यूनियन लाईफ इन्स्योरेन्सको दोस्रो साधारण सभा सम्पन्न

काठमाडौं ६ पौष ।
यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको दोस्रो वार्षिक साधारण सभासभा शुक्रबार सम्पन्न भएको छ ।
कम्पनीको वार्षिक साधारण सभाले संचलाक समितिको तर्फबाट पेश भएको आ.ब. २०७४÷०७५ को वार्षिक प्रतिवेदन, आ.ब. २०७४÷०७५ को लेखा परिक्षणको प्रतिवेदन, वासलात तथा नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा नेपाल वित्तीय प्रतिवेदन मान ९ल्ँच्क्० बमोजिमको वित्तीय विवरण समेत स्वीकृत गरेको छ ।
यसै गरी आ.ब. २०७५-०७६ का लागि लेखा परीक्षकको नियूक्ती तथा कम्पनीबाट सामाजिक उत्तरदायित्व अन्र्तगत भएका खर्चहरु समेत स्वीकृत गरेको छ ।
साधारण सभाले कम्पनीबाट सर्वसाधारण समक्ष निष्काशन गरिने आइपिओ निष्काशनका लागि प्रक्रियागत कार्य अगाडी बढाउने सहमती प्रदान गरेको छ । आइपिओ निष्काशनका लागि यस अघि २०७४-०७-१५ गते भएको प्रथम वार्षिक साधारण सभाले निर्णय गरिसकेको छ । कम्पनीले जारी पू“जी २ अर्ब १५ करोड भएको सर्वसाधारणका लागि छुट्याएको ३० प्रतिशतका दरले हुन आउने ६४ करोड २० लाखको बराबरले हुन आउने ६४ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्नेछ ।कम्पनीको दोस्रो वार्षिक साधारण सभामा अध्यक्ष शुलभ अग्रवालले मन्तव्य राख्दै नया“ कम्पनी भएर पनि यूनियन लाइफले गरेको प्रगती प्रशंसायोग्य रहेको र आगामी दिन प्रभावकारी योजना सहित कम्पनीलाई आम नागरिकको भरोसायोग्य कम्पनी बनाउने बताउनु भयो ।

यसैगरी कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार लाल कर्णले बीमा क्षेत्रमा यूनियन लाइफले गौरबमय उपस्थिती बनाउन सफल भएको जनाउदै कम्पनीलाई बीमा क्षेत्रको उत्कृष्ट कम्पनी बनाउने जानकारी गराउनु भयो ।
कम्पनीले देशको संघिय ढा“चा अनुसार प्रादेशिक कार्यालय र उक्त कार्यालय मातहत रहने गरी शाखा तथा उपशाखा कार्यालयहरु स्थापना गरी देशव्यापी पह“ुच कायम गर्न सफल भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया