राजधानी बाहिरका ६ शहरमा ब्रोकर शाखा संचालनमा

बिजनेसपाटी १३ चैत्र

राजधानी बाहिरका ६ शहरमा आज आइतबारबाट ब्रोकर शाखा संचालनमा आएका छन्  । वुटवल, नारायणगढ, नेपालगंज, बनेपा, विराटनगर र विर्तामोडबाट आजदेखि ब्रोकर शाखा संचालनमा आएका हुन् ।  यस भन्दा अगाडि विभिन्न ९  कम्पनीहरुले  राजधानी बाहिर शाखा संचालन गर्दे आएका थिए ।  तत्काल शाखा खोल्नको लागि नेपाल स्टक एक्चेन्जले सेयर दलाल कम्पनीहरुलाई निर्देशन दिएपछि ब्रोकरहरुले उपत्यका बाहिर शाखा खोली कारोबार सुरु गरेका हुन् ।

नेप्सेबाट शाखा संचालनको लागि आशयपत्र प्राप्त गरेका व्यवसायीले शाखा संचालनको लागि पूर्वाधार तयार पार्ने काम गरिरहेका छन्  अब निकट भबिश्यमै राजधानी बाहिरका विभिन्न १८ शहरहरुमा शाखा खोलेर कारोबार सुरु गर्ने स्टक ब्रोकर एशोसिएसनले जनाएको छ ।

हेर्नुस एशोसिएसनको बिज्ञप्ति।

फेसबुकबाट तपाईको प्रतिक्रिया