योजनासहित आए ३ दिनमै कर्णाली चिसापानी जलविद्युतको लार्इसेन्स
काठमाडौं ४ मंसिर
१० हजार ८०० मेगावाटको कर्णाली चिसापानी जलविद्युत आयोजना निर्माण लागि उर्जामन्त्री जनार्दन शर्माले योजनासहित आउनेलार्इ ३ दिनभित्रै लार्इसेन्स दिने बताएका छन् ।
‘निक ईलेक्ट्रो टेक २०१६’ को उद्घाटन गर्दै मन्त्री शर्माले जलविद्युत क्षेत्रमा लगानी गर्न चाहेमा योजना सहित आउन उद्योगीलार्इ आग्रह गरेका हुन् । मन्त्री शर्माले एक महिनासम्म मन्त्रालयको ब्रिफिङ सुनेर बस्ने परम्परा त्यागेर एकैदिनमा सकेको बताउँदै त्यसपछि लोडसेडिङ अन्त्यको लागि पहल गर्ने समेत बताए। उनले मन्त्री पदलार्इ नहेरी मुलुकको दीर्घकालिन हितलार्इ हेरेर काम गरिरहेको बताए।’
आफ्नो मन्त्री पद कहिले जान्छ थाहा छैन। तर मैले सुरुवात गरेका काम आगामी सय वर्षका लागि काम लाग्ने विश्वास लिएको छु,मन्त्री शर्माले भने।
आफ्नो मन्त्री पद कहिले जान्छ थाहा छैन। तर मैले सुरुवात गरेका काम आगामी सय वर्षका लागि काम लाग्ने विश्वास लिएको छु,मन्त्री शर्माले भने।
फेसबुकबाट तपाईको प्रतिक्रिया