योगदानकर्तालाई दोहोरो कर हटाउने प्रस्ताव

काठमाडौं २५ कात्तिक

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सामाजिक सुरक्षा योजनामा सबै श्रमिक र रोजगारदाताको आकर्षण बढाउन दोहोरो कर प्रणाली हटाउने र सहुलियत ऋण योजना प्रस्तावलाई अघि बढाएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले व्यक्तिगत आयकरमा लाग्ने सीमा घटाउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव पेश गर्दै योजनाको आकर्षण बढाउने तयारी गरेको हो ।

मन्त्रालयले बढी पारिश्रमिक पाइरहेका व्यक्तिहरु सामाजिक सुरक्षा कोषमा योगदान गर्न नचाहेको भन्दै आयकरमा लाग्ने सीमा समेत घटाउन अर्थ मन्त्रालयसमक्ष प्रस्ताव पेश गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार पारिश्रमिक पाउनेको हकमा कोषमा योगदान गर्दा थप १५ प्रतिशत करको भार थपिने भएकाले पनि आयकरमा लाग्ने सीमा घटाउनुपर्ने अवस्था छ ।कारोबार दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया