रङ्गीन छन्

कबिता-
मैले मेरो मनको तरेलीमा
कोरेका स्वप्नाका गोरेटोहरु
कति रङ्गीन छन्
फुल झै
सुन्दर मनमोहक
दुख रोदनलाई यहाँ
प्रबेश गराएको छैन ।
धोका अहमताको शृङखला
क्रमश प्राथमिकता बनाएको छैन ।
यत्र तत्र छरिएको
बिशाल आकार लिएको
लाखौ मानीसको माझमा
तछाड मछाड गदै हिड्ने
छल प्रपञ्ज बुन्ने
कुनै त्यस्तो माछी जालो
बुनेको छैन ।
अनि ,
किन मैले हत्या हिंसा र
भिलेनको पात्रालाई समेट्नु
जहाँ स्वतन्त्रता माथि
अनेकौन कुठराघात गर्ने
गरिन्छ ।
नाम आफ्नो त बदनाममा
यो उ भन्ने गरिन्छ
यस्ले त केबल ,
मनको र तनको शान्तिलाई
छताछुल्ल पारिदिन्छ ।
त्यसैले ,
मैले मानिसहरुको यो
पट्यार लाग्दो जिन्दगी
निरअर्थक दैनिकी भित्र
पर्ने त्यस्तो कुनै
पलहरु समेटिना ।
किनकी मैले मेरो
स्वप्नाका चाङ्हरुमा
खुसिका क्षणहरु
हासोका लहरहरु
थप्नुछ बस्
रमाउनु छ ।
यस् अर्थमा अब मैले
मेरो स्वप्नलाई
बाहिरी त्राही त्राहीबाट
बचाउनु छ ।
– सगिता सुबेदी (गौतम)

फेसबुकबाट तपाईको प्रतिक्रिया