता दिईरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया